सुदूरपश्चिम
बजेट समाजवाद उन्मुख छः अर्थमन्त्री (सुदुरपश्चिम प्रदेश)
सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री झपड बोहोराले आर्थिक बर्ष २०७६/०७७ को बजेट समग्रमा राम्रो आएको प्रतिकृया दिएका छन् । बजेट जनताको चाहना पुरा गर्नेगरी आएको उबले बताए
१६ जेठ, २०७६
Share
धनगढीमा राष्ट्रिय महिला गोल्डकप हुने
धनगढीमा पहिलो पटक राष्ट्रियस्तरका टिमसहितका प्रथम अपिसैपाल महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शैलेश्वरी स्पोर्ट क्लबले ५ मंसिर देखि १४ गतेसम्म कैलालीको धनगढी रंगशालामा महिला गोल्डकप प्रतियोगिताको आयोजना गर्न लागेको हो
१४ जेठ, २०७६
Share
कर्णालीका १० जिल्ला बन्दको मारमा, कालिकोटमा दुई मोटरसाइकल जलाइए
कालिकोट र दैलेखको सीमामा पर्ने दैखोलामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाएका छन्
१४ जेठ, २०७६
Share
बझाङको कैलाश केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्पको धक्का
शनिबार राति ९ बजेर ८ मिनेट जाँदा कैलाशलाई केन्द्रबिन्दु बनाइ ४.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि स्थानीय घरबाहिर निस्केका थिए ।
१२ जेठ, २०७६
Share
ज्यानमारा गोरेटो : टेलिफोन गर्न तीन दिन पैदल
यातायात सुविधा निकै परको कुरा । स्थानीयले पैदल हिँड्दा पनि ज्यान जोखिममा राख्नुपर्ने स्थिति छ । पहिरो काटेर बनाइएको पैतला मात्रै अट्ने गोरेटो हुँदै आवतजावत गर्नुपर्छ । बिरामी बोकेर हिँड्ने बाटो पनि त्यही नै हो ।
११ जेठ, २०७६
Share
निर्मला हत्याका १० महिना, प्रहरी अझै ‘सुराक’कै खोजीमा
‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’
११ जेठ, २०७६
Share
धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते
धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता सुरु भएको छ । सार्क मुलुकका ६ देशका ७ सय बढी खेलाडीको सहभागिता रहेकोे प्रतियोगिता बिहीबारबाट सुरु भएको हो
११ जेठ, २०७६
Share
सुतेको बेला घरमा आगलागी हुँदा तीनजनाको मत्यु
बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती बिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
९ जेठ, २०७६
Share
गाउँपालिकाको कार्यालयमा राखिएकाे बम डिस्पाेज
गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताहरु चन्दा माग्न गएका र चन्दा नदिएपछि बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले उक्त ठाँउको अवस्था सामान्य रहेको र शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको डीएसपी केसीले बताए ।
८ जेठ, २०७६
Share
माछाको संख्या घटेपछि माझी समुदाय सकसमा
कर्णाली नदीमा माछाको संख्या घटेपछि पितमारी क्षेत्रका माझी समुदायलाई जीविका चलाउन गाह्रो भएको छ । गत वर्ष दैनिक १०/१५ किलो माछा मार्ने माझी समुदायले मुस्किलले एक किलो माछा मार्छन् ।
८ जेठ, २०७६
Share
गाउँपालिकाको मूल ढोकामा बम
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको मूल ढोकामा बम भेटिएको छ । मंगलबार बिहान ९ बजे कार्यालय ढोकामै भेटिएको स्थानीय कर्ण धामीले बताए ।
७ जेठ, २०७६
Share
रिकन्डिसनका मोटरसाइकलमा लुट
रिकन्डिसन मोटरसाइकल हाउसले चर्को ब्याज लगाएर मोटरसाइकल बिक्री–वितरण गरेको पाइएको छ । सजिलो र छिटोछरितोका लागि खरिद गर्ने रिकन्डिसन मोटरसाइकलमा चर्को ब्याजदर छ ।
६ जेठ, २०७६
Share
कञ्चनपुरमा जैविक मार्ग बन्दै
भीमदत्त नगरपालिकाले रौटालादेखि बह्रदेवसम्म जैविक पर्यटकीय मार्ग निर्माण कार्य अगाडि बढाएको छ । चार लेन सडकलाई पक्की बनाउने लक्ष्य राखेर रौटालादेखि ब्रह्मदेवसम्म जैविक पर्यटकीय मार्ग निर्माण कार्य अघि बढाइएको हो
६ जेठ, २०७६
Share
बैतडीमा जिप दुर्घटना दाजुभाइसहित तीनजनाको मृत्यु
आइतबार बैतडीमा जिप दुर्घटना हुँदा सहोदर दाजुभाइसहित एकै गाउँका तीनजनाको मृत्यु भएको छ
६ जेठ, २०७६
Share
युवालाई धनेको चुनौती, बने उदाहरणीय कृषक
घरवरिपरि फलफूल र तरकारी बारीकोे हराभराले देखाएको सौन्दर्य । बझाङको दुर्गाथली गाउँपालिका–३ स्थित बिजाडा गाउँमा बस्ने ७२ वर्षीय धने रोकायाको फलफूल तथा तरकारी बारीमा देखिएको दृश्य हो यो । उनी गाउँको मात्र नभएर जिल्लाकै नमुना किसान हुन् ।
६ जेठ, २०७६
Share
बालविवाह रोक्ने गीत !
गाउँपालिकाको आर्थिक सहयोगमा जयप्राप्ति म्युजिक प्रालिले बालविवाह अन्त्यका लागि जनचेतना मूलक एल्बम बजारमा ल्याएको हो ।
६ जेठ, २०७६
Share
राजधानी बनाउँदा पर्यावरण नासिने चिन्ता
गोदावरी नगरपालिकाको तेघरी जंगलमा सुदूरपश्चिमको राजधानी बनाइँदा पर्यावरण नासिने चिन्ता वन तथा वातावरणविद्हरुले गरेका छन् ।
५ जेठ, २०७६
Share
उमेर ८७, काम गिट्टी कुट्ने
हातमा सानो हताैडा, एउटा लट्ठी र आधा च्यातिएको छाता बोकेर गिट्टी कुट्न हरेक बिहान बाहुली खोलाको किनारमा पुग्ने र साँझ घर फर्कने दलवीरे दमाईको दैनिकी बनेको छ ।
५ जेठ, २०७६
Share
मंगलसेन नगरपालिकाको गाडी जलाउने दुई पक्राउ
प्रहरीका अनुसार गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।
५ जेठ, २०७६
Share
महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष !
महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो ।
५ जेठ, २०७६
Share
नुहाउँदा नुहाउँदै हराए शिक्षक
केआई सिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल सेती नदीमा नुहाउन गएका बेला वेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।
४ जेठ, २०७६
Share
छुवाछुतको पराकाष्ठाः दलित शिक्षक भन्दै विद्यालय बहिष्कार
२०५८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आएको छु । आफू दलित समुदायकै भएका कारण दलित हेडसर भएको विद्यालयमा छोराछोरी पढाउनुहुन्न भन्ने गैरदलित अभिभावकको मानसिकता भएका कारण यस्तो अवस्था आएको हो
४ जेठ, २०७६
Share
बढ्दै छन् सुकुमबासीका समस्या
शिविरका सुकुमबासीको अवस्था दयनीय बन्दै गएको छ ।शिविर नजिकै शिवगंगा नदी छ । शिवगंगा नदीमा पानीको बहाव उच्च हुँदा घरै बगाउने डर छ ।
४ जेठ, २०७६
Share
स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
बा२क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा मस्टा गाउँपालिका–४ का सहचालक सत्यराज बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक मीनबहादुर सिंहले बताए ।
४ जेठ, २०७६
Share
रानीजमरा–कुलरिया सिँचाइ आयोजनाः प्रभावित किसानलाई ३ करोड
परियोजनाअन्तर्गत १ सय ९१ हेक्टर क्षेत्रमा गहुँ, बीउ उत्पादन, बीउ भण्डारणका लागि कोल्ड स्टोर निर्माण गरिने आयोजनाले जनाएको छ
१ जेठ, २०७६
Share
नगरपालिकाको गाडीमा आगजनी
रातिको समयमा आगजनी भएकाले गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।
१ जेठ, २०७६
Share
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
कैलालीको टीकापुरमा ट्या्क्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ ।
३१ वैशाख, २०७६
Share
रोकिएन बालविवाह: एउटै वडामा १६३ बालविवाह
जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्यांकले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो संख्यामा बालविवाह भएको पाइएको हो ।
३१ वैशाख, २०७६
Share