सुदूरपश्चिम
डडेल्धुराका सबै स्थानीय तहमा यातायात
जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामध्ये ५० वडाका केन्द्रसम्म यातायातको पहुँच पुगेको छ । स्थानीय तहले विकासको पहिलो आधार सडक भएको भन्दै सडक निर्माणलाई तीव्रता दिएपछि जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पनि यातायात पुगेसँगै स्थानीय बासिन्दालाई सुविधा पुगेको छ ।
२८ वैशाख, २०७६
Share
बझाङमा जिप दुर्घटना, एकको मृत्यु
जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
२८ वैशाख, २०७६
Share
ट्याक्टर दुर्घटनामा एक जनाको मुत्यु २ घाइते
सदरमुकाम मार्तडीबाट कोल्टी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्
२८ वैशाख, २०७६
Share
५ वर्षमा ९ को ज्यान गयो तर भेटिएन काठे पुल हटाउने सरकार
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउँपालिका जिल्लाकै सबैभन्दा विकट गाउँ हो । विकट गाउँ भएका कारण कतिपय घटना त प्रहरीले समेत थाहा पाइरहेका छैनन्
२८ वैशाख, २०७६
Share
डढेलोबाट वनसँगै संरक्षित जनावर सखाप
ब्रह्मदेव, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुंगी र संरक्षित जनावरको बास नासिएको छ ।
२७ वैशाख, २०७६
Share
राजेश हमालको चिन्ता : युवा शक्ति खेर गइरहेको छ
सामाजिक अभियन्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहको उद्घाटन कार्यक्रममा महानायक हमालले बहुसंख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको बताए ।
२६ वैशाख, २०७६
Share
परीक्षा हलमै पुत्रीलाभ भएपछि...
बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको नागार्जुन माध्यमिक विद्यालयमा परीक्षा दिइरहेकी एक विद्यार्थीलाई पुत्रीलाभ भएको छ
२६ वैशाख, २०७६
Share
पत्रकार कुट्ने व्यवसायी पक्राउ
दिनेश एफएम र दिनेश खबर डट कमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एलएन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२३ वैशाख, २०७६
Share
खानेपानीका लागि बस्ती सार्दै स्थानीय
डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दै छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दाले धमाधम बस्ती सार्न थालेका हुन् ।
२० वैशाख, २०७६
Share
युवायुवती मृत फेला
निर्मला बिवाहित हुन् भने शिवराज अबिवाहित हुन् । निर्मलाका दुई छोरा छन् । स्थानीयका अनुसार निर्मला र शिवराज प्रेम सम्बन्धमा थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
२० वैशाख, २०७६
Share
पश्चिम सेती नबन्दा निराशा
जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो ।
१७ वैशाख, २०७६
Share
विप्लब समूहबाट आफ्नो नाम हटाउन प्रहरीमा निवेदन
शुक्रबार केदारस्यूँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।
१४ वैशाख, २०७६
Share
डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते (अपडेट)
आज बिहान पाँच बजे धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नं. यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
११ वैशाख, २०७६
Share
महाकाली अञ्चल अस्पतालमा औषधि अभाव
औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।
९ वैशाख, २०७६
Share
सालमुनीमा दलित पुजारी
दलित समुदायलाई २०६२ सालमा शैलेश्वरी मन्दिरमा प्रवेश निषेध गरेको घटना अधिकारवादीले बिर्सिएका छैनन् । मानव अधिकार र दलितमाथिको थिचोमिचोबारे बहस चलाउँदा उनीहरू शैलेश्वरीको घटना दोहोर्याइरहन्छन् ।
२६ चैत, २०७५
Share
झिलमिलाको पर्यटन प्रवर्द्धन प्राथमिकतामा
भीमदत्त नगरपालिकाले चुरे क्षेत्रमा पर्ने झिलमिला तालको पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकारसित समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएका छन् ।
२६ चैत, २०७५
Share
डोटीमा ९८० मा एचआइभी सङ्क्रमण
जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो ।
२६ चैत, २०७५
Share
सुप विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।
२४ चैत, २०७५
Share
शासन फेरियो, जीवन फेरिएन
घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् ।
२४ चैत, २०७५
Share
निर्मला हत्या प्रकरणः पत्रकारमाथि मुद्दा
भण्डारीबिरूद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता भएको कञ्चनपुर जिल्ला अदालतका स्रेस्तेदार हरी कृष्ण अवस्थीले बताए ।
२३ चैत, २०७५
Share
सारङ्गीको धुनमा गाउँगाउँमा गन्धर्व
लामो समयदेखि सारङ्गी रेटेरै रामबहादुरले आफ्नो गुजारा चलाउँदै आएका छन् । गाउँबस्तीमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उनलाई साँझ बिहान बितेको पत्तै हुँदैन ।
१६ चैत, २०७५
Share
बाली बीमाबारे किसान अनभिज्ञ
बैतडीका किसान बाली बीमाबारे अझै अनभिज्ञ छन् । सरकारले विसं २०६९ माघमा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याएको भए पनि यसका बारेमा किसानले नबुझ्दा उनीहरुले बाली बीमा गरेका छैनन् ।
१६ चैत, २०७५
Share