सुदूरपश्चिम
पूर्वप्रधानमन्त्री देउवाकै गृहजिल्लामा छैन व्यवस्थित ‘बसपार्क’
सानो विश्रामस्थलमा सवारीसाधनको चाप बढी हुने भएकाले यात्रुहरूलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता रहेको सवारीचालकहरु बताउँछन् । व्यवस्थित बसपार्कको अभावमा सडकमा हिँड्ने बटुवालगायत स्थानीय व्यापारीहरूले समस्या झेल्दै आएका छन्
२७ माघ, २०७६
Share
धनगढी विमानस्थल फेरि आंशिक बन्द
धनगढी विमानस्थल फेरि आशिंक रूपमा बन्द गरिएको छ । धावनमार्ग मर्मतसम्भार र स्तरवृद्धिको कामलाई निरन्तरता दिने भन्दै आइतबारदेखि ११ फागुनसम्मका लागि विमानस्थल आशिंक रूपमा बन्द गरिएको हो
२७ माघ, २०७६
Share
मीठो खीर खान जाने शेरबहादुर देउवाको खीर पसल ?
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको गाउँमा बाल्यकालमा सँगै गोठालो जाने गरेको सम्झन्छन् उनी । ‘बाल्यकालमा देउवासँगै म पनि गोठालो जान्थेँ’, उनी भन्छन्
२७ माघ, २०७६
Share
बाजुरामा बँदेलको आक्रमणबाट सात जना घाइते
गौमुल गाउँपालिका–३ माझपालीमा रहेको धर्मोदय आधारभूत विद्यालयको सरसरफाइमा जुटेका सात जना जंगली जनावर बँदेलले आक्रमणबाट घाइते भएका छन्
२७ माघ, २०७६
Share
सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन सहज
खानेपानी र सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन विगतको जस्तो स्थानीय बासिन्दाले सास्ती खेप्नुपर्ने अवस्थाको नभएको वडाध्यक्ष कुवँरले बताए । सिँचाइको व्यवस्थाले स्थानीय बासिन्दा व्यावसायिक केराखेती र तरकारी खेती गर्न थालेका छन् । आम्दानी तीन गुणाले बढेको छ । घरमै बसीबसी कमाई गर्न थालेका छन्
२६ माघ, २०७६
Share
झारफुक गर्ने बाहानामा १४ वर्षीया किशोरीमाथि बलात्कार
सुरुमा निको पार्ने भन्दै डगौराले घोडाघोडी मन्दिर ल्याएछन्’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘नरिवल चढाउनु पर्ने भन्दै मन्दिर ल्याएका डगौराले घोडाघोडी ताल क्षेत्रमै रहेको जङ्गलमा लगेर बलात्कार गरेको आरोप पीडितको बयान छ'
२५ माघ, २०७६
Share
सरकारले नचिनेका पर्यटकीय स्थल
सरकारले भ्रमण वर्षको शुभारम्भ गरे पनि डडेल्धुराका कतिपय पर्यटकीय स्थलहरू भने अझै प्रचार प्रसारको अभावले पर्यटकको पर्खाइमा रहेका छन् । तीमध्येको एक हो– जिल्ला सदरमुकाम नजिकै रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ त्रिपुरासुन्दरी (बुढी घटाल) मन्दिर
२५ माघ, २०७६
Share
कैलालीमा भीरबाट खसेर एक युवकको मृत्यु
कैलालीको चुरेमा भीरबाट खसेर एक जना युवाको मृत्यु भएको छ । चुरे गाउँपालिका – ६ को नुवाकोट भन्ने ठाउँमा भीरबाट खसेर प्रेमबहादुर रावतको मृत्यु भएको हो
२४ माघ, २०७६
Share
कैलालीमा प्रधानमन्त्रीको पुतला जलाइयो
कैलालीको धनगढीमा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुतला दहन गरिएको छ
२४ माघ, २०७६
Share
उद्योगमन्त्री भट्ट सुदूरपश्चिम भ्रमणमा, सुक्खा बन्दरगाहको काम प्राथमिकतामा
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका औद्योगिक तथा वाणिज्य क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम भ्रमणमा आएका छन्
२३ माघ, २०७६
Share
रानाथारू आदिवासी जनजातिमा सूचिकृत, कैलाली र कञ्चनपुरमा दिपालीकाे तयारी
‘२०५७ सालदेखि नै हामीले आदिवासी जनजातिमा सूचिकृत गर्न माग गरेका थियौँ, तर पाएनौँ,’ सांसद रानाथारूले भने, ‘दुई दशकदेखिको संघर्ष अहिले आएर पूरा भएको छ । हाम्रो पहिचान सुरक्षित भएको छ’
२३ माघ, २०७६
Share
वडाध्यक्ष धामीको शव उठाउने सहमति
नगरपालिकाको उक्त निर्णयपछि शवको पोस्टमार्टम गर्न पीडित परिवार सहमत भएका छन् । धामीको शव गत मंगलबार बिहान ५ बजे गैरीगाउँस्थित गोठ छानामा फेला परेको थियो
२३ माघ, २०७६
Share
माया विकको बलात्कार गरी हत्या गर्ने ४ जनालाई जन्मकैद फैसला
जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११, का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको हो
२३ माघ, २०७६
Share
टिपरको ठक्करबाट विद्यालय जाँदै गरेका बालकको मृत्यु
दार्चुलामा टिपरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । ठक्करबाट शैल्यशिखर नगरपालिका–९ का अन्दाजी ६ वर्षाीय महेश महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ
२३ माघ, २०७६
Share
‘सिजनल फ्लु’बाट बाजुरामा दुईको ज्यान गयो, पूरै गाउँ संक्रमणमा
दुईजनाको ज्यान गएको साप्पाटा पुग्न कर्णालीपारि पिलुचौरबाट हिँडेर जानुपर्छ। पिलुचौरबाट पनि हिँडेर त्यहाँ पुग्न तीन घन्टा पैदलयात्रा गर्नुपर्छ। सहजताका साथ स्वास्थ्यकर्मी पुग्न र औषधि उपलब्ध गराउन समस्या भइरहेको छ
२३ माघ, २०७६
Share
छाउमा घर बस्न पाएपछि महिला खुसी
घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ
२३ माघ, २०७६
Share
बाजुरामा रुघाखोकी फैलिँदै, २ जनाको मृत्यु
रुघाखोकीका कारण स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ९० वर्षीया दल रावल र सोही गाउँकी ५५ वर्षीया प्रेमा कडाराको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए
२२ माघ, २०७६
Share
डडेल्धुरामा छोरीमाथि बलात्कार गरेकाे आरोपमा एक व्यक्ति पक्राउ
विगत ६ महिनादेखि १६ वर्षीय छोरीलाई धम्की दिएर पटक–पटक जबरजस्ती करणी गरेकाे आरोपमा उनलाई प्रक्राउ गरिएकाे डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए
२१ माघ, २०७६
Share
स्काई ट्रकमार्फत सुत्केरी महिलाको उद्धार
प्रदेशका सबै स्वास्थ्य संस्थामा दक्ष चिकित्सकको अभाव र विकटताका कारण यस्तो समस्या देखिने गरे पनि यसको समाधानका लागि प्रत्येक जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी सेवाका लागि पहल भइरहेको उनले बताए
२१ माघ, २०७६
Share
भीरबाट लडेर एक जनाको मृत्यु
कार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ
२१ माघ, २०७६
Share
वडाध्यक्ष धामीको रहस्यमय हत्या
प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । प्रहरी र आफन्तले वडाध्यक्ष धामीको हत्या गरिएको आशंका गरेका छन्
२१ माघ, २०७६
Share
युवक मृत्यु प्रकरण: आज पनि राजमार्ग अवरुद्ध, स्थानीयको ढुंगामुढाबाट डीएसपीसहित १० प्रहरी घाइते
प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
१९ माघ, २०७६
Share
जंगली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति
३ दिनदेखि करिब २० वटा हात्तीको बथानले गहुँ, केराउ, मुसुरोलगायत बालीमा नोक्सान पुर्याएको हो । हात्तीको बथानले रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्याउँदै आएको छ
१९ माघ, २०७६
Share
सुदूरपश्चिमका आधुनिक सडक आयोजना अन्योलमा
क्षेत्रीय शहरी विकास आयोजनाले ठेक्का प्रक्रिया टुंग्याउन नसक्दा सुदूरपश्चिम प्रदेशका आधुनिक सडक निर्माण आयोजनाहरू अन्योलमा परेका छन्
१९ माघ, २०७६
Share
छेकानको नाममा वन फडानी
‘प्रतिदिन तीन घन्टाका दरले दुईदिन एकाघरका दुई जनाले दाउरा काट्ने व्यवस्था मिलाएका थियौैं,’ उनले भनिन् । पाँचवर्ष पछि सामुदायिक वनको छेकानीका लागि स्थानीय उपभोक्ताहरूलाई नै परिचालन गर्नेगरि सामुदायिक वन समितिले निर्णय गरेको होे
१९ माघ, २०७६
Share
९ फागुनबाट खप्तड गोल्डकप, विजेतालाई २१ लाख पुरस्कार
२० फागुनसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ
१८ माघ, २०७६
Share
मौसमी फ्लु : तीन विद्यार्थीमा देखिएकाे सङ्क्रमण ३० जनामा फैलियाे, विद्यालय नै बन्द
मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नम्बर ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए ।
१८ माघ, २०७६
Share
नेकपाका गाउँ कमिटी अध्यक्ष जोशीमाथि निर्घात कुटपिट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो
१८ माघ, २०७६
Share
कैलालीमा यात्रुबाहक बस दुर्घटना : ३५ जना घाइते, तीनकाे अवस्था गम्भीर
कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । गोदावरी नगरपालिका-४ स्थित खौराना पुल नजिकै राेकेर राखिएकाे ना३ख १४२४ नम्बरको ट्रकसँग दाङबाट भारतकाे दिल्लीतर्फ जाँदै गरेको ना७ख ५६३७ नम्बरको बस ठोक्किँदा ३५ जना घाइते भएका हुन्
१८ माघ, २०७६
Share