सुदूरपश्चिम
प्रहरी कार्यालयलाई लक्षित गरी राखिएकाे बम सेनाले पार्याे निष्कृय
बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पाेज गरेको छ ।
१० फागुन, २०७६
Share
‘अटो’ले पेट पाल्नेहरू
‘नेता बन्नका लागि पढाइ नचाहिँदोरहेछ । हाम्रो हातमा सीप हुँदाहुँदै पनि पढाइ चाहिने’, कुँवर भन्छन्, ‘ट्राफिकले पैसा असुल्न थालेपछि काम गर्ने कालु मकै खाने भालु जस्तै भएको छ’
१० फागुन, २०७६
Share
हुरीबतासले डडेल्धुरा महोत्सव प्रभावित, स्टेज, स्टल र प्रवेशद्वार नै ढले
बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै डडेल्धुरा महोत्सव प्रभावित बनेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सुरु भएको चौथो डडेल्धुरा महोत्सव लगातारको झरी र हावाहुरीले प्रभावित भएको हाे
१० फागुन, २०७६
Share
छाउपडी मान्नेको सुविधा कटौती
प्रदेश सरकारले सुदूरपश्चिममा करीतिका रूपमा विद्यमान छाउपडी प्रथा मान्ने र प्रश्रय दिने जनप्रतिनिधि तथा सरकारी कर्मचारीले पाउने सेवा–सुविधा कटौती गर्ने गरी छाउपडी प्रथा उन्मूलन नीति ल्याएको छ
१० फागुन, २०७६
Share
धनगढीमा खप्तड गोल्डकप सुरुः कञ्चनजंघा क्वार्टरफाइनलमा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सो प्रतियोगिताको उद्घाटन गरेका हुन्
९ फागुन, २०७६
Share
बाजुरामा चट्याङ पर्दा २ जना घाइते
प्रहरीका अनुसार बिहीबार दिउँसो पानी परेको बेला चट्याङ परेर उनीहरू घाइते भएका हुन्
९ फागुन, २०७६
Share
सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध २ वर्षमा ५४ मुद्दा
सुदूरपश्चिम प्रदेश सरकारविरुद्धका मुद्दाको चाङ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध बितेको २ वर्षमा कुल ५४ वटा मुद्दा दर्ता भएका छन्
९ फागुन, २०७६
Share
आठौँ दिनमा लक्ष्मण थारूले तोडे अनसन, यस्तो छ सहमति
धनगढीमा आमरण अनसन बसेका थरुहट थारूवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले बिहीबार अनसन तोडेका छन्
८ फागुन, २०७६
Share
बझाङ जीप दुर्घटना: घाइते सबै खतरामुक्त
बझाङको खप्तड छान्ना गाउँपालिका– १, पौवागडीबाट गडरायतर्फ जाँदै गरेको सुदूरपश्चिम.प्रदेश ०१००१ ज १२२० नम्बरको जीप दुर्घटनामा घाइते हुनेहरू सबै खतरामुक्त रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ
८ फागुन, २०७६
Share
युवतीको मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाकी उर्मिला विष्टको मृत्यु भएको २० दिनसम्म पनि वास्तविकता बाहिर नल्याईएको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ
८ फागुन, २०७६
Share
युवतीलाई बेच्न भारत लैजाने गिरोहका २ जना पक्राउ
विभिन्न प्रलोभन देखाएर युवतीलाई भारतमा बेच्न लैजाने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ
८ फागुन, २०७६
Share
युवा सशक्तीकरणका लागि युवा ऐन : मन्त्री सुवेदी
दिन प्रति दिन युवाहरू विदेश पलायन भइरहेको अवस्थामा प्रदेश सरकारले युवाहरूलाई विदेशिनबाट रोक्न नीति नै बनाउन लागेको मन्त्री सुवेदीले बताए
८ फागुन, २०७६
Share
घूस लिँदालिँदै समातिए इन्जिनियर
बैतडीमा एक इन्जिनियर १ लाख घूस रकमसहित रंगेहात पक्राउ परेका छन् । जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घूस रकमसहित पक्राउ परेका हुन्
७ फागुन, २०७६
Share
प्रदेश सरकारका दुई वर्ष : सत्ता पक्ष नै छैन सन्तुष्ट
प्रतिपक्षीको नजरमा सुदूरपश्चिम प्रदेश सरकार असफल देखिएका बेला सत्तापक्ष पनि सन्तुष्ट छैन । सरकार कानुनको कार्यान्वयन विषयमा होस्, बजेट खर्चको विषयमा होस्, ढिला गरिरहेको सत्तापक्षका सांसदहरूले बताएका छन्
७ फागुन, २०७६
Share
प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारागारबाट ४ कैदी रिहा
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारगारबाट ४ जना कैदी जेलमुक्त भएका छन्
७ फागुन, २०७६
Share
भन्सार छली ल्याएको मोटरसाइकलसहित १ जना पक्राउ
जिल्लाको परशुराम नगरपालिका–५, बसगैरा बस्ने २२ वर्षीय हरजितबहादुर सिञ्जालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ
६ फागुन, २०७६
Share
कञ्चनपुरमा नवजात शिशुको शव भेटियो
कञ्चनपुरमा छातीमुनिको भाग क्षतविक्षत् भएको अवस्थामा एक नवजात शिशुको शव भेटिएको छ । जिल्लाको भीमदत्त नगरपालिका– ५, वनगाउँ कालीपुलनजिक उक्त नवजात शिशुको शव भेटिएको हो
६ फागुन, २०७६
Share
उपमेयरको हर्कतः भत्ता नदिएको भन्दै स्वास्थ्य प्रमुखलाई धम्की, डरले अनमीले जागिर नै छोडिन्
कुराकानीकै सिलसिलामा उपमेयर जागरीले ‘भुक्तानीका बेला किर्ते दस्तखत गर्ने कुन कानुनले दिएको छ ?’ भनेकी छन् तर उपमेयरलाई दोहोरो सुविधा लिन पाउने कानुनमा छैन भन्नेसमेत थाहा छैन
६ फागुन, २०७६
Share
गाउँमा 'सिंह' आयो, 'दरबार' आएन
कतिपय स्थानमा सडक पुगे पनि कच्ची सडक भएकाले पानी पर्न थाल्यो कि सवारी आवतजावत बन्द हुन्छ । सडक बन्द भएपछि स्थानीयहरूले खच्चड, घोडाकै भरमा सामान ढुवानी गर्ने गरेका छन् । डडेल्धुराका ग्रामीण भेगमा गाउँबाट बजारसम्म र बजारका उपभोग्य सामग्री गाउँसम्म लैजाने कार्य खच्चडबाट नै भएको पाइन्छ
६ फागुन, २०७६
Share
जिल्ला कारागार अछाममा कैद भुक्तानी गरिरहेका युवक मृत भेटिए
जिल्ला कारागार अछाममा एक जना कैद भुक्तानी गरिरहेका युवक मृत भेटिएका छन् । पञ्चदेवल नगरपालिका–६ तोलिका ४२ वर्षका जितेन्द्र विक सुतेकै अवस्थामा मृत भेटिएका हुन्
६ फागुन, २०७६
Share
रेशमसहित ११ जना बन्दीको रिहाइको माग राख्दै धनगढीमा प्रदर्शन
तराईको थारू बाहुल्य क्षेत्रको छुट्टै थरूहट/थारूवान् क्षेत्र घोषणा गरी अलग्गै प्रदेशको माग आफूहरूको रहेको उनको भनाइ छ । सरकारले आफ्ना माग सम्बोधन नगर्दासम्म आफ्नो आमरण अनशनलगायतका आन्दोलन जारी रहने उनले बताए
५ फागुन, २०७६
Share
नेपाल आइस चौथो अन्तर्राष्ट्रिय खप्तड गोल्ड कपको ट्रफी सार्वजनिक
अध्यक्ष हमालले सोही अवसरमा प्रतियोगितामा भाग लिने १२ टिमको टाइसिटसमेत सार्वजनिक गरे । यही ९ फागुनदेखि सुरु हुने प्रतियोगिता २० गते समापन हुनेछ
५ फागुन, २०७६
Share
बजेट कार्यान्वयनमा ढिलाइ, गत वर्षकै भुक्तानी नपाउँदा समस्या
जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा चालू वर्षको बजेट कार्यान्वयन गर्न ढिलाइ भएको छ
५ फागुन, २०७६
Share
अमरगढीस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचरसहित)
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आइतबारदेखि प्रतियोगिता सुरू भएको हो
४ फागुन, २०७६
Share
सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा
निजी स्वास्थ्य संस्थालाई नियमन गर्न र सरकारी स्वास्थ्य संस्थाको उपचारलाई मजबुत बनाई सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया थालेको हो
४ फागुन, २०७६
Share
खैरो हिरोइनसहित दुई जना पक्राउ
उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए
४ फागुन, २०७६
Share
डडेल्धुरामा बस र हाइस ठोक्किएर भएकाे दुर्घटनाका ५ घाइतेलाई जिल्लाबाहिर रिफर
डडेल्धुरामा आज शनिबार दिउँसो बस र हाइस ठोक्किँदा घाइते भएका ६ जनामध्ये ५ जनालाई जिल्ला बाहिर रिफर गरिएको छ । डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार सम्भव नभएपछि जिल्लाबाहिर रिफर गरिएको डडेल्धुरा अस्पतालले जनाएको हो
३ फागुन, २०७६
Share
डडेल्धुरामा बस र हाइस एकआपसमा ठोक्किँदा पाँच जना घाइते
डडेल्धुरामा शनिबार दिउँसो बस र हाइस एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ आइरहेको ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढी जाँदै गरेको से१ख १७३६ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन्
३ फागुन, २०७६
Share