लुम्बिनी
नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती
ग्यास बिक्रेताले पुराना ग्यास सिलिन्डरमा रङरोगन गरी नयाँ देखाउँदै ग्यास भरेर बिक्री गर्दै आएका छन् । यसले ग्यास उपभोक्ता आमनागरिक उच्च जोखिममा देखिएका छन्
२० पुस, २०७६
Share
गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि कुटपिट
घाइते विद्यार्थीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ
२० पुस, २०७६
Share
फोहोर किन्दै सहकारी
सहकारीले अहिले फोहोर उठाएबापत प्रति चुलो ५०, पसलहरूमा १ सय र हाटबजारमा प्रतिमहिना एक हजार शुल्क उठाउँदै आएको छ । त्यसका लागि ४ जना कर्मचारी सहकारीले राखेको छ
१९ पुस, २०७६
Share
चट्याङ लागेर एकै परिवारका पाँच घाइते
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन्
१८ पुस, २०७६
Share
प्रदेश ५ जाँउ, शान्ति र पुण्य कमाऊँ
बुटवलबाट ४४ किलोमिटरको दुरीमा लुम्बिनी छ । लुम्बिनी भगवान गौतमबुद्धको पवित्र जन्मस्थल हो । इसापूर्व ६२३ मा पवित्र बगौचामा मायादेवीका काखबाट बौद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको हो
१८ पुस, २०७६
Share
सडक खाना महोत्सवमा ६ करोड बढीको कारोबार
बुटवलमा आयोजित दोस्रोे सडक खाना महोत्सवमा ६ करोडभन्दा बढीको कारोबार भएको छ । तीन दिन चलेको महोत्सव २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्
१६ पुस, २०७६
Share
बर्दियामा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु
बुधबार बिहान लु २ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
१६ पुस, २०७६
Share
बुटवलमा बन्दै छ मिनी फेवाताल
प्रारम्भिक चरणमा उपमहानगरले सिमसार क्षेत्रलाई मिनी फेवातालको रूपमा विकास गर्ने गरी काम गरिरहेकोे छ । झण्डै ३५ विगाहा क्षेत्रफलमा फैलिएको ताल क्षेत्रलार्ई ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य उपमहानगरको छ
१४ पुस, २०७६
Share
तुलसीपुर कारागारमा तेब्बर कैदीबन्दी, छैनन् स्वास्थ्यकर्मी
तुलसीपुर कारागारमा ३ सय ७६ कैदीबन्दी रहेका छन् । घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिए
१४ पुस, २०७६
Share
व्यवसायमा नयाँ सोचः पढ्दै खानुहोस्, खाँदै पढनुहोस्
‘पढ्ने बानीको विकास पनि यस क्याफेले गराएको छ, आवश्यक सन्दर्भ सामग्री पनि हामीले राख्न सके यो उत्कृष्ट पुस्तकालय बन्न सक्छ । हामी त्यो प्रयत्नमा छौँ’
१२ पुस, २०७६
Share
सटेरैपिच्छे अस्पताल, कडाइ गर्दै प्रदेश सरकार
चिया पसल जस्तै असरल्ल यी फार्मेसी र अस्पताल मापदण्ड अनुसार छैनन् । संघीय सरकारले बनाएको मापदण्ड पूरा नगर्ने अस्पताललाई अब प्रदेश सरकारले नियमन गर्ने भएको छ
११ पुस, २०७६
Share
स्थानीय सरकारको उपहारः जेष्ठ नागरिकलाई तीर्थयात्रा
वडाध्यक्ष भण्डारीले वडाका ७० वर्षभन्दा माथि ६५ जना बृद्धबुद्धाहरुलाई लिएर तीनदिने तिर्थयात्रामा लिएकाे बताइएको छ
१० पुस, २०७६
Share
दुई महिनादेखि बेपत्ता किशोरको खोजी गरिदिन अपिल
‘तर त्यति सानो कुरामा यतिका दिनसम्म बेपत्ता नहुनुपर्ने हो । चिनेजानेका सबैलाई भनिसकें कतै भेटिएन,’ उनले भनिन् । जन्मदर्ताको प्रमाणपत्र र दुई जोडी कपडासहित हिँडेका जनक अहिलेसम्म घर फर्केका छैनन्
९ पुस, २०७६
Share
संकटमा पाल्पाका ढाका उद्योग
हाते तानबाट उत्पादन गरिने ढाका गुणस्तरका हिसाबले राम्रो मान्ने गरिन्छ । बाहिरबाट तयारी ढाका जिल्लामा आउन थालेपछि पाल्पाली ढाका उद्योग संकटमा पर्दै गएका हुन्
९ पुस, २०७६
Share
बुटवलमा सुकुम्बासी जग्गाको नापजाँच सुरु
लालपुर्जा पाउने आश्वासन मात्र पाइरहेका स्थानीय सुकुम्बासी जग्गाको नापी सुरु भएसँगै लालपुर्जा पाइनेमा विश्वस्त रहेको स्थानीय जीतबहादुर मल्लले बताए
९ पुस, २०७६
Share
दाङमा २० हजार सवारी चालक कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियमविपरीत सवारी चलाउँदा कारबाहीमा परेका ती सवारीचालकबाट १ करोड ५५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ
९ पुस, २०७६
Share
बुटवलमा औद्योगिक व्यापार मेला
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भोलि (बुधबार)देखि सुरु हुने २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को अवसर पारेर मंगलबार जनचेतनामुलक मोटरसाईकल ¥याली गरिएको छ
८ पुस, २०७६
Share
च्याउको मूल्य प्रतिकेजी ४८ हजार, पाल्पामा व्यावसायिक खेती
पाल्पाको भालेबासमा बहुउपयोगी रातो च्याउ (गानोडर्मा) को व्यावसायिक खेती सुरु भएको छ
७ पुस, २०७६
Share
चराको बासस्थान जाेगाउन जनप्रतिनिधिको ध्यानाकर्षण
गुल्मीको रेसुंगा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यसअघि २०८ प्रजातिका चरा फेला परेका थिए । नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइएको छ
७ पुस, २०७६
Share
गोठमा आगो लाग्दा एक जनाको मृत्यु
जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए
५ पुस, २०७६
Share
अनिवार्य भ्याटले ढुवानी ठप्प
भ्याटमा दर्ता नभएका ट्रकहरुले ट्राँन्सपोर्टबाट लोडिङ अर्डर पाएका छैनन्
४ पुस, २०७६
Share
दुई खसी र १० कुखुराबाट व्यापार सुरु गरेका पौडेल यसरी बने करोडपति
राष्ट्रिय बजारमा आफ्नो उत्पादन चिनाएका पौडेलले अबको २ वर्षमा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो उत्पादन बिक्री गर्ने योजना बनाएका छन् । उद्योगले भर्खर मात्र आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ
३ पुस, २०७६
Share
वडाध्यक्षका भाइले प्रशासकीय अधिकृत कुटे
सूचना अधिकारी गणेश चन्द र प्रशासकीय अधिकृत केसी बुधबार साँझ एकैसाथ कार्यालयबाट घर फर्केका थिए । कोठानजिक लुकेर बसेका विक दाजुभाइले सिधै धारिलो हतियार केसीको टाउको प्रहार गरेका थिए
३ पुस, २०७६
Share
न्याय नपाउने डरले बयान फेर्छन् पीडित
यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेका छन्
३ पुस, २०७६
Share
उच्च शिक्षामा मुक्त कमलरी
मुक्त कमलरी विकास मञ्चले दिएको जानकारीअनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन्
३ पुस, २०७६
Share
चिसो बुटवल (फोटो फिचर)
बजार सुनसान बनेको छ भने सवारीसाधन दिउँसै बत्ती बालेर यात्रा गरिरहेका छन् ।
२ पुस, २०७६
Share
तीव्र गतिका कारण नरपानी दुर्घटना : छानबिन समिति
तीव्र गतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ
२ पुस, २०७६
Share
३४ वर्षदेखि १८० विगाह सरकारी जग्गा अतिक्रमित
सरकारी उदासीनता र राजनीतिक आडमा सो जमिन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन । खजुरा गाउँपालिकाले पनि सरकारी स्वामित्वको उक्त जमिन अतिक्रमण रोक्नेतर्फ चासो देखाएको छैन
२ पुस, २०७६
Share