Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
लुम्बिनी
मापदण्ड विपरीतका क्रसर उद्योगमा पाँच नम्बर प्रदेशकाे अनुगमन
मापदण्ड विपरीतका क्रसर उद्योगमा पाँच नम्बर प्रदेशकाे अनुगमन अनुगमनको क्रममा अधिकांश दाङमा सञ्चालन भएका क्रसर उद्योगहरु मापदण्ड मिचेर सञ्चालन भएको पाइएको छ । सामान्य मापदण्ड पनि पूरा नगरेर जिल्लामा क्रसर उद्योगहरु सञ्चालन भएको प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिअन्तर्गतको अनुगमन उपसमितिका सदस्य निर्मला पाण्डेले बताइन् । मापदण्ड विपरीत जिल्लामा क्रसर उद्योगहरु सञ्चालन भएको र तिनलाई नियमन गर्नुपर्ने आवाज संसदमा उठेपछि सार्वजनिक लेखा समितिले यसको यथार्थ अवस्था बुझ्न अनुगमन थालेको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए । २ चैत, २०७५  
विकासमा राजनीति नगरौः चौधरी
विकासमा राजनीति नगरौः चौधरी पाँच नम्बर प्रदेशका सांसद समेत रहेका विकासको विषयमा कसैले पनि राजनीति गर्न नहुने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा रहेको गौरीतालमा नवनिर्मित शिव मन्दिरको उद्घाटन गर्दै चौधरीले भने, ‘विकासका लागि एकता आवश्यक छ । निर्वाचनका क्रममा राजनीतिका कुरा भएपनि विकासको सवालमा कसैले कतै राजनीति गर्नुहुँदैन ।’ विकास एकैपटक सम्भव नभएको बताउँदै चौधरीले तुलसीपुर बेलटाकुरा सडकखण्ड निर्माणकै क्रममा काम रोकिएको हुँदा त्यसमा सबैले एकता प्रदर्शन गर्न आवश्यक रहेको बताए । २२ फागुन, २०७५