लुम्बिनी
जिपको ठक्करबाट घाइते चन्द्रबहादुरको अस्पतालमा मृत्यु
सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जिपले ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ ।
६ असार, २०७६
Share
धारिलो हतियार प्रयोग गरी हत्या
बर्दियाको राजापुर नगरपालिका–३ नंगापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ
५ असार, २०७६
Share
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड
वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न १ अर्ब ३८ करोड ९८ लाख वित्तीय सामान्यकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब हुने गरी ४ अर्ब ३८ करोड हुने गरी विनियोजन गरिएको छ
२ असार, २०७६
Share
मध्य राति घर्तीको घरमा आगलागी, लाखौंको क्षति
गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ
१ असार, २०७६
Share
सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन मजदूरको मृत्यु
दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ ।
३२ जेठ, २०७६
Share
आयुर्वेद औषधि पसलमा ‘सिलबन्दी’
अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई सिलबन्दी गरिएको हो ।
३२ जेठ, २०७६
Share
देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु
दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवर्धनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना सुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ
३१ जेठ, २०७६
Share
मालपोत नै रित्तिने गरी भ्रष्टाचार
मालपोत अधिकृतदेखि कार्यालय सहयोगीसहितको संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध अख्तियारले अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो ।
३१ जेठ, २०७६
Share
पानी ट्यांकीमा डुबेर बालकको मृत्यु
स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए
३० जेठ, २०७६
Share
राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन
गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।
२७ जेठ, २०७६
Share
इँटाले हानेर श्रीमतीको हत्या
कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजेतिर आएका श्रीमानले इँटा हानेर श्रीमतीको हत्या गरेका हुन् ।
२७ जेठ, २०७६
Share
बेपत्ता भएको ७० वर्षपछि काजकिरिया
दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न सुरु गरेका हुन् ।
२४ जेठ, २०७६
Share
हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल
बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।
२१ जेठ, २०७६
Share
नवलपरासीमा हावाहुरीले एक बालिकाको मृत्यु, ८० घरमा क्षति
आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।
२० जेठ, २०७६
Share
शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो, थप ९ घाइते
रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्
२० जेठ, २०७६
Share
पहिरोले पुरिएर महिलाको मृत्यु
शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।
१९ जेठ, २०७६
Share
प्रचण्डको पक्षमा वामदेव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन्
१७ जेठ, २०७६
Share
लागूऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ
प्रदेश ५ मा दुई सातामै लागू्औषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागूऔषध बुलेटिनमा जनाइएको छ
१७ जेठ, २०७६
Share
गौतमबुद्ध विमानस्थल जीटुजी अवधारणामा
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जीटूजी) अवधारणा अगाडि सारेको छ ।
१७ जेठ, २०७६
Share
पाल्पा दरबार संग्रहालय उद्घाटन
ऐतिहासिक पाल्पा दरबार संग्रहालय सञ्चालनमा आएको छ । संग्रहालय सञ्चालनको करिब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार संग्रहालय प्रदेशस्तरीय संग्रहालय रहेकाले सरकारको सहयोग रहने बताए ।
१६ जेठ, २०७६
Share
तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन
बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले तीन स्कुल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कुल बस सञ्चालनमा ल्याएको छ
१६ जेठ, २०७६
Share
बर्दियाका तीन युवती बेपत्ता, खोजीकार्य जारी : प्रहरी
अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११ का भीमराज सापकोटाले बताए । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीचअफ’ छ ।
१५ जेठ, २०७६
Share
ट्रक र जिपमा पेट्रोल बम प्रहार, चालकको अनुहार जल्यो
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार गरेको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।
१३ जेठ, २०७६
Share
रक्तदान गर्ने युवाको संख्या बढ्दै
रोल्पामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ । केही वर्षपहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको संख्या बढ्दै गएको हो ।
८ जेठ, २०७६
Share
गगन थापा भन्छन्, ‘कम्युनिस्टले जनतालाई खुसी बनाउन सकेनन्’
सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुसी र सुख दिन नसकेको भन्दै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए ।
८ जेठ, २०७६
Share
ब्राउनसुगर प्रयोगकर्ता बढेपछि कारोबारीलाई समात्दै प्रहरी
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो ।
८ जेठ, २०७६
Share
बजेट दिन सांसदको दबाब
गत वर्ष सत्ता र प्रतिपक्ष दुवै सांसदले आफूहरुको सम्बन्ध जनतासँग टुट्ने भएकाले सांसद विकास कोष वा निर्वाचन क्षेत्रका नाममा बजेट छुट्याउन ठूलो दबाब दिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले बजेट दिँदा त्यसको दुरुपयोग हुने भन्दै बजेट छुट्याएनन् ।
८ जेठ, २०७६
Share