गण्डकी
हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन्
१४ फागुन, २०७६
Share
फेवातालकाे डुङ्गा दुर्घटनामा बेपत्ता लुइँटेल मृत भेटिए
सोमबार पोखराको फेवातालमा डुङ्गा सयर गर्ने क्रममा बेपत्ता भएका काठमाडौंको कपनका २७ वर्षीय रामशरण लुइँटेल (सुमित ) मृत फेला परेको प्रहरीले जनाएको छ
१३ फागुन, २०७६
Share
कास्कीमा नेविसंघले गर्यो अनिश्चितकालीन शैक्षिक हडताल
नेपाल विद्यार्थी संघ पृथ्वीनारायण (पीएन) क्याम्पस इकाइले अनिश्चितकालीन शैक्षिक संस्था बन्दको घोषणा गरेको छ
१३ फागुन, २०७६
Share
कार्यकर्ता पक्राउको विरोधमा नेविसंघद्वारा चक्काजाम
नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा चक्काजाम गरेको छ । यही फागुन ८ गते नेविसंघका विद्यार्थी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको थियो
१२ फागुन, २०७६
Share
फेवातालमा डुङ्गा पल्टियो, २ को उद्धार, १ जना बेपत्ता
फेवातालमा सोमबार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । डुङगा दुर्घटनामा काठमाडौं महानगरपालिका– १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन्
१२ फागुन, २०७६
Share
प्रधानमन्त्री ओली पोखरामा, कालाे झण्डा देखाउने ६ जना पक्राउ
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा आएका हुन्
१२ फागुन, २०७६
Share
मुकुन्देश्वरी पदमार्गमा ग्रेटवालको झल्को
तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ
१२ फागुन, २०७६
Share
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर तहको प्रवेश परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो
११ फागुन, २०७६
Share
रिकन्डिसनदेखि चारपाङ्ग्रेको आधिकारिक बिक्रेतासम्म
आधा दर्जनभन्दा बढी व्यवसायबाट उनले वार्षिक ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्दै आएकी छन्
११ फागुन, २०७६
Share
छोरेपाटनको कार दुर्घटनामा गम्भीर घाइते बालिकाको मृत्यु
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा शुक्रबार साँझ भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ
१० फागुन, २०७६
Share
गल्ती गर्ने छुट कसैलाई छैन: अध्यक्ष दाहाल
उनले प्रेस संगठन नेपाल नवलपुरद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्
१० फागुन, २०७६
Share
आहा रारा गोल्डकपकाे पुरस्कार राशि बढ्याे, अब विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख
प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो
१० फागुन, २०७६
Share
पोखराको छोरेपाटनमा कार दुर्घटना, एक महिलाको मृत्यु
पोखरामा शुक्रबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा उक्त दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो
९ फागुन, २०७६
Share
स्कुटर दुर्घटनामा १ जनाको मृत्यु
पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ फूलबारीमा आफैँले चलाएको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा भोजपुरका काइँला राईको मृत्यु भएको हो
९ फागुन, २०७६
Share
प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण पोखरा विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्। बिहानैदेखि मौसम प्रतिकूल भएपछि कुनै पनि उडान हुन नसकेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
९ फागुन, २०७६
Share
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सांसदको सेवा सुविधा वृद्धि
प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि नै लागू हुने गरी मन्त्रीदेखि सांसदहरूलाई पनि स्वकीय सचिव राख्न दिने निर्णय गरेपछि गत साउनदेखि नै लागू भइसकेको छ । सरकारको उक्त निर्णयले वार्षिक २ करोड ३ लाख रुपैयाँको व्ययभार सरकारलाई थपिनेछ
८ फागुन, २०७६
Share
फोन नम्बर मागे १ लाख २५ हजार, युवती जिस्क्याए १ लाख १० हजार जरिमाना
गाउँमा बस्ने कचहरी यति प्रभावशाली छ कि यसले गल्ती गर्ने व्यक्तिका लागि तोकेको जरिमाना नतिरी सुखै छैन । कागजको चिट झ्यालबाट फालेबापत कचहरीले इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ जरिमाना तिरायो
६ फागुन, २०७६
Share
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत वैशाखभित्रै राष्ट्रिय प्रसारण लाइनमा
लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सो आयोजनाको विद्युत उत्पादन गरी वैशाख पहिलो साता राष्ट्रिय प्रशारणमा जोड्ने तयारी भइरहेको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले जानकारी दिएको छ
६ फागुन, २०७६
Share
‘रक्सीसहितको पार्टी मुख्यमन्त्रीको घरमा’
एउटा भिडियोका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । उक्त भिडियो उनकै आफन्तबाट सार्वजनिक भएको थियो
४ फागुन, २०७६
Share
विकास र समृद्धिप्रतिको जनचाहना प्रदेश सरकारले पूरा गर्नुपर्छ: प्रदेश प्रमुख
प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले संघीयता निर्माणसँगै जनअपेक्षा धेरै भएको र सो अपेक्षाअनुसारका पूर्वाधार निर्माण र सुशासनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे
४ फागुन, २०७६
Share
नाट्टा गण्डकीको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीको अध्यक्ष सञ्जयकान्त सिग्देल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि २ प्यानलबीच प्रतिस्पर्धा भएको थियो
४ फागुन, २०७६
Share
जापानिज धावक यत्सुकेले हात पारे पोखरा म्याराथनको उपाधि
उनी म्याराथन जित्ने पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहरका धावक हुन्
३ फागुन, २०७६
Share
जसले १४ हजारलाई व्यवसायी बनाइन्
‘शेयर सदस्यलाई अप्ठ्यारो परेको अवस्थामा सहकारीबाट ठूलो सहयोग मिलेको छ’, उनले भनिन्, ‘अप्ठ्यारो पर्दा विनाधितो समूहको जमानीमा तत्कालै ऋण पाउँदा ठूलो राहतको महसुस गरेका छौँ'
३ फागुन, २०७६
Share
मुख्य अभियानमै चुक्याे गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले दुई वर्षकाे अवधिमा लक्ष्यअनुसार सफलता हात पारेकाे दाबी गरेकाे छ । प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउनुलाई उसले मुख्य सफलता मानेकाे छ
३ फागुन, २०७६
Share
श्रम कार्यालय पोखराबाट आइतबार र सोमबार श्रम स्वीकृति नदिइने
श्रम तथा रोजगार कार्यालय पोखराबाट जारी हुँदै आएको पुन: श्रम स्वीकृति दिने कार्य आगामी आइतबार र सोमबार बन्द हुने भएको छ
२ फागुन, २०७६
Share
गण्डकीमा नाट्टा चुनावकाे सरगर्मी, दुई प्यानलबीच प्रतिस्पर्धा हुने
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीमा चुनावी सरगर्मी बढेकाे छ । नाट्टाको आगामी नेतृत्वका चयनका लागि शनिबार पोखरामा हुने ११औं अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ
२ फागुन, २०७६
Share
कला संस्कृतिको जगेर्ना गर्न पोखरामा खस आर्य संग्रहालय बन्ने
पोखरामा कला संस्कृतिको जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिने भएको छ
१ फागुन, २०७६
Share
पोखरामा भएको सवारी दुर्घटनामा १ को मृत्यु
पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ५, जिरो किमीमा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको हो
१ फागुन, २०७६
Share
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल
मन्त्री अर्यालले १३ विगाह फिर्ताको अन्तिम तयारीमा रहेको र ४ सय ६७ विगाह जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढेको बताइन्
१ फागुन, २०७६
Share