गण्डकी
बागलुङमा दुई पुरुषको शव फेला
बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषकाे शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जंगलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो ।
२४ वैशाख, २०७६
Share
पोखरा महानगरपालिका क्षेत्रमा सीसी क्यामरा
आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप ६ वडामा सीसी क्यामरा जडान गरिने भएको छ । सीसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ ।
२४ वैशाख, २०७६
Share
प्रेस स्वतन्त्रताबिना मुलुक कमजाेर
प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले नेपाली जनताले बनाएको संविधानका धारा उल्ट्याउँदै स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भइरहेको बताए । पत्रकार जगत् कमजोर भयो भने त्यसले समाज र राष्ट्रलाई कमजोर बनाउने बताउँदै उनले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिए ।
२३ वैशाख, २०७६
Share
प्रधानाध्यापक कुट्ने दुईजना पक्राउ
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्।
२३ वैशाख, २०७६
Share
तनहुँमा मोबाइल अस्पताल सञ्चालन हुने
सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने भएको छ ।
२१ वैशाख, २०७६
Share
हाइजम्पमा घिसिङको राष्ट्रिय कीर्तिमान
नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन ।
२१ वैशाख, २०७६
Share
शान्त मुस्ताङ ! जहाँ मान्छे मार्ने अपराध हुँदैन
१४ वटा मुद्दा बोकेर बसेको मुस्ताङ जिल्ला अदालतमा ज्यानसम्बन्धी एउटा पनि मुद्दा छैनन् । तर, जिल्लामा सम्बन्ध विच्छेदका विवाद भने निकै भयावह छ
२० वैशाख, २०७६
Share
दाउन्नेमा बस जल्यो
पूर्वी र पश्चिम नवलपरासीको सिमानामा पर्ने दाउन्ने बजारमा बसमा बुधबार साँझ आगलागी भएको छ
१९ वैशाख, २०७६
Share
बागलुङमा पुनः निर्माणले गति लिएन
चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो ।
१३ वैशाख, २०७६
Share
प्रतिबन्धित नेकपाका जिल्ला जनपरिषद् प्रमुख पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् ।
१० वैशाख, २०७६
Share
जलिरह्यो घर, सम्झिइयो दमकल
बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुपर्यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।
९ वैशाख, २०७६
Share
१० वर्षअघि बनाउन थालिएकाे बन्दी गृहको काम १० प्रतिशत मात्र
साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । १० वर्षअगाडि ७२ लाख रूपैयाँको योजनामा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो ।
८ वैशाख, २०७६
Share
देउवा रोषः खड्गप्रसाद होइन करप्रसाद
‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘करप्रसाद ओली’ राख्नुपर्ने भयो,’
२९ चैत, २०७५
Share
भूकम्पपीडितका गुनासै गुनासा, लगत संकलनदेखि अनुदान नपाएको गुनासो
जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् ।
१८ चैत, २०७५
Share
बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको नापजाँच गरिएकामा सबै बालबालिकाको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताए ।
१७ चैत, २०७५
Share
भूकम्पीय जोखिम न्यूनीकरण गर्दै नगरपालिका
भूकम्पबाट हुनसक्ने सम्भाव्य जोखिमबाट बच्न नगरपालिकाले नगरक्षेत्रभित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सचेतनामूलक तालीमको समेत आयोजना गर्दै आएको हो ।
१५ चैत, २०७५
Share
खैँजडीको तालमा मुख्यमन्त्री छमछमी...
स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैँले खैजडी बजाउन थाले र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढे ।
१० चैत, २०७५
Share
प्याराग्लाइडिङको सफल परीक्षण
पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो । उक्त ठाउँबाट विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए ।
१० चैत, २०७५
Share
उद्यमशीलताबाटै समृद्धि आउँछ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताएका छन् ।
९ चैत, २०७५
Share
८६ वर्षमा बोल्ने कला सिक्दै
“हाम्रा पालामा यस्तो अवसर कहाँ पाउनू, बोल्न नसक्दा र आफ्ना कुरा राख्न नसक्दा धेरै दुःख पायौँ पञ्चायतका पालामा”, आफ्नो विगत सम्झँदै अहिले पनि बोल्ने र आफ्नो कुरा भन्ने रहर नमेटिएको उनले बताए ।
८ चैत, २०७५
Share
एकैदिन दर्जनौं बाँदर समाउने नयाँ प्रविधिको विकास
पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।
१ चैत, २०७५
Share
एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए ।
२९ फागुन, २०७५
Share
पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा
नगरपालिकाबाट चालू आवमा स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको विकासका लागि रु सात लाख बजेट छुट्याइएको छ । उक्त बजेट सडक र पदमार्गमा खर्च हुनेछ ।
२५ फागुन, २०७५
Share