गण्डकी
प्रतिबन्धित नेकपाका लमजुङ सेक्रेटरी पक्राउ
प्रतिबन्धित नेकपाका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
१० असार, २०७६
Share
'मन्त्री हेरफेर गर्नेबारे प्रधानमन्त्रीसँग कुरा भइसक्यो'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ बजेट पारित भएपछि मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् ।
५ असार, २०७६
Share
लागूऔषधसहित ६ जना पक्राउ
उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ
२ असार, २०७६
Share
गण्डकीको बजेट ३२ अर्ब १३ करोड
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का ३२ अर्ब १३ करोड ४७ लाख ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ
२ असार, २०७६
Share
नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुरमा सदस्य शुद्धीकरण, नयाँ सदस्यता वितरण र नयाँ सदस्यता शुल्कलगायतको विषयलाई लिएर तालाबन्दी गरेको हो
१ असार, २०७६
Share
ट्याक्सी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
३२ जेठ, २०७६
Share
नझुक्किनुहोला यो खानेपानी निर्वाचन प्रचार हो
माथि तस्बिरमा हेर्नुभयो तपाईंले ? यहाँ नेकपा र कांग्रेसका उम्मेदवार प्यानल बनाएर घरदैलो गरिरहेका छन् । आखिर चुनाव के को त? हो, यो चुनावी सरगर्मी खानेपानी उपभोक्ता समितिमा कसलाई जिताउने भन्ने हो
३१ जेठ, २०७६
Share
विप्लव कार्यकर्ताको अदालतमै बास
रिहाइको आदेश भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नौ कार्यकर्ता अदालतबाहिर निस्किन सकेका छैनन्। उनीहरूलाई उच्च अदालत पोखराले बिहीबार रिहा आदेश गरेको हो। तर, फेरि पक्राउ गर्न गेटबाहिर प्रहरी बसेपछि उनीहरू अदालतभित्रै बसेका हुन्।
३१ जेठ, २०७६
Share
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
२५ जेठ, २०७६
Share
कर्मचारीलाई आदिकविको बिर्खे टोपी अनिवार्य
भानु नगरपालिकाले नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यले लगाउने गरेको बिर्खे टोपी लगाउन अनिवार्य गरेको छ
२२ जेठ, २०७६
Share
शव राख्न आधुनिक उपकरण खरीद
धौलागिरी अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण खरीद गरिएको हो ।
१८ जेठ, २०७६
Share
ढुंगाले हानेर विकको मृत्यु
कास्कीमा मंगलबार ढुंगा प्रहारबाट एकजनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ
१५ जेठ, २०७६
Share
पोखरामा तीन ठाउँमा बम, एनसेल टावर विप्लव समूहको निसानामा
पोखराका विभिन्न तीन ठाउँमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालयनजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शंकास्पद वस्तु भेटिएको हो ।
१३ जेठ, २०७६
Share
दराैंदीमा टिपर खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता
गोरखामा टिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन् ।
१२ जेठ, २०७६
Share
जनप्रतिनिधिका छोराछोरी जति सबै बाेर्डिङमा (सूचीसहित)
अनेरास्ववियूले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको जनप्रतिनिधिका छोराछोरी पढ्ने विद्यालयको लिस्टले भने जो कोहीलाई आश्चर्यमा पार्छ
१० जेठ, २०७६
Share
लोमान्थाङमा गाउँपालिकास्तरीय महोत्सव
मुस्ताङको लोमान्थाङमा गाउँपालिकास्तरीय महोत्सव र तिजी पर्वको भव्य तयारी भएको छ । उपल्लो मुस्ताङको मौलिक पहिचान, संस्कृति, सभ्यता, वेशभूषा, भौगोलिक विविधता, जैविक विविधता र उत्तरी कोरलानाकामा पर्यटक प्रर्वद्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।
९ जेठ, २०७६
Share
प्रेस युनियनले उत्कृष्ट सदस्यलाई अवार्ड दिने
नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यसाथ अवार्ड स्थापना गरेको छ ।
७ जेठ, २०७६
Share
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
६ जेठ, २०७६
Share
सशक्त प्रतिपक्षका लागि जागरण अभियानः नेता महत
नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेन्ढा बनाएर संसदमा प्रतिवाद गरिने जानकारी दिए ।
४ जेठ, २०७६
Share
११७ घरको बिजुली काटियो
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र कन्टारले विद्युत् महसुल नतिरेको भन्दै १ सय १७ जना ग्राहकको लाइन काटिदिएको छ
२ जेठ, २०७६
Share
हाइअल्टिच्युड एडभेन्चरः विभागीय टोलीकै वर्चश्व
नेपाली सेनाद्वारा मुस्ताङको जोमसोममा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष टोली र सशस्त्र प्रहरीको एपीएफ क्लबको महिला टोली पहिलो स्थान हासिल गर्न सफल भएकाे छ ।
३१ वैशाख, २०७६
Share
विश्व शान्तिको कामना गर्दै मुक्तिनाथमा ११ करोड म्हाने पुजा
धार्मिक पर्यटन प्रवर्द्धन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा सोमबारदेखि वृहत् बज्रगुरु धुङ्ग्युर पुजा हुने भएको छ । मुक्तिनाथ पुराङ रानीपौवा गाउँ समाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने कार्यक्रम छ ।
२८ वैशाख, २०७६
Share
नयाँ मुलुकी संहितासँगै सम्बन्ध विच्छेदका मुद्दा बढे
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
२८ वैशाख, २०७६
Share
कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जान्छ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् ।
२८ वैशाख, २०७६
Share
जोमसोम विमानस्थलको स्तरोन्नति सुरु
पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।
२६ वैशाख, २०७६
Share
पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा आरती
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।
२६ वैशाख, २०७६
Share
सुटिङस्थलबाटै पक्राउ परे कलाकार
प्रहरीले ड्रोन क्यामरासहित चलचित्रकर्मीलाई मंगलबार पक्राउ गरेको छ । निषेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन क्यामरा उडाएकाले ‘सम्हालिन्छ कहिले मन’ चलचित्र युनिटलाई सीमा प्रहरी चौकी लोमान्थाङले नियन्त्रणमा लिएको हो
२६ वैशाख, २०७६
Share