गण्डकी
गण्डकी प्रदेश विकास समितिद्वारा आर्थिक मामिला मन्त्रालयसँग छलफल
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विभिन्न मन्त्रालयबीचको छलफललाई तीब्र पारेको छ । यसै क्रममा समितिले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग आर्थिक वर्ष २०७७/०७८को बजेट तथा कार्यक्रम तर्जुमाका बारेमा छलफल गरेका छ
५ जेठ, २०७७
Share
कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक वेपत्ता
म्याग्दीमा एम्बुलेन्स दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन म्याग्दीको बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स दिउँसो म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको रिठेबोटमा दुर्घटना भएको हो ।
४ जेठ, २०७७
Share
अनुमतिबिना स्वास्थ्यकर्मीको गाडी रोकेर दुर्व्यवहार गर्नेलाई पक्राउको तयारी
काठमाडौं उपत्यका छिर्ने नागढुंगा नाकामा स्वास्थ्यकर्मीको गाडी रोकेर अनुगमन १ गर्ने समूहसँग कुनै आधिकारीक परिचयपत्र नभएको पाइएको छ ।
४ जेठ, २०७७
Share
काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।
४ जेठ, २०७७
Share
आरडीटी पोजिटिभ देखिएका महानगरका सफाइ कर्मचारीकाे पीसीआर नतिजा नेगेटिभ
काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
३ जेठ, २०७७
Share
धुलिखेलमा मृत्यु भएकी महिलाको दाहसंस्कार शवदाह गृहमा गरिने
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव दाहसंस्कारको लागि काठमाडौं ल्याइँदै छ । उनको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने भएको छ ।
३ जेठ, २०७७
Share
महिलाको शव व्यवस्थापन गर्न भक्तपुरबाट गयो एम्बुलेन्ससहितको टोली
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ ।
३ जेठ, २०७७
Share
घनले हानेर साथीको हत्या, मकैबारीमा गाडियो शवः १ महिनापछि पक्राउ परे घटनामा संग्लन
पोखरामा १ युवाको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै साथीको हत्या गरेर खाल्डोमा गाडेकोे आरोपमा उनीहरूले जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
३ जेठ, २०७७
Share
ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको केन्द्रमा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो ।
३ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा १० महिनामा ३२ प्रतिशत मात्र बजेट खर्च
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको १० महिनासम्म बजेट खर्च निकै कमजोर देखिएको छ । चालू आव २०७६/०७७ को वैशाख मसान्तसम्म प्रदेश सरकारले पूँजीगततर्फ कुल बजेटको ३२ दशमलव १ प्रतिशत मात्र खर्च गरेको छ ।
२ जेठ, २०७७
Share
पर्वतमा २ जनामाथि चितुवा आक्रमण, प्रतिकार गर्दा चितुवा नै मारियाे
पर्वतमा चितुवाकाे आक्रमणबाट दुई जना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी जलजला गाउँपालिका– ८ नाग्लीवाङका २ स्थानीय घाइते भएका हुन्
२ जेठ, २०७७
Share
आँधीखोला गाउँपालिकाद्वारा दोस्रो चरणको राहत वितरण सुरु
स्याङजाको आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ
१ जेठ, २०७७
Share
कास्कीमा लकडाउनमा समेत बैकिङ कसुर मुद्दा, ६ करोड ३७ लाखका बाउन्स चेक
कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका मुद्दा भयाबह बन्दै गएका छन् । व्यक्ति-व्यक्तिबीच आमसी समझदारीमा हुने लेनदेनले उग्ररूप लिएपछि पछिल्लो ४ महिनाको अवधिमा कास्की प्रहरीमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्
१ जेठ, २०७७
Share
गोरखा ५ दिनका लागि सिल
कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा ५ दिन सिल गर्ने निर्णय गरेको छ ।
१ जेठ, २०७७
Share
मृगको मासु भाग लगाइरहेको अवस्थामा हतियारसहित ४ जना पक्राउ
पोखरामा अवैधरूपमा मृगको सिकार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृग मारेको र लुकाइछिपाई हातहतियार राखेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका ३१ बिनेरीकुनाबाट भरुवा बन्दुक, गोली र मृगको मासुसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
३१ वैशाख, २०७७
Share
घरको छतबाट हाम फालेका युवकको पीसीआर रिपोर्ट नेगेटिभ
पोखरामा क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
३१ वैशाख, २०७७
Share
बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु
आफ्नै घरको शौचालयभित्र पानी भरेर राखेको बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ ।
३१ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पाेखराका एक युवा छतबाट हाम फाले
रोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत मंगलबार लुकिछिपी पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए । क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए
३० वैशाख, २०७७
Share
एसईई विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह
लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानीय तहले प्रवेशिका परीक्षा (एसईई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन्
३० वैशाख, २०७७
Share
ढुंगा प्रहार गरी बुबाको हत्या आरोपमा युवक पक्राउ
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या अभियोगमा १ युवक पक्राउ परेका छन् ।
२९ वैशाख, २०७७
Share
पोखरामा मोदीको पुत्ला दहन, ४ जना प्रहरी नियन्त्रणमा
लिपुलेक अतिक्रमणकाविरुद्ध पोखरामा विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्
२८ वैशाख, २०७७
Share
प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा
प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ
२६ वैशाख, २०७७
Share
विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली
अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् ।
२५ वैशाख, २०७७
Share
गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ
रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो
२४ वैशाख, २०७७
Share
लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारी नियन्त्रणमा
विना काम लकडाउनको उल्लंघन गर्दै हिँडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ
२४ वैशाख, २०७७
Share
रवीन्द्रको ५१औं जन्मजयन्तीका अवसरमा पोखरा प्रवेशद्वारमा ‘सेनिटाइजर टनेल’
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जन्मजयन्तीको अवसर पारेर पोखरा प्रवेश गर्ने नाका छोरेपाटनमा ‘सेनिटाइजर टनेल’ स्थापना गरेको छ । स्वर्गीय नेता रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्नका लागि छोरेपाटनमा टनेल स्थापना गरेको हो
२२ वैशाख, २०७७
Share
पोखरामा सुत्केरी महिलाको घरैमा पौष्टिक आहार
लकडाउनका माझ सुत्केरी भएका महिलाको घरघर पुगेर पोखरा महानगरपालिकाका जनप्रतिनिधिले पौष्टिक आहारसहित आवश्यकीय सामाग्री वितरण गरेका हुन् ।
२१ वैशाख, २०७७
Share
गण्डकी प्रदेशको विकास समितिले थाल्यो ४ मन्त्रालयका सचिवसँग छलफल
समितिअन्तर्गत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवहरूसँग लकडाउनले पारेको असर र अहिले भएका कामको बारेमा जानकारी लिएको हो
१९ वैशाख, २०७७
Share