गण्डकी
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिकाका ३६, २२ र विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षी किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ जेठ, २०७७
Share
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कृषि, पर्यटन र पूर्वाधारमा जोड (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणका कारण प्रदेशको विकास निर्माणमा बाधा उत्पन्न भएकाले विकास र समृद्धिलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकमा आइतबार प्रस्तुत गरेका हुन् ।
१८ जेठ, २०७७
Share
म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्कमा आएनन्
म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्कविहीन भएका छन् । ९ जेठमा भैरहवाको नमुना माविको क्वारेन्टाइनमा बसेकालाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।
१८ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४ पुग्यो
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जामा २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण देखिएसँगै गण्डकीमा संक्रमितको संख्या २४ पुगेको छ
१८ जेठ, २०७७
Share
म्याग्दीमा डेङ्गु संक्रमितको संख्या १० पुग्यो
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणमणसँगै डेङ्गु सङ्क्रमितको संख्या पनि बढ्दै गएको छ ।
१८ जेठ, २०७७
Share
चितवनमा गर्भवतीले जितिन् कोरोना
गत बुधबार हेटौंडामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको ४ दिनको दिन उनमा सङ्क्रमण निको भएको हो।
१७ जेठ, २०७७
Share
समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग
पोखरा उद्योग वाणिज्य संघले संघसँग आवद्ध वस्तुगत संघका प्रतिनिधि तथा सदस्यबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरूले सो धारणा राखेका हुन्
१७ जेठ, २०७७
Share
भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले लगानी गर्ने
बागमती प्रदेश सरकारको गौरव आयोजना ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा संघीय सरकारले लगानी गर्ने भएको छ
१६ जेठ, २०७७
Share
म्याग्दीमा पहिलो पटक १ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि बिहीबार साँझ १ जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
१५ जेठ, २०७७
Share
स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारका लागि पोखरा ल्याइयो
गण्डकी प्रदेशको कोरोना भाइरस (कोभिड-१९) विशेष अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ
१५ जेठ, २०७७
Share
गण्डकी सरकारको बजेट प्राथमिकताः पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार
गण्डकी प्रदेश सरकारले पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक बर्षको बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न बजेट ल्याउने गरी प्राथमिकतामा राखेको छ ।
१४ जेठ, २०७७
Share
मुख्यमन्त्री पौडेलको जवाफ : अतिआवश्यकबाहेक गाडी किन्दैनौँ, सेमिनार र गोष्टीमा पैसा सक्दैनौँ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई आवश्यक रकम दिइएको बताएका छन्
१४ जेठ, २०७७
Share
बागलुङमा भारतबाट फर्किएका ६ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएका छन् । केही दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो
१४ जेठ, २०७७
Share
पोखरामा सेती नदीले बगाउँदा वृृद्धको मृत्यु
पोखरामा सेती नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ गाइघाटस्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लिदा १ वद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१३ जेठ, २०७७
Share
स्याङ्जाको क्वारेन्टाइनमा रहेका २ युवामा कोरोना संक्रमण
कोरोनाको संक्रमण देखिएका दुवैलाई वालिङस्थित क्वारेन्टाइनबाट जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ ।
१३ जेठ, २०७७
Share
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेको हो ।
१३ जेठ, २०७७
Share
मुख्यमन्त्री पौडेलले भने, ‘देशको भू-भागमाथिको अतिक्रमण सह्य हुन सक्दैन’
प्रदेशको छैठौं तथा बजेट अधिवेशनलाई संवोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपाली भूभागमाथि भएको अतिक्रमण कुनै पनि देशभक्त नागरिक र सरकारलाई सह्य हुन नसक्ने बताएका हुन् । उनले यसो भनिरहँदा अधिवेशनमा सहभागी सबै सांसदले सहमति जनाएका थिए
१२ जेठ, २०७७
Share
भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गयो
सिन्धुपाल्चोकमा भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको जुगल गाउँपालिका–२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएकोहो ।
१२ जेठ, २०७७
Share
चितवनमा हावाहुरीले १ को मृत्यु, ४ जना घाइते
चितवनको भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले १ जनाको ज्यान गएको छ । थप ४ जना जना घाइते भएका छन् ।
११ जेठ, २०७७
Share
प्रधानमन्त्रीले भारतसँग पौँठेजोरी खेलेर बिरालोको घाँटीमा घण्टी बाँध्ने काम गरेः मुख्यमन्त्री गुरुङ
११ जेठ, २०७७
Share
पोखरा महानगरका ३३ वडामै क्वारेन्टाइन बनाइने
कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन फैलिँदै गएपछि पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
११ जेठ, २०७७
Share
पोखरामा पूर्वयुवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियो
पूर्वयुवराज पारस शाहको गाडीले पोखराको पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको छ । शनिबार बिहान २ बजेको समयमा सडकमा रहेको गोरुलाई ठक्कर दिँदा गोरु मरे पनि गाडी र गाडीमा सवार सबै सकुल रहेका छन् ।
१० जेठ, २०७७
Share
गण्डकीका मुख्यमन्त्री गुरुङसहित १ सय ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
गण्डकी प्रदेशसभाको बैठकको पूर्वसन्ध्यामा सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
१० जेठ, २०७७
Share
विदेशबाट फर्किन चाहनेको तथ्यांक संकलन गरिँदै
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न सुरू गरेको छ । कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्यांक संकलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
१० जेठ, २०७७
Share
पोखरामा युवकको हत्यामा संलग्न २ जना पक्राउ
पोखरामा युवकको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २६ सुन्दरी बजारमा परिवारसहित बस्दै आएका २४ वर्षीय सुजन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले थमन पुन मगर र प्रकाश घर्ती मगरलाई पक्राउ गरेको छ
८ जेठ, २०७७
Share
मकवानपुरका संक्रमितका २ छोरी र श्रीमतीको पीसीआर नेगेटिभ
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित टिस्टुङका कोरोना संक्रमित २८ वर्षीय युवकका २ छोरी र श्रीमतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ
८ जेठ, २०७७
Share
अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ
उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको हो ।
७ जेठ, २०७७
Share
लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको नियन्त्रणमा
गोरखामा लकडाउनको समयमा काफल खान बस रिजर्भ गरेर जंगल गएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ जेठ, २०७७
Share
गण्डकी प्रदेश विकास समितिद्वारा उद्योग तथा पर्यटन मन्त्रालयसँग छलफल
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई पर्यटन क्षेत्रको समस्याप्रति गम्भीर बन्दै विशेष राहात प्याकेज घोषणा गर्न सुझाव दिएको छ
६ जेठ, २०७७
Share