बागमती
लगानी भित्र्याउन प्रदेश ३ काे प्रयास, लगानीकर्तासँग विशेष छलफल
आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए । तीन नं. प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उनले देशका २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने बताए ।
६ वैशाख, २०७६
Share
बिस्केट जात्रा : रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते
रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पु¥याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
६ वैशाख, २०७६
Share
चितवनमा सवारी दुर्घटना दुईको मृत्यु, एक घाइते
प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वैशाख, २०७६
Share
प्रदेश ३ मा पहिलोपटक शून्य समय
बुधबार बसेको प्रदेशसभाको बैठकमा पहिलोपटक शून्य समयको व्यवस्था गर्दै सांसदहरूलाई एक मिनेट बोल्न दिइएको छ
५ वैशाख, २०७६
Share
पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो तामाङ चलचित्र महोत्सव
तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा तामाङ चलचित्र महोत्सब सम्पन्न भएको छ ।
४ वैशाख, २०७६
Share
प्रदेश ३ सरकार लगानी सम्मेलनको तयारीमा
प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्रमा उल्लेख गरिएको गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने योजना आयोगको छ ।
२ वैशाख, २०७६
Share
सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा
सोमबार दिउँसो २ः३० बजेसम्म हनुमानढोकामा पूजा एवं दर्शन गर्नका लागि रथ राखिन्छ । त्यसपछि रथ यात्रा शुरु गरी लगन र्पुयाइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ ।
२ वैशाख, २०७६
Share
सचिवको कार्यकक्षमा मन्त्रीको तालाबन्दी
प्रदेश ३ का प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
२८ चैत, २०७५
Share
स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न विधेयक पेश
मंगलबार बसेको प्रदेश सभाको बैठकमा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको तर्फबाट सामाजिक विकास मन्त्री दुलालले प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक समेत प्रस्तुत गरेका थिए ।
२७ चैत, २०७५
Share
प्रदेश सरकार पनि लगानी सम्मेलन गर्दै
लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने उदेश्यले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्न लागीएको हो । १ सय ५० सम्भावित लगानीकर्ता तथा विज्ञ लगायत दुई सयको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।
२६ चैत, २०७५
Share
बिस्केट जात्रामा किन हुन्छ ढुङ्गामुढा ? यस्ता छन् पाँच कारण
यो जोसको जात्रा हो । तीनतले रथ तान्न तागत चाहिन्छ । तागत निकाल्दा आउने जोसका कारण एकले अर्को व्यक्तिलाई प्रहार गर्ने गरेको अनुभव सुनाउने पनि भेटिन्छन्, भक्तपुरमा ।
२५ चैत, २०७५
Share
भक्तपुरमा औद्योगिक व्यापार मेला
भक्तपुरमा आयोजना भइरहेको बृहत् औद्योगिक व्यापार मेलामा ९० लाखको कारोबार भएको छ ।
२५ चैत, २०७५
Share
अस्ट्रेलियन चलचित्र ‘सिस्टर्स फर सेल’ उत्कृष्ट
वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन चलचित्र ‘सिस्टरर्स फर सेल’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय नन–फिक्सन वृत्तचित्रकोे अवार्ड प्रदान गर्दै सातौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ राजधानीमा आइतबार सम्पन्न भएको छ ।
२५ चैत, २०७५
Share
बजेट रकमान्तर गर्दै काठमाडौं महानगर, ६७ करोड १० लाख बजेट रकमान्तर
काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसकेपछि रकमान्तर गरेको छ । महानगरले विभिन्न शीर्षकमा छुट्याएको ६७ करोड १० लाख रकम खर्च गर्न नसकेपछि जरुरी महत्वका कार्यक्रममा रकमान्तर गरेको जनाएको छ ।
२५ चैत, २०७५
Share
सत्य निरुपण र वेपत्ता आयोगमा आवेदन आव्हान
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पदाधिकारी सिफारिस समितिले नयाँ पदाधिकारीमा आवेदन आह्वान गरेको छ ।
२५ चैत, २०७५
Share
यस्ता छन् कामनपाका ४ नयाँ कानुन
स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै आइतबार काठमाडौं महानगरपालिकाको चौथौ नगर सभा सम्पन्न भएको छ ।
२५ चैत, २०७५
Share
विप्लव पोलिटव्युरो सदस्य सर्वोच्च अदालत परिसरबाटै पक्राउ
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की (जीवन्त) पुनः पक्राउ परेका छन् ।
२५ चैत, २०७५
Share
नगरपालिकामा लेखापाल नहुँदा सेवाग्राही मारमा
कर्मचारी अभावका कारण गोकर्णेश्वर नगरपालिकामा सेवाग्राही मारमा परेका छन् ।
२५ चैत, २०७५
Share
भिक्षु अश्वघोषको राजकीय सम्मानका साथ दाहसंस्कार
संघनायक भिक्षु अश्वघोष महास्थविरको आईतबार राजधानीको विजयेश्वरीस्थित कर्णदीपमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
२५ चैत, २०७५
Share
आगलागीबाट लाजिम्पाटमा एक जनाको मृत्यु
लाजिम्पाटस्थित धर्म मर्हजनको घरमा बिहीबार राति आगलागी हुदा एक जनको मृत्यु भएको छ । चार जना घाएते भएका छन् ।
२२ चैत, २०७५
Share
२१२ केजि गाँजासहित २ जना तस्कर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको टोलीले सुराकीका आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो ।
२१ चैत, २०७५
Share
हेटौंडाको आन्तरिक आय २२ करोड
उपमहानगरपालिकाका उपप्रमुख मिना लामाद्धारा आज चौथो नगरसभामा प्रस्तुत बजेटबाट कार्यक्रम मार्फत आन्तरिक आम्दानीमा बृद्धी भएको सार्वजनिक गरिएको हो । साविकको बजेटमा बृद्धि एक अर्ब ७७ करोड पुगेको छ ।
२१ चैत, २०७५
Share
सूचनाको हक सम्बन्धि विधेयकमाथि छलफल सुरु
प्रदेश सूचनाको हक सम्बन्धि विधेयकका केही बुँदाहरुमा संशोधन गर्न सांसदहरुले सुझाव दिएका छन् । सांसदहरुको सुझावमा मन्त्री जम्कट्टेलले विधेयकमाथि आएको सुझावलाई संशोधन मार्फत समावेश गराइने बताए । प्रदेश सभाको वैठक आगामी चैत २५ बस्नेगरी स्थगित गरिएको छ ।
२० चैत, २०७५
Share
हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने
प्रदेश ३ सरकारले उक्त रकम प्रदेश २ सरकारमार्फत सहयोग गर्नेछ । ‘प्रदेश २ सरकारको खातामा पैसा हालिदिने छौ’ आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले भने ।
१९ चैत, २०७५
Share
संसद अबरुद्ध गर्ने प्रतिपक्षी तयारी
‘संसद सुरु भए लगत्तै प्रदेश राजधानीको बिषयले प्रबेश नपाएको खण्डमा संसद अबरुद्ध पार्ने हो’ स्रोतले भन्यो ‘हामिलाई सत्तापक्षका केही माननीयहरुको समेत साथ छ ।’
१७ चैत, २०७५
Share
प्रदेश ३ को हिउँदे अधिवेशन भोलीबाट
यसैगरी गत माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ को संशोधन विधेयक दर्ता भएको थियो । कर तथा गैरकर राजश्व सम्वन्धि ऐनको संशोधन विधेयकपनि गत फागुनमा दर्ता गरिएका छ । यी संशोधन विधेयकका साथै प्रदेश बालबालिकाको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत संसदमा दर्ता भइसकेका छन् ।
१६ चैत, २०७५
Share