बागमती
मनहरीमा तीनवटा ट्रक आपसमा ठोक्किए, १० घाइते
मकवानपुरमा तीनवटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित जैसिङमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
२२ वैशाख, २०७६
Share
आमाको मुख हेर्न प्रदेश प्रमुख मकवानपुरमा
अधिकांश समय काठमाण्डौमा रहने, काम पर्दामात्रै प्रदेश कार्यालय हेटौंडा आइपुग्ने प्रदेश प्रमुख अनुराधा कोइराला वैशाख २० गते हेटौंडा आइपुगिन् । यस पटक उनी प्रदेशको कार्यक्रम वा कामको लागि कार्यालय आइपुगेकी हैनन् ।
२१ वैशाख, २०७६
Share
आमाको मुख हेर्ने दिन : आमाको महिमा अपरम्पार
आमाको महिमालाई युगकवि श्रेष्ठले मात्र हैन, उपन्यासकार मेक्सिम गोर्कीको आमा उपन्यास, कवि गोपालप्रसाद रिमालको आमाको सपना कविता संग्रह पनि आमाको महिमाले नै भरिएका छन् । अन्य धेरै साहित्यकारहरुका रचनाहरुमा आमाको महिमा पाइन्छ ।
२१ वैशाख, २०७६
Share
प्रदेश ३ राजधानी हेटौंडा, नाम बागमती
प्रदेशको केन्द्र (राजधानी) हेटौंडा र नाम बाग्मती राख्ने विषयमा केन्द्रीय नेतृत्व सकरात्मक भएपछि राजधानीको बिषय सुल्झिने लगभग पक्का भएको हो । यससँगै अस्थायी राजधानी रहेको हेटाैडा नै स्थायी राजधानी कायम हुने भएको छ
२१ वैशाख, २०७६
Share
बन्यजन्तु तस्करको हब बन्दै भक्तपुर, एकैदिन ७ जना पक्राउ
वन्यजन्तुको अंग तस्कर गरेको आरोपमा भक्तपुरमा ७ जना तस्कर पक्राउ परेका छन् । प्रहरीले अलग अलग अवस्थामा बाघको छाला एवं भालुको पित्त सहित ५ जना र हात्तीको दारा सहित २ जनालाई पक्राउ गरेको जनाएको छ
२० वैशाख, २०७६
Share
ललितपुरका सञ्जय हेटौंडामा पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चोरीमा संलग्न व्यक्ति र मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै हेटौंडा–१४ का २४ वर्षीय विकास थिङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
२० वैशाख, २०७६
Share
सुनकोसीवासीको मागः खाँडादेवी केबलकारको स्टेसन सिन्धुलीमै बन्नुपर्छ
सुनकोसी गाउँपालिकाका स्थानीय समाजसेवी बाबुराम भट्टराईले सिन्धुलीमै केबलकारको स्टेसन निर्माण गर्दा खाँडादेवीको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।
१९ वैशाख, २०७६
Share
मदन भण्डारी दुर्घटनामा परेको स्थलमा अध्ययन केन्द्र
प्रदेश ३ ले मदन भण्डारी चढेको जिप दुर्घटना भएको स्थल दासढुंगा र शव भेटिएको स्थल गाँजापुरमा अन्तर्राष्ट्रिय राजनीतिक अनुसन्धान केन्द्र निर्माण गर्ने योजना बनाएको हो
१९ वैशाख, २०७६
Share
खानी उत्खननमा कमिसनको खेल !
खानी उत्खनन नरोकिए १२ सय घरपरिवार, दुइटा विद्यालय, वडा कार्यालय,विभिन्न संघसंस्थाका भवन, खेतीयोग्य जमिन बगरमा परिणत हुने खतरा छ । ‘बिना सहमति खानी उत्खनन गर्न किन थालियो ?’ स्थानीय प्रश्न गरिरहेका छन् ।
१८ वैशाख, २०७६
Share
गैँडाको आक्रमणबाट महतोको मृत्यु
भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१७ वैशाख, २०७६
Share
शिक्षा प्रणाली सुधार गर्नुपर्नेमा प्रदेश मन्त्रीको जोड
प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन, सहकारीलगायतका कम्तीमा पाँच विषय अनिवार्य गरिनुपर्ने बताए ।
१७ वैशाख, २०७६
Share
रिहा भएलगत्तै फेरि पक्राउ परे ज्वाला
जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको ६० हजार धरौटी तिर्न नसकेपछि जेल चलान भएका ज्वाला आज ९सोमबार० धरौटी बुझाएर रिहा भएका थिए ।
१७ वैशाख, २०७६
Share
काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा न्यौपाने
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपानेले सोमबार पदबहाली गरेका छन् । यसअघि उनी प्रदेश १ को प्रमुख सचिव थिए । २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गर्ने निर्णय गरेको थियो ।
१६ वैशाख, २०७६
Share
चार वर्षदेखि फरार अभियुक्त पक्राउ
मकवानपुर जिल्ला अदालतको मिति १८ माघ २०७२ को फैसलाले ५ बर्ष कैद ५० हजार जरिवाना तोकेपछि फरार रहेका मकवानपुर जिल्ला साविक राक्सिराङ गाविस– ८ थोपसाली बस्ने ३९ बर्षिय ईन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा १४ वैशाखमा पक्राउ गरेको थियो ।
१६ वैशाख, २०७६
Share
मुहार फेर्दै नयाँ बसपार्क
बसपार्क व्यवस्थापनको जिम्मा हाल लोत्से बहुउद्देश्य सहकारी संस्थाले पाएसँगै बसपार्कभित्र बनेका करिब ६ सय अवैध टहरासमेत भत्काइएको छ । लोत्सेले बसको टिकट काट्न खटिने कर्मचारीलाई समेत तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरेको छ । यस्तो व्यवस्थाले काउन्टरभित्र अनावश्यक मान्छे जान नसक्ने लोत्से सञ्चालक दीपक कुँवरको भनाइ छ । त्यसैगरी, अब यात्रुलाई तानेर टिकट काउन्टरसम्म पु-याउने बिचौलियालाई प्रवेश निषेध गरिने उनले बताए ।
१६ वैशाख, २०७६
Share
कार्यस्थलमा २३ लाखको मृत्यु
उनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ । वैदेशिक रोजगारमा गएका हेटौंडा–१७ का रमेश लामा कामको सिलसिलामा मेसिनले हातको औंला नै काटिएकाले घर फर्किए । त्यस्तै, कार्यालयमा शिशु स्याहार व्यवस्था नभएपछि काठमाडौंको एक निजी कम्पनीमा कार्यरत मकवानपुर नामटारकी सजना खड्का नोकरी छोडेर घर फर्किइन् । नोकरी छाडेपछि आर्थिक अवस्थाले घर चलाउन समस्यामा रहेको बताउँछिन् खड्का ।
१६ वैशाख, २०७६
Share
म जहाँ छु, पत्रकार र प्रेसकै कारण छु : प्रचण्ड
हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले सुरुदेखि हाम्रो एजेन्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तरक्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।
१५ वैशाख, २०७६
Share
धुलिखेलमा आन्तरिक विमानस्थल : बाँस्कोटा
डोमेस्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेसन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।
१५ वैशाख, २०७६
Share
खुलामञ्च : सटरमा डोजर (फाेटाे फिचर)
महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा खुलामञ्च छिरेको टोलीले डोजर लगाएको हो । खुलमञ्चमा बनाइएका ५१ सटर नै भत्काइने उनहरुले बताएका छन् ।
१४ वैशाख, २०७६
Share
साढे २२ हजार परिवार अझै जोखिममा
मकवानपुरमा भूकम्पले भत्किएका घर तथा विद्यालयको पुनर्निर्माणमा हलसम्म ८ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार ढलेका घरमध्ये २७ हजार ६ सय ५ परिवारले मात्र घर निर्माणका लागि सम्झौता गरेका छन् ।
१४ वैशाख, २०७६
Share
प्रदेश सरकारको बजेट खर्च : ९ महिनामा ३५ प्रतिशत
‘कामको कुरा छाडौं, टिप्पणी उठाउने सचिवकै अभाव खेपिरहेका छौं,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । बजेट निर्माण प्रक्रिया क्रमगत ढंगबाट अघि बढेको छ तर मन्त्रालयमा कर्मचारीको अभावका कारण समस्या भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अघिल्लो आवको बजेट निर्माणका क्रममा सरुवा भएका सचिवको अहिलेसम्म पदवहाली नहुँदा समस्या भएको बताए ।
११ वैशाख, २०७६
Share
सकियो हिउँदे अधिवेशन, टुंगिएन राजधानी र नामकरण
संसद्मै सहमति गराउने र सक्दो चाँडो यो विषय टुंग्याइने भनिए पनि अन्ततः सवाल फेरि ओझेलमा परेको छ । प्रदेश ३ सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो नै नलाई १० वैशाखको राति १२ बजेबाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य हुँदै छ ।
१० वैशाख, २०७६
Share
ललितपुरका २२ चालकमा मधुमेह, २० मा उच्च रक्तचाप
ललितपुरका २ सय २८ चालक तथा सहचालकमध्ये २२ जना चालक मधुमेह र २० जना उच्च रक्तचापका बिरामी रहेको पाइएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा स्वास्थ्य परीक्षण गर्दा यी बिरामीको तथ्यांक पत्ता लागेको हो ।
८ वैशाख, २०७६
Share
सेल्फीडाँडामा टिपर दुर्घटना, एकको मृत्यु
धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको टिपर सटकबाट अन्दाजी तीन सय मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
७ वैशाख, २०७६
Share
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
७ वैशाख, २०७६
Share
स्वदेशी लगानीकर्ता आकर्षित गरौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वदेशी व्यवसायी र लगानीलाई आकर्षित गर्न प्रदेश स्तरीय लगानी सम्मेलन आवश्यक भएको बताएका छन् ।
७ वैशाख, २०७६
Share