बागमती
प्रदेश ३ को भौतिक मन्त्रालयले कहिले पाउला मन्त्री ? यसो भन्छन् मुख्यमन्त्री
प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय ८ महिनादेखि मन्त्रीविहीन छ । मुख्यमन्त्री डोरमणी पौडेलले तत्कालीन मन्त्री केशव स्थापितलाई १६ कार्तिक २०७५ मा पदबाट बर्खास्त गरेका थिए ।
२६ जेठ, २०७६
Share
आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
२६ जेठ, २०७६
Share
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।
२५ जेठ, २०७६
Share
छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष कैद सजाय
छोरीलाई बलात्कार गरेको ठहर गर्दै अदालतले बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय बाबुलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ
२४ जेठ, २०७६
Share
पहिरोका कारण मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध
पृथ्वी राजमार्गको मुग्लिन– नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सीमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो
२४ जेठ, २०७६
Share
भक्तपुरमा स्कार्पियो दुर्घटना, चार जना घाइते
भक्तपुर दूधपाटीबाट तीव्र गतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करिब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चारजना घाइते भएका छन्
२३ जेठ, २०७६
Share
विप्लवको पार्टीद्धारा भक्तपुरमा जग्गा कब्जा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको सार्वजनिक घोषणा गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित एक रोपनी एक दाम जग्गा नेकपा समूहले कब्जा गरेको हो
२२ जेठ, २०७६
Share
‘बलात्कारी’ बा, ‘धुन्धुकारी’ छोरा
सिन्धुपाल्चोक प्रहरीको तथ्यांक हेर्ने हो भने जबर्जस्ती करणीका घटनामा वृद्धि भएको छ । आफन्तहरुबाटै हुने घटना पनि रोकिएको छैन । गएको साउन–वैशाख मसान्तसम्म जबर्जस्ती करणीका २३ घटना दर्ता भएका छन्
२१ जेठ, २०७६
Share
विप्लवका सिन्धुपाल्चोक जिल्ला सदस्य पक्राउ
प्रहरीले सदरमुकाम चौतारको एक होटलबाट मल्ललाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले विप्लवका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे पनि अरु विवरण पछि मात्रै दिने बताए
२१ जेठ, २०७६
Share
रसुवामा जिप दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ। मृत्यु हुनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन्।
२१ जेठ, २०७६
Share
नेपालीलाई चिनियाँको ‘रातो कार्पेट’, नेपालले झन्डासमेत राखेन
पुलमा देखिएको दृश्यले नै प्रस्ट पार्थ्याे कि नाका सञ्चालनलाई नेपालले भन्दा चीनले बढी महत्त्व दिएको थियो
२१ जेठ, २०७६
Share
सिन्धुपाल्चोक प्रहरी प्रमुख पुरस्कृत
जिल्लाको शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीलाई नगदसहित सम्मान गरेको छ
२० जेठ, २०७६
Share
स्थानीय सरकारको रणनीति ‘साना योजनामा बजेट नछर्ने’
लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ५ लाखभन्दा घटीका योजनामा बजेट विनियोजन नगर्ने भएको छ
२० जेठ, २०७६
Share
प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना, एक हप्ता अस्पतालमै बस्ने
मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडाैंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको जनाइएको छ ।
२० जेठ, २०७६
Share
यौन व्यवसायविरुद्ध खरो उत्रिन्छौं : प्रहरी
नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन्
२० जेठ, २०७६
Share
आगलागीबाट ७३ वर्षीया वृद्धको मृत्यु
कीर्तिपुरको चम्पादेविस्थित बसपार्कमा भएको आगलागीमा एक वृद्धको मृत्यु भएको छ ।
१९ जेठ, २०७६
Share
सरकार आफैंले संघीयता बदनाम गर्योः पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्रीले देशको बारेमा विदेशमा गएर टिप्पणी गरेर राष्ट्रियताको अपमान गरेको आरोप लगाएका छन् ।
१९ जेठ, २०७६
Share
चट्याङ लागेर महिलाको मृत्यु
चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।
१९ जेठ, २०७६
Share
खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण
सुनकोशी गाउँपालिका – ५ का अध्यक्ष कृष्णराज दाहालले सुनकोशी गाउँपालिका र सर्भ परियोजनाको संयुक्त लगानीमा बनेको सो आयोजनाबाट स्थानीयवासीको पानी पिउन पाउने अधिकार पुरा भएको मात्र नभई स्वास्थ्य र सरसफाईमा पनि योगदान गरेको बताए ।
१८ जेठ, २०७६
Share
राष्ट्रिय परिचयपत्र वितरणका लागि प्रक्रिया सुरू
राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्रियामा सो कुराको जानकारी दिइएको हो ।
१८ जेठ, २०७६
Share
प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर बनाइँदै छ अतिथिगृह
सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन् ।
१८ जेठ, २०७६
Share
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
शंखरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृत रूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ
१७ जेठ, २०७६
Share
प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एकजनालाई पक्राउ गरिएको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो
१६ जेठ, २०७६
Share
भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी
ललितपुरको भैंसेपाटीस्थित डी काली केमिकल गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
१६ जेठ, २०७६
Share
राजधानीमा फोहोर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै
खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहोरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताएका छन्।
१६ जेठ, २०७६
Share
लागूऔषध खैरो हिरोइनसहित तीन पक्राउ
बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।
१६ जेठ, २०७६
Share