बागमती
मुआब्जा बिवादले अलपत्र धरान–चतरा राजमार्ग
राजमार्ग छेउका स्थानीयले मुआब्जा दावी गर्दै सर्वोच्च अदालत र पाटन उच्च अदालतको हेटौंडा इजलासमा मुद्दा दायर गरेपछि तीन वर्षीय कार्ययोजना सहित २०७३ कात्तिक महिनाबाट शुरु भएको धरान–चतरा (हाल मदन भण्डारी नामाकरण गरिएको) राजमार्ग निर्माण सुस्ताएको छ ।
२२ फागुन, २०७५
Share
बालविवाह रोक्न खोज्दा बलात्कारको धम्की !
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ ।
२० फागुन, २०७५
Share
मुख्यमन्त्री भन्छन्ः कलाकारका तिघ्रा देखाइन्न
‘संघियतामा आइसक्दा पनि देशको विकास भएन भनेर गुनासो गर्न छाड्नुस् ऐन कानून लगायतका सारा बाटाहरु बल्ल बनेका छन् अवको ४/५ वर्षमा यो प्रदेशले आर्थिक काँचुली फेर्ने छ’ मुख्यमन्त्री पौडेलले भने ।
१९ फागुन, २०७५
Share
रेट्रोफिटिङमा बेवास्ता: मकवानपुरका ११ हजार घर जोखिममा
२०७२ साल बैशाखको बिनाशकारी भूकम्पबाट आंशिक क्षति भएका मकवानपुरका ११ हजार भन्दा बढी घरको रेट्रोफिटिङ कार्य अझै हुरु भएको छैन । भूकम्प गएको ४ बर्ष पुग्न लाग्दासमेत रेट्रोफिटिङको काम अगाडि बढ्न नसकेपछि भुकम्प पीडित जोखिमपूर्ण आवासमै बस्न बाध्य छन् ।
१४ फागुन, २०७५
Share
न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो
न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश भएको भरतपुर महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले बताए । उक्त अवधिमा ९७ मुद्दा दर्ता भएका थिए । अझै २७ मुद्दा छिनोफानो हुन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । पन्ध्र मुद्दा मेलमिलाप समितिबाट निरुपण हुन बाँकी छ ।
१४ फागुन, २०७५
Share
पर्वतारोहीलाई महानगरको सहयोग
उक्त सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकातर्फबाट मेयर चिरीबाबु महर्जन र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि.कातर्फबाट अध्यक्ष रबिन्द्र महर्जनले हस्ताक्षर गरेका छन् ।
१३ फागुन, २०७५
Share
२७३ केजीे चरेस सहित ४ जना पक्राउ
प्रहरीले २ सय ७३ किलोग्राम चरेस र चरेस बनाउन प्रयोग हुने १९० किलोग्राम गाँजाको धुलो सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
१० फागुन, २०७५
Share
उपप्रमुखलाई ज्यान मार्ने धम्की
काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न/नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
९ फागुन, २०७५
Share
आधुनिक पशु बधशाला निर्माण हुने
प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए ।
९ फागुन, २०७५
Share
छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार
सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताए । उनका अनुसार आ.व. २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् ।
८ फागुन, २०७५
Share
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् ।
७ फागुन, २०७५
Share
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा शुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताए ।
५ फागुन, २०७५
Share
सरकारी सेवा पुर्याउन एकीकृत घुम्ती शिविर
सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र, नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधि वितरण व्यवसाय दर्ता, कृषि बीउबिजन वितरण प्राविधिक सल्लाहलगायतका सेवा प्रदान गरिएको थियो ।
४ फागुन, २०७५
Share
नारायणगढ- मुग्लिन सडकमा पुल निर्माण धमाधम
नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।
४ फागुन, २०७५
Share
स्नातकोत्तर तहको कक्षा सञ्चालन
स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ ।
३ फागुन, २०७५
Share
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महिनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार असुली गरेको छ ।
३ फागुन, २०७५
Share
सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
३ फागुन, २०७५
Share
प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण
एक वर्षका अवधिमा मन्त्रिपरिषद्को ४१ बैठक बसी विभिन्न महत्वपूर्ण निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
१ फागुन, २०७५
Share
मेरो प्रदेशमा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । ‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नं ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन’ उनले भने ।
२९ माघ, २०७५
Share
आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छः मन्त्री बाँस्कोटा
नले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपरबेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।
२६ माघ, २०७५
Share
‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि सुझाव
‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् ।
२५ माघ, २०७५
Share
माथिल्लो भोटेकोशी मर्मत ४० प्रतिशत सम्पन्न
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रले समेत घाटा व्यहोर्दै आएको छ ।
२५ माघ, २०७५
Share
सिन्धुलीमा बोलेरो दुर्घटना, पाँचको मृत्यु
सिन्धुलीको फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् ।
२४ माघ, २०७५
Share
जन्ती बोकेको टिपर दुर्घटनामा दुईको मृत्यु
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ साढे ६ बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ ।
२४ माघ, २०७५
Share
विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : महासेठ
सिन्धुलीको दुधौली नगरपालिका कमलाखोँचमा निर्मित पक्की पुलको बुधबार उद्घाटन गर्दै उनले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताए ।
२४ माघ, २०७५
Share
आज सोनाम ल्होछार, प्रदेश सरकारले दियो सार्वजनिक विदा
तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।
सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
२२ माघ, २०७५
Share
पत्रकार महिलाको सम्मेलन सम्पन्न
नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासङ्घको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गिकार गरी अध्यक्ष वा महासचिव एक महिला हुनुपर्नै अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।
१८ माघ, २०७५
Share
शहीदको सपना पुरा गर्नुपर्छः मुख्यमन्त्री पौडेल
निरंकुश व्यवस्थासंग झुक्नु भन्दा पनि प्रजातन्त्रकोलागि हाँसी हाँसी जीवन त्याग गरेका उनीहरु सधैं सम्मानयोग्य रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
१६ माघ, २०७५
Share