बागमती
समता अस्पतालमा युवतीको शव फेला
रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्
३ असार, २०७६
Share
डेंगु परीक्षणमा मेडिकल कलेजको ठगी
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने निजी क्लिनिक र अस्पतालहरूले डेंगु किटलाई १३ हजार रुपैयाँसम्म लिने गरेको जनाएको छ ।
३ असार, २०७६
Share
हेटौंडामा बस दुर्घटना, एकको मृत्यु, २० घाइते
चितवनको नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको दिवा सेवाको यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्
२ असार, २०७६
Share
बसबाट हाम फाल्दा युवतीको मृत्यु, दुई पुरूष मृत भेटिए
चितवनमा बसको ढोकाबाट हाम फाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हाम फालेकी हुन्
२ असार, २०७६
Share
मेलम्चीको दोस्रो खण्डको काम सुरु, मुआब्जा लिन सूचना जारी
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ ।
२ असार, २०७६
Share
पेट्रोल र डिजेलको मूल्य घट्यो, हवाई इन्धन र एलपी ग्यासको घटेन
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रूपैयाँले घटाएको छ ।
२ असार, २०७६
Share
प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड ७८ लाख
प्रदेश सरकारले सबैभन्दा बढी बजेट स्वास्थ्य तथा शिक्षामा विनियोजन गरेको छ । बजेट अनुसार कुल बजेटको २२.२३ प्रतिशत अर्थात् १० अर्ब ५८ करोड ५० लाख ९ हजार बजेट यो शिर्षकमा विनियोजन गरिएको छ
२ असार, २०७६
Share
अब गाउँगाउँमा नेकपा, सदस्यहरुले मासिक सय रुपैयाँ तिर्नुपर्ने !
पार्टी एकीकरण भई जिल्ला कमिटीसमेत विस्तार भएपछि नेकपा सिन्धुपाल्चोकले पार्टी संगठनलाई चलायमान बनाउन कार्ययोजना निर्माण गरेर सदस्यहरुलाई कार्यक्षेत्रमा पठाउने भएको छ
२ असार, २०७६
Share
प्रधानमन्त्रीलाई कालोझन्डा देखाउने तरुण दलका नेता पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझन्डा देखाउन गएका नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ
१ असार, २०७६
Share
सेतीदेवी शारदा माविलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि
सुनकाेसी गाउँपालिका खेलुकद विकास समितिको आयोजनामा सुरु भएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सेतीदेवी शारदा मावि लामोसाँघुले जितेको छ
१ असार, २०७६
Share
४८ अर्बकाे बजेट ल्याउदै प्रदेश ३ सरकार
आगामी आर्थिक वर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ
३२ जेठ, २०७६
Share
गाँजासहित तस्कर र ट्रक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकमा गाँजा तस्कर गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ
३२ जेठ, २०७६
Share
दुर्घटनामा वृद्धाको मृत्यु
नुवाकोटको ककनीमा ट्रिपर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ
३१ जेठ, २०७६
Share
भोज खाँदा ३० जना बिरामी, १९ को अवस्था गम्भीर
स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए
३१ जेठ, २०७६
Share
सरकार आलोपालो चलाउनेबारे अर्को सहमति हुन्छः प्रचण्ड
‘दुई पार्टीबीच एकता हुँदा आलोपालोको सहमति भएकै हो,‘ दाहालले भने, ‘तर अहिले अवस्था फरक भएको छ, त्यहीअनुसार फेरि नयाँ सहमति खोज्छौं ।‘
३१ जेठ, २०७६
Share
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु
सुनकोसी गाउँपालिका–५ मूलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ
३० जेठ, २०७६
Share
सरकारलाई सर्वोच्चको परमादेश : चितवन राष्ट्रिय निकुञ्जबाट सडक विस्तार नगर्नू
चितवन राष्ट्रिय निकुञ्जबाट सडक विस्तार नगर्न सरकारलाई सर्वोच्च अदालतले परमादेश दिएको छ ।
३० जेठ, २०७६
Share
सामुदायिक कुकुरले आतंक मच्चायो
छाडा अवस्थामा रहने कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गरिएको छ ।
२९ जेठ, २०७६
Share
सुरु भयो असारे विकास, हतारमा गुणस्तरहीन काम
चालू आर्थिक वर्ष सकिनै लाग्दा सिन्धुपाल्चोकमा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढाइएको छ । विगतकै परम्परा दोहोर्याउँदै बजेट सक्नकै लागि विकास निर्माणका काम सुरु भएकाे हाे।
२९ जेठ, २०७६
Share
बाह्रबिसे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा माविलाई
बाह्रबिसे नगरपालिकाको आयोजनामा सुरु भएको प्रथम बाह्रबिसे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि बाह्रबिसेले जितेको छ
२८ जेठ, २०७६
Share
काभ्रेमा करेन्ट लागेर एकको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
२८ जेठ, २०७६
Share
त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ ।
२८ जेठ, २०७६
Share
गुठीसम्बन्धी विधेयक संविधानको मर्मविपरीत : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुने गरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।
२८ जेठ, २०७६
Share
नेकपाकाे चुनावी घोषणापत्रअनुसार प्रदेश ३ काे बजेट
असारमा ल्याइने बजेटमा समेटिने आधारभूत आर्थिक पाटोको तयारी लगभग सकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।
२८ जेठ, २०७६
Share
गुठी जग्गा हडप्ने सरकारी प्रपञ्च : प्रधान
सरकारले काठमाडौंको स्थानीय परम्परा र संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा हडप्न खोजेको समेत विज्ञप्तिमा उल्लेख छ
२७ जेठ, २०७६
Share
सरकार नबोल्दा लोकसेवा आयोग दुखित
आयोगले संविधानभित्रै रही विज्ञापन खुलाएको जानकारी दिँदै आयोगका एक अधिकारीले भने, ‘विज्ञापनबारे विवाद उत्पन्न भएपछि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने हामीले अपेक्षा गरेका थियौं तर त्यसो भएन। त्यसमा हामी दुखित छौं।’
२७ जेठ, २०७६
Share
महानगरको २१ कित्ता जग्गा गायब
वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो।
२७ जेठ, २०७६
Share