लुम्बिनी
जुम्ल्याहा लवकुशको सेन्सर डिजाइनमा स्यानिटाइजिङ स्टेसन निर्माण
डेढ वर्षअगाडि ‘गो गो रोबोट’ बनाएर चर्चामा आएका तिलोत्तमा योगीकुटीका जुम्ल्याहा दाजुभाइ लवकुश पन्थीले स्यानिटाइजिङ स्टेसनमा प्रयोग गर्न सकिने सेन्सर डिजाइन गरेका छन् । यो स्टेसनमा सवारीसाधनलाई स्यानिटाइजेसन गर्ने गरिन्छ ।
१३ वैशाख, २०७७
Share
बाँझो जग्गामा सँधियारले खेती गर्न पाउने, उत्पादनमा जग्गाधनीकाे हक नलाग्ने !
खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नै खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने छ । यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर सँधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए
१२ वैशाख, २०७७
Share
लोकतन्त्रका लागि आँखा गुमाएका अञ्जन भन्छन् : ‘सरकार ! विगत नभुल’
‘नेताले आफू र आफ्ना आसेपासेलाई मात्र हेरे । जनता जहाँको त्यहीँ छन् । अहिलेको राजनीति देख्दा पनि वाक्क लाग्छ’
११ वैशाख, २०७७
Share
प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय
प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २ गते तथा फागुन ३ गते प्रदेश स्थापना दिवसमा बिदा दिइने निर्णय गरेको छ । स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा एक दिन बिदाको निर्णय गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँअन्तर्गत रुकुमरोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइने छ ।
१० वैशाख, २०७७
Share
विपद् व्यवस्थापन गर्न प्रदेश ५ ले पहाडी जिल्लालाई ५ र तराईका जिल्लालाई ८ लाख दिने
प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट बजेट उपलब्ध गरउाने निर्णय लिएको हो ।
१० वैशाख, २०७७
Share
विरामी र चालकको दूरी कायम राख्न एम्बुलेन्समा पनि क्याविन
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले १ महिना पार गरेको छ । यस्तो अवस्थामा निजी तथा सार्वजनिक सवारी साधन ठप्प छन् । उद्योग, व्यवसाय, शिक्षण संस्था पनि बन्द छन् ।
१० वैशाख, २०७७
Share
रामग्राम नगरपालिकाले वितरण गरेको चामल गुणस्तरहीन र ताैल पनि कम भएकाे पुष्टि
जनताले समेत नगरपालिकाले वितरण गरेको राहत चामल गन्हाएको भन्दै गत शुक्रबार केही वडाका जनताले नगरपालिकाको गेटमै लगेर फ्याँकिदिएका थिए
८ वैशाख, २०७७
Share
भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल
कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्न भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्णरूपमा सिल गरिएको हो
८ वैशाख, २०७७
Share
ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका-४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो
८ वैशाख, २०७७
Share
जितगढीमा नेपालले अंग्रेज सेनालाई हराएको दिन
केही समय अघिसम्म ओझेलमा थियो, जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउँ नदीमा बनेको पुलको एउटा भाग किल्लानजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरू भयो
७ वैशाख, २०७७
Share
लुम्बिनी प्रादेशिक अस्पतालमा स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण
उक्त उपकरण आइतबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएशनमा आवद्ध इन्जिनियरले प्रदेश ५ का समाजिक विकासमन्त्री सुदर्शन बराल र अस्पतालका मेसु डाक्टर राजेन्द्र खनाललाइ हस्तान्त्रण गरेका हुन्
७ वैशाख, २०७७
Share
र्यापिड र पीसीआर परीक्षणको दायरा बढाउँदै छौँ
सडकमा हिँड्नेलाई बढी प्राथमिकता दियौँ । तर, बस्तीमा जान सकेनौँ नि । बस्तीका कुरा बस्तीमा गएर प्रकट गरेको भए राज्य त त्यहाँ उपस्थित हुन्थ्यो । त्यसअर्थमा मिडियाले पनि सजिलो उपाय खोज्यो
७ वैशाख, २०७७
Share
नेपालगञ्ज शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको छ
६ वैशाख, २०७७
Share
स्थानीय तहको नौलो अभ्यास : एसईईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा
कोरोना भाइरसका कारण एसईई परीक्षा रोकिएपछि पढेका कुरा नबिर्सिउन भनी नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले विषयविज्ञमार्फत दैनिक रूपमा कक्षा सञ्चालन गर्दै आएको छ । अंग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर, नेपाली विषय अनलाइनमार्फत पढाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाबाट अपराह्न १ बजेदेखि ६ बजेसम्म अनलाइन कक्षा सुरु गरिएको हो
६ वैशाख, २०७७
Share
कृषि सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन
प्रदेश–५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले लकडाउन अवधिमा किसानले उत्पादन गरेको कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
६ वैशाख, २०७७
Share
चिर्पट प्रहार गरी श्रीमानकाे हत्या
प्युठानको मर्कावाङमा श्रीमतीले चिर्पट हानेर श्रीमानको हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङकी ३५ वर्षीया निशाले श्रीमान् ४० वर्षीय गुमानसिंह अधिकारीको टाउकोमा चिर्पट प्रहार गर्दा गुमानसिंहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ
६ वैशाख, २०७७
Share
२ महिने छोरो च्यापेर धादिङबाट हिँड्दै बुटवल, पुग्नु छ प्युठान
धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार २ महिने सुत्केरी श्रीमती, २ महिनाको छोरा, बुढा भएका बुबालाई लिएर धादिङबाट घर हिँडेका छन् । इँटाभट्टामा काम बन्द भएपछि गणेश २ महिने छोरा काखमा च्यापेर घर हिँडेका हुन्
५ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा बस्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको आग्रह
आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन्
५ वैशाख, २०७७
Share
रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स संचालन हुँदैं
जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले बताए
५ वैशाख, २०७७
Share
स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन
प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे
४ वैशाख, २०७७
Share
भैरहवामा सेनाले बढायो गस्ती
भैरहवाको सडकमा नेपाली सेनाले गस्ती बढाएको छ । स्थानीय जनताले लकडाउन उल्लंघन गरेपछि नेपाली सेनाले गस्ती बढाएको हो
४ वैशाख, २०७७
Share
तिलोत्तमामा खाद्य बैंक सञ्चालन
नगरपालिकाले यसअघि नै नगद संकलनका लागि बैंक खाता खोलेको थियो । खाद्य बैंकमा दाताले चामल, दाल, नुन र तेल सङ्कलन गर्न सक्ने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए
४ वैशाख, २०७७
Share
रुपन्देहीको सैनामैनामा किशोरी बलात्कृत
रुपन्देहीको सैनामैना नगरपालिकामा १ किशोरी बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भटट्राईका अनुसार ति किशोरीमाथि गत मंगलबार बलात्कार भएको हो ।
४ वैशाख, २०७७
Share
बाढीले भत्कायो निर्माणाधीन पुल
अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा सो पुल भत्किएको थियो । भत्किएको पुलको ८ महिनापछि पुनःनिर्माण सुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो
४ वैशाख, २०७७
Share
निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ
४ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा बसेका १ सय १० जना घर फिर्ता
कोरोना भाइरसको संक्रमण फैलन नदिन जिल्ला बाहिर र भारतबाट घर फर्केका उनीहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको हुँदा सातदेखि १४ दिनसम्म सम्बन्धित स्थानीय तहमा क्वारेटाइनमा राखेर घर पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले बताए
४ वैशाख, २०७७
Share
जनआन्दोलनको रकम कोरोना विशेष अस्पताललाई हस्तान्तरण
संयोजक भट्टराईले सो रकम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गरे । सो समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो
४ वैशाख, २०७७
Share
प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय
प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।
३ वैशाख, २०७७
Share
दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी
यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ । बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ
३ वैशाख, २०७७
Share