लुम्बिनी
गुल्मीको मदानेमा पहिलो चरणमा २५ जनाको पीसीआर परीक्षण गरिँदै
अर्घखाँचीको सन्दिखर्कबाट स्वाव संक्लन गर्नको लागि मदाने-६ पुर्कोटदहमा चिकित्सकसहित टोली गएको छ । मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले पहिलो चरणमा २५ जनाको पीसीआर परीक्षण गर्न थालिएको जानकारी गराएका छन् । 'अन्तभन्दा अलिक फरक देखिएको कारण अन्योल बढेको छ' भण्डारीले भने 'पहिलोचरणमा २५ जनाको पीसीआर परीक्षण गर्दैछौँ
६ जेठ, २०७७
Share
गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह
सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।
६ जेठ, २०७७
Share
बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ ।
६ जेठ, २०७७
Share
कोरोना संक्रमितले भरिए प्रदेश ५ का अस्पताल, व्यवस्थापन गर्न चुनौती
दिनहुँ कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश ५ मा संक्रमितको व्यवस्थापन चुनौती बनेको छ । आज मात्र यो प्रदेशमा ४७ जना संक्रमित थप भएसँगै प्रदेशमा संक्रमित हुनेको संख्या १ सय ५९ पुगेको छ । जसमध्ये १ जना रुपन्देही कोटइमाइका युवा निको भएर घर फर्केका छन् भने बाँके नरैनापुरका २५ वर्षीय युवकको ज्यान गएको छ ।
५ जेठ, २०७७
Share
गुल्मीका संक्रमित उपचाररत अस्पताल सिल
गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचाररत् अस्पताल सिल गरिएको छ
५ जेठ, २०७७
Share
गुल्मीमा पनि देखियो कोरोना, मदानेका संक्रमित गाउँमै थिए
प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ
५ जेठ, २०७७
Share
कोरोनाबाट मृत्यु भएका युवकको अन्त्येष्टि
बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका युवकको आज अन्त्येष्टि गरिएको छ ।
४ जेठ, २०७७
Share
खानाको व्यवस्था राम्रो नभएपछि कपिलवस्तुका ४५ जना क्वारेन्टाइनबाट भागे
प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका–८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।
४ जेठ, २०७७
Share
बर्दियाका कोरोना संक्रमित युवक कालीमाटीका व्यवसायी
कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ ।
४ जेठ, २०७७
Share
बाँकेका युवामा लक्षण नै थिएन, २ पटक बान्ता गरेलगत्तै गयो ज्यान
२ साता पैदल हिँडेर आएका उनमा केही लक्षण नदेखिएको तर बिहान एक्कासि बान्ता गरेपछि उनलाई थप उपचारमा लैजान लाग्दै गर्दा मृत्यु भएको नरैनापुर गाउँपालिका–५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताए
४ जेठ, २०७७
Share
एकलैनी बजार सडक विस्तार योजना छिट्टै सुरू
बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको छैन । बजेट अभाव र स्थानीयवासीको अवरोधले २ दशकदेखि अलपत्र पुरानो एकलैनी सडक विस्तार योजना अहिले बन्दाबन्दीका कारण अघि बढ्न नसकेको हो ।
४ जेठ, २०७७
Share
कास्कीमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते
कास्कीमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । शनिबार रुपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग १ त ४१७२ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित ट्याक्टरमा सवार ७ जना घाइते भएका हुन् ।
३ जेठ, २०७७
Share
कोरोना मुक्तिको कामना गर्दै भजनकीर्तन
कोरोना भाइरस (कोभिड-१९) बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत् भगवानको प्रार्थना गर्न थालेका छन् ।
२ जेठ, २०७७
Share
छिमेकी जिल्लामा कोरोना संक्रमित भेटिएपछि पाल्पा बन्द
छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ ।
२ जेठ, २०७७
Share
कपिलवस्तुमा ७ पत्रकारसहित २ सय ६५ को स्वाब संकलन
कपिलवस्तुका ७ सञ्चारकर्मीसहित थप २ सय ६५ को स्वाब संकलन गरिएको छ । जिल्लाका विभिन्न पालिकामा स्वाब संकलन गरी आज प्रदेश ५ को भैरहवास्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ
२ जेठ, २०७७
Share
होटलले अस्पताललाई फोन गरेर भन्यो : स्वास्थ्यकर्मी बस्दै आएको कोठा खाली गर्नू
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी होटलमा बसेपछि होटलनजिकका स्थानीयले विरोध गरेका छन् । भैरहवाको भीम अस्पतालमा कार्यरत नर्सहरू बस्दै आएकोमा होटल नजिकका स्थानीयले विरोध गरेका हुन्
२ जेठ, २०७७
Share
बाँकेका आठै जना संक्रमित भारतबाट लुकीछिपी ३ दिनअघि नेपाल भित्रिएका थिए
बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना ३ दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ
२ जेठ, २०७७
Share
राती पैदलै अस्पताल पुगेका थिए नवलपरासीका कोरोना संक्रमित
मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई १ जना कोरोना भाइरस संक्रमितले अस्वीकार गरेका छन् ।
२ जेठ, २०७७
Share
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो
प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।
२ जेठ, २०७७
Share
बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण
बाँकेमा एकै दिन थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरूमा कोरोना पुष्टि भएको हो ।
२ जेठ, २०७७
Share
कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट, यसरी गरिँदै छ खर्च
कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश-५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ
१ जेठ, २०७७
Share
प्रदेश ५ का ९२ संक्रमितको उपचार कहाँ र कसरी हुँदै छ ?
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ जना रहेका छन् । रूपन्देहीका ११ र कपिलवस्तुका २५ जना अहिले त्यहाँ रहेका छन् । ५ बेडको आईसीयूसमेत यस अस्पतालमा उपलब्ध छ
१ जेठ, २०७७
Share
निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका छन्
१ जेठ, २०७७
Share
कपिलवस्तुमा कर्मचारीलाई पनि कोरोना संक्रमण
कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ संख्या ३० पुगेको छ । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन्
१ जेठ, २०७७
Share
खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए नवलपरासीका संक्रमित
नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत २८ वैशाख बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ
१ जेठ, २०७७
Share
कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छः मुख्यमन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् ।
१ जेठ, २०७७
Share
कपिलवस्तुमा ६ वर्षीया बालिकामा देखियो कोरोना
कपिलवस्तुमा ६ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति बालिमा कोरोना संक्रमण देखिएको हो ।
१ जेठ, २०७७
Share
कपिलवस्तुमा ३ सुरक्षाकर्मीलाई पनि देखियो कोरोना
कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुमा थप ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
३१ वैशाख, २०७७
Share
बेलहिया नाकामा रोकिएका ५ सय १० नेपालीको उद्धार
नेपाल-भारत सीमा क्षेत्र बेलहियामा लकडाउनका कारण अलपत्र परेका नेपालीहरूलाई आज उद्धार गरिएको छ । भारतका विभिन्न ठाउँबाट आएर सिमा क्षेत्रको क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई आज उद्धार गरिएको हो । उनीहरू सबै भारतीय क्वारेन्टाइनमा २१ दिन बसेका थिए ।
३१ वैशाख, २०७७
Share