प्रदेश २
लागूऔषधसहित तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पत्रफाउ गरेकाे हाे
१७ असोज, २०७६
Share
पेस्तोलसहित एक युवक पक्राउ
कटुवा पेस्तोल सहित एकजना युवकलाई जनकपुरधामबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी परिकौली बस्ने २० वर्षीय आनन्द पाठक रहेको प्रदश २ प्रहरी कार्यालयले जनाएको छ
१७ असोज, २०७६
Share
सडकमा मागेर खाने महिलाको बलात्कारपछि हत्या
महोत्तरीमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका–१० थापाटोल स्थित मरहा नदी किनारमा हत्या गरी फालेको अवस्थामा आज विहान अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको हो
१६ असोज, २०७६
Share
बाढीपीडितको तीन महिनादेखि स्कुलमा बास
‘छोराको पैसाले खान पनि पुग्दैन । कहिलेकाहीँ भोकै सुत्नुपर्छ । फेरी बालबच्चादेखि हामी सबै बेलाबेलामा विरामी परिरहेका हुन्छौँ,’ सेलुले पीडा सुनाइन् । उनकी बुहारी मिथिलेश देवीकाे काेखमा ६ महिनाकाे गर्भ छ
१६ असोज, २०७६
Share
घरभित्रै एउटै खाल्डोमा ५ जनाको शव फेला
बुधबार राति बाराको फेटा गाउँपालिका– ४ स्थित बताराको खाली घर भित्र गाडिएको अवस्थामा ५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
१६ असोज, २०७६
Share
जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी, दुईको अवस्था चिन्ताजनक
जंगली च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ जना सिकिस्त बिरामी भएका छन् । तीमध्ये दुईको अवस्था चिन्ताजनक छ
१३ असोज, २०७६
Share
अधिकांश जनप्रतिनिधिकै घरमा छैन शौचालय
जनकपुरधाम उपमहानगरपालिकाका केही वडा सदस्यकै घरमा शौचालय छैन । दलित जनप्रतिनिधि अधिकांशको घरमा शौचालय नभएका कारण खुला आकाशमुनि दिसापिसाब गरिरहेको अवस्था छ
१३ असोज, २०७६
Share
मिथिला क्षेत्रमा दसैंको रौनक, मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ
मिथिला क्षेत्रमा दसैंको रौनक बढेको छ । दसैंको अवसरमा दुर्गा भवानीको मूर्ति बनाएर पुज्ने परम्पराका कारण मिथिलाञ्चलमा चाडपर्वको उल्लास देखिएको हो
१३ असोज, २०७६
Share
किर्ते गरी बैंकबाट पैसा निकाल्ने एक जना पक्राउ
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ
१३ असोज, २०७६
Share
पाँच लाखको चाँदीसहित दुई जना तस्कर पक्राउ
नेपालबाट भारततर्फ चाँदीको तस्करी बढीरहेका बेला तस्करविरुद्ध प्रहरीले विशेष अभियान चलाएको छ
१२ असोज, २०७६
Share
रक्सीले मातेका मालपाेतका हाकिम कार्यालयबाटै समातिए
अत्यधिक मदिरा सेवन गरी मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भूपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिराको नशामा मातेका प्रमुख बोगटीलाई दिउँसो जलेश्वरस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो
११ असोज, २०७६
Share
चित्रकलामा सुनैनाको फड्को : जनकपुरदेखि जापानसम्म चर्चा
चित्रकलामा मिथिला क्षेत्रका महिला अब्बल बन्दै गएका छन् । कुनै बेला घर वरिपरी सीमित उनीहरुको चित्रकला अब विदेशसम्म पुगेको छ ।
जनकपुरधामकी सुनैना ठाकुर अहिले मिथिला चित्र प्रदर्शनका लागि जापान पुगेकी छन्
११ असोज, २०७६
Share
जनकपुरका उदाहरणीय कर्मचारी जसले रोपे १ लाख बिरुवा
आज हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट जलवायु परिवर्तनबाट हुनसक्ने असर न्यूनीकरणका लागि पहल गर्नुपर्ने बेला आएको छ । कम्तिमा आफू वरिपरिको वातावरणबारे सचेत हुने, वन फडानी र चुरे दोहन रोक्ने, वृक्षरोपण गर्ने कुरामा सबैको ध्यान जाने हो भने आफूसँगै धेरै कुरा जोगाउन सकिन्छ
१० असोज, २०७६
Share
जनकपुरको रत्नसागर पोखरीमा एक पुरुषको शव फेला
घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
१० असोज, २०७६
Share
नेपालको झण्डा बोकेर कालापत्थरसम्म साइकल यात्रा
जनकपुरधामका रञ्जित साहले नेपालको झण्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधार शिविरको सफल यात्रा पूरा गरेका छन्
१० असोज, २०७६
Share
धनुषामा गोली चल्यो, प्रहरीद्वारा चार जना पक्राउ
जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ
९ असोज, २०७६
Share
धनुषामा करेण्ट लागेर तीन जनाको मृत्यु
धनुषाको पूर्वेली होटेलमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटेलका सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एकजना कामदार रहेको प्रहरीले जनाएको छ
८ असोज, २०७६
Share
माधव नेपाल र मातृकासहित पाँच केन्द्रीय सदस्यमाथि कारबाही सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र उद्योग मन्त्री मातृका यादवमाथि छानबिन गरी कारबाही गर्न प्रदेश २ कमिटीले आज प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा पाँच केन्द्रीय सदस्यलाई निष्कासनको मागसमेत गरिएको छ
८ असोज, २०७६
Share
कांग्रेस कार्यकर्ताले सांसदलाई मञ्चबाटै लखेटेपछि...
सप्तरी ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मञ्बाटै धक्का दिएर लडाएपछि एउटा समुहले कार्यक्रम बहिष्कार गर्दै नारावाजी सहित प्रदर्शन र विरोधसभा गरेका छन्
८ असोज, २०७६
Share
साइकल मिस्त्रीले हेलिकोप्टर बनाए, उडाउने अनुमति पाएनन्
हरिनारायणले गत आइतवार नै हेलिकोप्टर उडाउने तयारी गरेका थिए । तर स्थानीय प्रशासनले अनुमति नदिएपछि उडान स्थगित गरेको उनले बताए
८ असोज, २०७६
Share
प्रदेश २ का मुख्य मन्त्रीलाई गगनको चेतावनीः सरकारबाट हटेर देखाउनुस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्
८ असोज, २०७६
Share
समस्या समाधानको विकल्प बन्दै सडक नाटक
कक्षा कोठामा पटक–पटक शौचालय जानका लागि शिक्षकसँग अनुमति माग्दा पनि शिक्षकले जान नदिएपछि छात्रा थप पीडामा परेकी थिइन् । पीडा सहन नसकेर छात्रा घरतर्फ दौडेकी थिइन्
७ असोज, २०७६
Share
हतियार ओसारपसारमा संलग्न ४ जना पक्राउ
पक्राउ परेका ४ जना हतियार ओसापसार कार्यमा संलग्न देखिएको प्रहरीको दाबी छ
६ असोज, २०७६
Share
पैसा नतिरेपछि जनप्रतिनिधिका ‘सरकारी कोट’ लिलामीमा
दसैंसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सिरहाको सनलाइट टेलरका सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा राखेका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन। जनप्रतिनिधि चैं पैसा मासिसिकएकाले नगरपालिकाले पसलबाट ल्याइदिए लगाउने अडानमा छन्
६ असोज, २०७६
Share
मैथिल महिलाहरूले मनाउने जितिया पर्व सम्पन्न
यसपटक महिलाहरू करिब ३५ घण्टा व्रत बसेका छन्
६ असोज, २०७६
Share
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै सप्तरीको छिन्नमस्ता भगवती मन्दिर
बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, पानीमा रगत मिसिँदा रातो नहुने, बलिका लागि बोको किन्नुअघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै बाटोमै मर्ने यस मन्दिरका विशेषाता भएकाे पुजारी ठाकुर बताउँछन्
६ असोज, २०७६
Share
मुख्यमन्त्रीद्वारा रेकर्डिङ स्टुडियोको उद्घाटन
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उदघाटन गरेका छन्
५ असोज, २०७६
Share
मिथिलामा भोजन परम्परा : सान, मान र पहिचान
शनिवार बिहानैदेखि मिथिलाञ्चलका घरघरमा चहलपहल थियो । काग बोल्नुअघि नै ओगंठन गरी सक्नुपर्ने निययअनुसार एकाबिहानै सबै उठेका थिए । नित्यकर्म सकाएर घरका सबै सदस्य एक ठाउँमा जम्मा भइ दही, च्युरा, अचार र अमोट खाए
५ असोज, २०७६
Share