कर्णाली
कर्णालीको बजेट ३४ अर्ब ३५ करोड
एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा स्वीकृत भएका प्रदेश महत्वका २४ वटा सडक बहुवर्षे आयोजनामा समावेश गरिएको छ
२ असार, २०७६
Share
कर्णाली प्रदेशले देशलाई सिकायो जोखिम न्यूनिकरणका उपाय
आर्थिम मामिला तथा योजना मन्त्री ज्वालाले यो कार्यक्रमका लागि १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । यो रकममध्ये १ करोड २५ लाख रुपैयाँ सामुहिक बीमा कार्यक्रमको लागि र बाँकी ५० लाख रुपैयाँ घर बीमाको लागि बजेट विनियोजन गरिएको मन्त्री ज्वालाको भनाइ छ
२ असार, २०७६
Share
दुर्गमका विद्यालयको बिजोग, शिक्षक नहुँदा तालाबन्दी
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।
३२ जेठ, २०७६
Share
न्याय दिँदैनन् न्यायिक समिति
संविधानले हरेक स्थानीय तहमा न्याय सम्पादनका लागि न्यायिक समितिको व्यवस्था गरेको छ । तर कर्णालीका अधिकांश स्थानीय तहमा न्यायिक समिति निष्क्रिय छन् ।
३१ जेठ, २०७६
Share
दुई महिनामै बिग्रियो सुर्खेतको मौसमी राडार
विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न भन्दै सुर्खेतको रातानाङ्ला डाँडामा राखिएको मौसमी राडार दुई महिनामै बिग्रेको छ । विश्व बैंकको सहयोगमा निर्मित राडार गत फागुनमा मात्र सञ्चालनमा आएको थियो ।
२७ जेठ, २०७६
Share
यार्सा संकलन गर्न गएका आठ जनाको मृत्यु
धन कमाएर परिवारलाई खुसी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा संकलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको हाे
२३ जेठ, २०७६
Share
छोराको आसमा सात छोरी
जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी पाँच वर्षीय छोरा विशालको उपचारका लागि जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा छन् । घरनजिकैको स्कुल जाँदै गर्दा बाटोमा जंगली फल मचैनो खाएपछि बिरामी भएका छोरालाई अस्पताल भर्ना गरिएको हो
२३ जेठ, २०७६
Share
कर्णालीको आफ्नै एयरलाइन्स
‘अब हाम्रो आफ्नै कर्णाली एयरलाइन्स हुन्छ। प्रदेशको आफ्नै जहाज र हेलिकप्टर हुनेछन्’ मन्त्री ज्वालाले भने, ‘नयाँ आर्थिक वर्षबाटै एयरलाइन्स सञ्चालनको प्रक्रिया सुरु हुन्छ। दुर्गम र हिमाली क्षेत्रका नागरिकको लागि हवाई सेवा नै भरपर्दो यातायात हो।’
२३ जेठ, २०७६
Share
यार्सा संकलन : एक हप्तामै प्रवेश शुल्क ९० लाख उठ्यो
मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ
२० जेठ, २०७६
Share
डोल्पामा यार्सा टिप्न गएका तीन जनाको मृत्यु
डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।
१८ जेठ, २०७६
Share
छोरीको हत्या आरोपमा आमा पक्राउ
सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मंगलबार बेलुका पक्राउ गरेको हो
१५ जेठ, २०७६
Share
बल्ल पुग्यो गाँउमा सिंहदरबार
सत्तारुढ दलले चुनावी घोषणापत्रमा एउटा नारा ल्यायो, गाउँगाउँमा सिंहदरबार । नारा दुई वर्ष पुरानो भएपछि कालिकोटको दुर्गम गाँउमा ‘सिंहदबार’ पुगेको छ
१५ जेठ, २०७६
Share
यार्सा संकलन खुल्यो, स्कुलसमेत बन्द गरेर ३२ हजार उक्लिए पहाड
कर्णाली प्रदेशका २ र पूर्वी रुकुम गरी तीन जिल्लामा आजदेखि यार्सा संकलन खुला गरिएको छ । ३२ हजार संकलकले सम्बन्धित जिल्लाका विभिन्न पाटन क्षेत्रमा गएर यार्सा संकलन गर्नेछन् । सोमबार मात्र उनीहरुले प्रवेश पाएका छन्
१४ जेठ, २०७६
Share
यार्सागुम्बा सङ्कलन गर्न स्थायी ठेगाना खुल्नु पर्ने
स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।
११ जेठ, २०७६
Share
फरार अभियुक्त २० वर्षपछि पक्राउ
पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेंसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
१० जेठ, २०७६
Share
विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक
अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए ।
१० जेठ, २०७६
Share
मानसरोवर दर्शन गर्न आएका २० भारतीयलाई चिनियाँ दूतावासले प्रवेशाज्ञा दिएन
प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाइए पनि दूतावासले ५५ जनालाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ । सिमकोट पुग्दा चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको भारतीय तीर्थयात्री रेशमले बताए ।
९ जेठ, २०७६
Share
योगमय बन्दै रारा, नगरपालिकाभर योग शिविर
अशिक्षा, गरिबी, बेरोजगारी र अखाद्य वस्तुकाे प्रयोग बढेकाले खस्कँदाे जीवनस्तर सुधार्न योग अभ्यास सञ्चालन गरिएको हो ।
७ जेठ, २०७६
Share
मन्त्रीसँग रिसाए सांसद, ठीक पार्ने चेतावनी
दलित उद्यम विकास कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरेको भन्दै कर्णाली प्रदेशका दलित सांसद आक्रोशित बनेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले रुकम कटौती गरेको उनीहरुको भनाइ छ ।
६ जेठ, २०७६
Share
‘जातीय विभेद कायम रहे समृद्धि असम्भव’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जातीय विभेद र छुवाछुत अन्त्य नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार सम्बन्धमा प्रादेशिक सम्मेलन उद्घाटन सत्रमा मुख्य मन्त्री शाहीले भने, ‘दलित समुदायमाथिको उत्पीडन निकै डरलाग्दो छ, यसलाई रोकथाम गर्न प्रदेश सरकारसँगै सबै निकाय लाग्नुपर्छ, नभए समृद्धि सपना मात्रै हुन्छ ।’
६ जेठ, २०७६
Share
यार्सा चोरी निकासी बढ्दै
हरी र सशस्त्र प्रहरीका गरी करिब ५ सयसुरक्षा कर्मी परिचालन गरे पनि यार्सा चोरी नियन्त्रण हुन सकेको छैन
६ जेठ, २०७६
Share
दुर्गमका विद्यालयमा इन्टरनेट सेवा
जुम्लाको दुर्गम भेगमा रहेको एक विद्यालय इन्टरनेट सेवामा जोडिएको छ । तातोपानी गाउँपालिका–७ को दुर्गा माध्यमिक विद्यालय मधु इन्टरनेटसँग जोडिएको हो
५ जेठ, २०७६
Share
हेलिकप्टरमै मृत शिशुको जन्म, आमाको अवस्था चिन्ताजनक
तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।
३ जेठ, २०७६
Share
प्रदेश अस्पतालको बिजोग, जिल्लाकै बिरामी आउँदैनन्
स्थापनाको ४५ वर्ष पुगे पनि सुर्खेत कालागाउँस्थित प्रदेश अस्पताल अझै १ सय १५ शय्यामा सीमित छ । १ सय १५ मध्ये अधिकांश शय्या खालि नै हुन्छन् । अस्पतालमा दैनिक ३ सयको हाराहारीमा बिरामी आउँछन्
३ जेठ, २०७६
Share
केन्द्रकै सिको गर्दै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक बसेको ६ दिनपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको छ । संघीय सरकारले हरेक बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्दै आएको छ
१ जेठ, २०७६
Share
कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी
चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ।
१ जेठ, २०७६
Share
प्रतिबन्धित नेकपाका गाउँपालिका इन्चार्ज पक्राउ
जाजरकोट छेडागाड नगरपालिका–१२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
१ जेठ, २०७६
Share
मदिरा खाएर झगडा गर्दा गयो ज्यान
आफन्तको विवाहको भोज खाएर फर्केने क्रममा युवाबीच झडप हुँदा दैलेखमा एक युवाको मृत्यु भएको छ
१ जेठ, २०७६
Share
हुम्लावासीलाई चामल ल्याउन बाटोमै १२ दिन
‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो ।
३१ वैशाख, २०७६
Share