कर्णाली
सम्बन्धविच्छेदका घटना बढ्दै, आठ महिनामा १११ मुद्धा दर्ता
नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दा ३९ वटा छन् । महिलाबाट आएको मुद्दा ७२ वटा छन् । तीमध्ये महिलाका ४३ र पुरुषका ११ वटा मुद्दा फर्छ्योट भइसकेको छ ।
४ चैत, २०७५
Share
स्वास्थ्य संस्थामा औषधि अभाव
राज्यले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरीद गर्न नसकेका कारण जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको उनले बताए । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।
१ चैत, २०७५
Share
जनप्रतिनिधिलाई धम्कीसँगै चन्दा दिन उर्दी
पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गरे ।
२८ फागुन, २०७५
Share
कालिकोटमा नमूना योजना : रोजगार बैंक
युवाको रोजगार, स्थानीय अर्थतन्त्रको वृद्धि र विकास निर्माणमा द्रुत गतिका लागि जनपरिचालको ढोका खुलेको छ । रासकोट नगरपालिकाको पहल पनि जनतामा विश्वास र परिचालनमा देखियो । विकासका लागि नेपाली सन्दर्भमा मौलिक बाटो हुन सक्छ । स्थानीय व्यक्तिहरुका ज्ञान र सीपबाट विकासको गोरेटो खनिन सक्छ यही भएर हामीले संघीयतालाई स्वीकार गरेका हौं ।
२७ फागुन, २०७५
Share
स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएनन्
जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे ।
२३ फागुन, २०७५
Share
कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल क्यान महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो ।
२३ फागुन, २०७५
Share
सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ: मुख्यमन्त्री शाही
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको टोलीसँग मंगलबार भएको भेटघाटमा उनले भने, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”
२१ फागुन, २०७५
Share
हिमपातले जनजीवन कष्टकर, हवाई सेवा ठप्प, पाँच फिटसम्म हिउँ
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ ।
१७ फागुन, २०७५
Share
रुकुममा कुटपिटबाट एकको मृत्यु
पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०ले जानकारी दिएको छ ।
१५ फागुन, २०७५
Share
गर्भ जचाउनूस नुन र अण्डा लानूस
नुन र अण्डा उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
१५ फागुन, २०७५
Share
मौलिकता झल्काउँदै चैतलो पर्व
परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको बिश्वास गरिन्छ ।
१३ फागुन, २०७५
Share
जुम्ला–डोल्पा जोड्ने पक्की पुल अलपत्र
कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।
१२ फागुन, २०७५
Share
लगातारको हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध, बजारमा खाद्यान्न अभाव
डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
११ फागुन, २०७५
Share
जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान
न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो ।
६ फागुन, २०७५
Share
अभिभावक शिक्षा माला बनाउँदैछौंः शाही
शिक्षामा बालबालिकालाई मात्र नभई अभिभावक शिक्षा माला बनाउँदै छौ । उच्चशिक्षासम्मलाई लक्षित गरेर अभिभावक शिक्षा माला बनाएका छौं ।
- सूर्यबहादुर शाही
२९ माघ, २०७५
Share
जुम्लाका स्थानीय तह भवनविहीन
जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।
२८ माघ, २०७५
Share
निजी लगानीमा १५ शय्याको अस्पतालको सेवा सुरु
दुल्लु नगरपालिकामा करीब दुई करोड ५० लाखको लगानीमा १५ शैयाको आशाराम अस्पतालले शनिबारदेखि सेवा आरम्भ गरेको छ ।
२८ माघ, २०७५
Share
नलगाड जलविद्युत् आयोजनाको काम शुरु
सेनाको अडानपछि करिब तीन महीना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो । आयोजना र सेनाबीच सहमतिपछि नलगाड नगरपालिका–७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम शुरु भएको छ ।
२६ माघ, २०७५
Share
रुकुमकोटमा निषेधाज्ञा जारी
सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन् ।
२१ माघ, २०७५
Share
घुस लिएको अभियोगमा पक्राउ
आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस माग अभियोग लागेको छ ।
१४ माघ, २०७५
Share
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु
दुई दिनसम्म सञ्चालन हुने बैठकको अन्तमा दुई तहको साझा बुझाइलाई एकीकृत गरेर प्रतिबद्धतासहितको घोषणा पत्र जारी गर्नेछ ।
१४ माघ, २०७५
Share
९ कक्षा पढ्न अर्कै प्रदेश
परिवर्तन गाउँपालिका–४ जरेनीका सुरेश विष्ट रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को चुन मा बस्छन् । डेरा लिएर चुन बस्ने उनले पढ्नका लागि घर छाडे । सोही ठाउँका वीरेन्द्र विष्ट पनि डेरा लिएरै चुनमा बस्दै आएका छन । दुई वर्षदेखि सुरेश र वीरेन्द्रको डेरा चुनमा छ । उनीहरू उच्च शिक्षाका लागि भने डेरा वसेका होइनन ।
८ माघ, २०७५
Share