बागमती
२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल
टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने २ पुरुषमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रलाई सिल गरिएको हो ।
१३ जेठ, २०७७
Share
किट सकिएपछि आरडीटी परीक्षण रोक
भक्तपुर अस्पतालमा किट सकिएपछि आजदेखि आरडीटी परीक्षण रोकिएको छ । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।
१२ जेठ, २०७७
Share
बागमती प्रदेशमा ५० अर्बको बजेट ल्याउने तयारी
प्रत्येक आर्थिक वर्षमा बजेटको दायरा बढाउँदै गएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब बजेट ल्याउने तयारी गरेको हो
१२ जेठ, २०७७
Share
काठमाडौंबाट हराएको स्कुटी सिन्धुपाल्चोकमा भेटियो
काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौं महानगरपालिका-५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो ।
१२ जेठ, २०७७
Share
कोरोना संक्रमित युवतीको सम्पर्कका आएका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया १ युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका ८ जनाको पीसीआर जाँच गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।
११ जेठ, २०७७
Share
बागमती प्रदेशसभा प्रवेशमा सांसदलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य
बागमती प्रदेशको बजेट अधिवेशन सोमबारदेखि सुरू हुँदैछ । कोरोना संक्रमणको प्रभावकै बीच बागमती प्रदेशसभा बैठक बस्न लागेको हो ।
११ जेठ, २०७७
Share
अनलाइन कक्षा : बिजुली र इन्टरनेट भए क्या मज्जा !
विश्वव्यापी महामारीले गर्दा कोरोना भाइरस, क्वारेन्टाइन, लकडाउन, सामाजिक दूरी, आइसोलोलेसन आदिजस्ता नयाँ शब्दहरू त चिनायो । तर, कक्षा १० मा पुगेसँगै नयाँ पुस्तकहरूसँग भने अझैसम्म भेट हुन दिएन
११ जेठ, २०७७
Share
सिम्रनगढ नगरपालिकाका ६ जनामा कोरोना पोजेटिभ
बाराबाट हेटौँडा प्रयोगशालामा ५० वटा स्वाब परीक्षणको लागि पठाइएको थियो । जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । रिपोर्ट पोजेटिभ आएपछि सिम्रनगढ नगरपालिकामा उच्च सतर्कता अप्नाइएको छ ।
१० जेठ, २०७७
Share
एउटा अडियो जसले हेटौँडामा हलचल ल्यायो
त्रासकै बीच शनिवार बिहान एउटा अडियो 'क्लिप' सामाजिक सञ्जालमा भाइरल भयो । ३२ सेकेण्डको अडियोमा एक व्यक्तिको स्वरमा अतिरञ्जित भनाइ थियो
१० जेठ, २०७७
Share
भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति
बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले संक्रमित दम्पति भारतबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिएको छ । उनीहरूको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ
१० जेठ, २०७७
Share
उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ
उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ ।
९ जेठ, २०७७
Share
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज
कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।
९ जेठ, २०७७
Share
काभ्रेको चौँरीदेउरालीका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ
आरडीटी पोजिटिभ आएका काभ्रेपलान्चोकको चौँरीदेउराली गाउँपालिकाका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
९ जेठ, २०७७
Share
सिन्धुली, मकवानपुर र बाराका १ सय १० जनाको पीसीआर नेगेटिभ
एकैदिन ५० जनालाई देखियो आरडीटी पोजेटिभ, कोरोनाको उच्च जोखिममा रहेको उपत्यकाकै क्वारेन्टाइन र आइसोलेसन खाली
९ जेठ, २०७७
Share
१२ जनामा आरडीटी पोजिटिभ देखिएपछि शङ्खरापुर सिल
काठमाडौंको शङ्खरापुर नगरपालिकामा बिहीबार २ सय ९० जनामा गरिएको आडीटीका क्रममा १२ जनामा कोरोना पोजिटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।
९ जेठ, २०७७
Share
प्रहरीमा कोरोना संक्रमण देखिएपछि ललितपुरको १ घर सिल
महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा १ घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ प्रहरीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै तीमध्येका १ प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरेका हुन् ।
९ जेठ, २०७७
Share
बागमती प्रदेशका सांसदको स्वाब शुक्रबारदेखि संकलन
मकवानपुरकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा बागमती प्रदेशका सांसदहरूको स्वाब संकलन गर्ने तयारी गरिएको छ ।
८ जेठ, २०७७
Share
लक्षण नै नदेखिई निको भएर घर फर्किए ४ संक्रमित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो
८ जेठ, २०७७
Share
भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु
धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ ।
८ जेठ, २०७७
Share
सिन्धुलीका ४७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, घरटोल सिल
सिन्धुलीमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ आउनेको पीसीआर विधिबाट जाँच गरिएको छ ।
८ जेठ, २०७७
Share
मकवानपुरका संक्रमित युवकका परिवारको स्वाब परीक्षण हुँदै
कोरोना भाइरस संक्रमित मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–११ टिस्टुङ देउरालीका २५ वर्षीयका युवकका परिवारलाई पीसीआर परीक्षण गर्न हेटौँडा ल्याइएको छ
७ जेठ, २०७७
Share
बागमतीको गढनमा पुग्यो पहिलो पटक बिजुली
मकवानपुरको पूर्वीक्षेत्र बागमती गाउँपालिका–३ गढन तिनतलेमा पहिलो पटक बिजुली पुगेको छ
७ जेठ, २०७७
Share
कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल
भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
७ जेठ, २०७७
Share
बागमती प्रदेशका सांसदको स्वाब परीक्षण गरिने
१ सय १० सांसद, ३५ जना प्रदेशसभाका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकसहित करिब १ सय ५० जनाभन्दा बढीको स्वाब परीक्षण हुने जानकारी दिँदै बैठक अवधिभर स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग पनि अनिवार्य गर्नुपर्ने बताए
६ जेठ, २०७७
Share
भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणमा लगानी गर्न संघीय सरकारलाई आग्रह
बागमती प्रदेश सरकारले ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा लगानी गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
६ जेठ, २०७७
Share
महालक्ष्मी नगरपालिकाका ४५८ जनाको आरडीटी नेगेटिभ
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा नगरभित्रका २ स्थानमा गरिएको कोरोना भाइरस परीक्षणमा आरडीटी गरिएका सबैको नतिजा नेगेटिभ देखिएको वडा नम्वर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए
६ जेठ, २०७७
Share
मकवानपुर, रौतहट र सिन्धुलीका ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना परीक्षण प्रयोगशालामा हेटौंडासहित रौतहट र सिन्धुलीका गरी ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।
६ जेठ, २०७७
Share
नयाँ नक्सा जारी गरिएको ५ जेठलाई ऐतिहासिक दिनकारूपमा स्मरण गरिनुपर्छः मुख्यमन्त्री पौडेल
६ जेठ, २०७७
Share
होटल सञ्चालन गर्न ‘पे नाउ, गो लेटर’ योजना सुरू
लकडाउनका कारण उत्पन्न परिस्थितिबाट पर्यटकीय होटलहरू बचाउन ‘पे नाउ, गो लेटर’ योजना सुरू भएको छ । ठप्प भइरहेका होटल व्यवसायलाई उकास्न सरकार र निजी क्षेत्रबाट ठोस कार्यक्रम सार्वजनिक हुन नसकेका बेला पर्यटन क्षेत्रमा लामो अनुभव भएका केही युवा व्यवसायीले यो योजना अघि सारेका हुन् ।
६ जेठ, २०७७
Share