बागमती
बागमतीका २८ स्थानीय तहको बजेट अझै आएन
बागमती प्रदेशका २८ वटा स्थानीय तहले अझै बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ
१६ साउन, २०७७
Share
खुले दामनका होटल
मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल ४ महिनाको लकडाउनपछि आजदेखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए
१५ साउन, २०७७
Share
घूस रकमसहित पक्राउ परेका ४ प्रहरी निलम्बित
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले घूस रकम लिँदालिँदै पक्राउ परेका ४ जना प्रहरीलाई निलम्बन गरेको छ
१५ साउन, २०७७
Share
बागमतीको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी
बागमती प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले बुधबार जोशीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो
१४ साउन, २०७७
Share
काठमाडौंमै पहिरोको जोखिम, ३ घर स्थानान्तरण गरियो
केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो
१४ साउन, २०७७
Share
बागमती प्रदेशका ४ प्रहरी घूससहित पक्राउ
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले घूस रकम लिँदालिँदै ४ जना प्रहरीलाई पक्राउ गरेको छ । कार्यालयले सेवाग्राहीको भेषमा विशेष टोली पठाएर मकवानपुर र चितवनमा कार्यरत २/२ जना प्रहरीलाई सोमबार घूस रकमसहित रंगेहात पक्राउ गरेको हो
१३ साउन, २०७७
Share
बागमती प्रदेशमा एकैदिन ६० जनालाई कोरोना पुष्टि
बागमती प्रदेशमा आज मंगलबार मात्र ७ जिल्लाका ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१३ साउन, २०७७
Share
नेकपा केन्द्रीय तहको विवाद मकवानपुर आइपुग्यो, ओली र नेपाल पक्षधरको जुहारी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहको विवाद मकवानपुर पनि आइपुगेको छ
१३ साउन, २०७७
Share
कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट
गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ
१३ साउन, २०७७
Share
कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष प्रचण्डकाे निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन्
१३ साउन, २०७७
Share
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३, तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ
१३ साउन, २०७७
Share
ट्रयाक्टर दुर्घटनामा परी २ जनाको मृत्यु
मृत्यु हुनेमा मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–६ का ४५ वर्षीय शंखर लोप्चन र बागमती– ८ घर भएका १७ वर्षीय बालक सुजल नेगी छन्
१२ साउन, २०७७
Share
खुल्यो बजार : भएन व्यापार
लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगदमै किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरूले बताएका छन्
१२ साउन, २०७७
Share
माडिका चेपाङलाई १ महिनाभित्र घर निर्माण गर्न प्रचण्डको निर्देशन
चितवन राष्ट्रिय निकुञ्जले आगो र हात्ती लगाएर चेपाङको घर ध्वस्त पारेपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ महिना भित्र घर निर्माण गर्न निर्देशन दिएका छन्
११ साउन, २०७७
Share
जेलभित्रै मार्ने धम्की, गुण्डा नाइकेबाट १० लाख असुली
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको छ । प्रशासनले छानबिन भने हालससम्म पनि सुरु गरेको छैन
११ साउन, २०७७
Share
सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव
सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन्
११ साउन, २०७७
Share
बुबाले चलाएको ट्रक पल्टिँदा छोराको मृत्यु
पश्चिमी क्षेत्रस्थित मनहरीमा ट्रक पल्टिँदा १ युवकको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना ४ ख ७०४ नम्बरको ट्रक आज आइतबार बिहान मनहरी-९ खरङ्गामा दुर्घटनामा परेको हो
११ साउन, २०७७
Share
सेनाको कुटाइले ज्यान गुमाएका युवकको मूल्य ५० हजार !
पेट पाल्ने विवशताले घुँगी खोज्न निकुञ्ज छिरेका राजकुमार सेनाको कुटाइबाट मारिएपछि जिल्ला प्रशासनले यसको मूल्य ५० हजार तोकेको भन्दै चेपाङबासी आन्दोलित भएका छन्
१० साउन, २०७७
Share
विद्यालयको क्वारेन्टाइन खाली गरिँदै
पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा बनाएका क्वारेन्टाइन खाली गराउन सुरु गरेको छ । पठनपाठन सुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरूमा बनाएका क्वारेन्टाइन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए
१० साउन, २०७७
Share
गोसाइँकुण्ड मेला स्थगित
जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही १५ साउनमा पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो
१० साउन, २०७७
Share
हेटौँडा-काठमाडौंको भाडा ३ हजार ! प्रहरीको ‘एक्सन’
संघीय राजधानी काठमाडौं र प्रदेशको मुकाम हेटौंडाको न्यूनतम भाडा दर ४ सय ५० हो । लकडाउन अघिसम्म ४ सय ५० भाडा तिरेर यात्रुहरू काठमाडौं आवतजावत गर्थे । तर, टाटासुमोहरूले लकडाउनमा गाडी थन्किएर व्यहोरेको घाटा यात्रुसँग उठाउन थालेका छन्
९ साउन, २०७७
Share
पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध
त्रिभुवन राजपथ अन्तर्गत पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए
९ साउन, २०७७
Share
चारकिलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ
९ साउन, २०७७
Share
काठमाडौं आवतजावत गर्ने एउटै वैकल्पिक मार्ग पनि अवरुद्ध
पहिरोले पृथ्वी राजमार्ग ठप्प भएपछि काठमाडौं आवतजावत गर्ने एउटै मात्र वैकल्पिक मार्ग त्रिभुवन राजपथ पनि अवरुद्ध भएको छ
८ साउन, २०७७
Share
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य, कांग्रेसको आपत्ति
बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार मध्यरातिदेखि अधिवेशन अन्त्य हुने भएको हो
८ साउन, २०७७
Share
तत्कालै तुइन काटिन्छ : मुख्यमन्त्री पौडेल
झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेको भनाइ थियो
८ साउन, २०७७
Share
हिउँदमा पानी छाड्ने गरी नारायणी लिफ्ट तयार
यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उनले जानकारी दिए । करिब ३५ करोड रुपैयाँको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण २३ साउनसम्म लाई सारिएको छ
८ साउन, २०७७
Share
राष्ट्रिय परिचयपत्रको विवरण भर्न सुरु
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम सुरु गरेको हो
८ साउन, २०७७
Share
किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम
मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १ सय ६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए
८ साउन, २०७७
Share