प्रदेश १
खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा न. ९ पानीट्यांकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
१४ जेठ, २०७६
Share
बन्दले विराटनगरमा बिजोग, सयौं यात्रु अलपत्र
भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेकपा महासचिव विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छन् ।
१३ जेठ, २०७६
Share
प्रधानमन्त्रीले उद्घाटन गरेको कृषि बजारमा झार उम्रियो
प्रधानमन्त्री केपी शर्मा ओलीले साडे दुई महिनाअघि उद्घाटन गरेको एकीकृत फलफूल तथा तरकारी थोक बजार अझै सञ्चालनमा आएकाे छैन । विश्व बैंकको १६ करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त बजारको गत ३ चैतमा प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।
१३ जेठ, २०७६
Share
पत्रकार लाेपार्ने इटहरीका मेयरलाई ४८ घण्टे अल्टिमेटम
इटहरी उप–महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रविरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । स्थानीय सरकारको प्रमुखजस्तो पदमा आसिन व्यक्तिले नागरिकका पक्षमा लेख्ने पत्रकारलाई निशाना बनाउनु आपत्तिजनक भएको महासंघको ठहर छ ।
१२ जेठ, २०७६
Share
विराटनगरमा तेक्वान्दो पदाधिकारीबीच कुटाकुट
विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो पदाधिकारीबीच कुटाकुट भएको छ ।
११ जेठ, २०७६
Share
अहिलेसम्म ६ सयले चढे सगरमाथा, १५ जनाको मृत्यु
सगरमाथा आरोहणको सिजन यो वर्षका लागि अन्तिम चरणमा पुगेको छ । यो वर्ष अहिलेसम्म ६०० जनाले आरोहरण गरेको प्रारम्भिक तथ्यांक आएको र यकिन भने नरहेको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
११ जेठ, २०७६
Share
पाँचथर हत्या प्रकरण : मलेसियाबाट फर्किएका मानबहादुर मानसिक रोगी थिए !
पाँचथर मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको कारुणिक नरसंहारबारे प्रहरी अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानमा प्रहरीले केही प्रमाण भेट्टाएको छ ।
११ जेठ, २०७६
Share
पाँचथर हत्याकाण्ड : एउटै चितामा पाँचजनाको अन्त्येष्टि
पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मामा लगाएको छैन ।
१० जेठ, २०७६
Share
मिक्लाजुङ हत्याकाण्ड : ‘पत्याउनै गाह्रो, सपनाजस्तो’
‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’
९ जेठ, २०७६
Share
१७ किलो चरेससहित दुईजना पक्राउ
झापाको मेचीनगर नगरपालिका–८ रमाइलो बस्तीबाट प्रहरीले १७ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । स्थानीय सञ्जय दर्जीको घरमा चरेस लुकाएर राखिएको गोप्य सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युराे काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
८ जेठ, २०७६
Share
प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु
भोजपुरमा हतियारसहित डुलिरहेका भनिएका विप्लपका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
८ जेठ, २०७६
Share
कारुणिक नरसंहार : जो भागेर बाँचिन्
१२ वर्षीया सीता खजुमको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्यायएको थियो । सीताको हात भाँच्चिएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन् । उनी मानसिक रूपमा विक्षिप्त छिन् ।
८ जेठ, २०७६
Share
लागु औषधसहित दुईजना पक्राउ
विराटनगरबाट लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केट अगाडिबाट ईटहरी–४ का ३४ वर्षीय सुवास घिमिरे र सोही ठाउँका २५ वर्षीय अनिष श्रेष्ठलाई जाँचका क्रममा पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ ।
८ जेठ, २०७६
Share
भोजपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच झडप, एक घाइते
भोजपुरको ट्याम्के मैयुम गाउँपालिकामा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । त्यसमा विप्लवका एक कार्यकर्ता घाइते भएका छन् ।
८ जेठ, २०७६
Share
श्रीमतीसँगको झगडाले ९ जनाको हत्या ! आशंकित ज्वाइँले पनि गरे आत्महत्या
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईका अनुसार मृतक बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम मिक्लाजुङ–७ मा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्
७ जेठ, २०७६
Share
घाइते बालिका भन्छिन् : मखुन्डाे लगाएर आएका थिए हत्यारा (अपडेट)
पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । मखुन्डाे लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरेको घाइते १२ वर्षीया सीता खजुमले बताएकी छिन् ।
७ जेठ, २०७६
Share
पाँचथरमा ससुराली र ज्वाइँको परिवारका नाै जनाको हत्या
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नाै जनाको बीभत्स हत्या भएको छ ।
७ जेठ, २०७६
Share
प्रदेश १ सरकारले २२ करोड बाँड्यो
प्रदेश १ सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्ने कार्यक्रमअन्तर्गत २२ करोड ४० लाख रुपैयाँ कृषकलाई अनुदान रकम वितरण गरेको छ
६ जेठ, २०७६
Share
घुँगी मार्ने क्रममा खोलामा डुबेर मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित बौकाबौकी खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
६ जेठ, २०७६
Share
जागरण अभियानमा कांग्रेस नेतृत्वप्रति आक्रोश
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।
६ जेठ, २०७६
Share
प्रशासन परिसरमा पत्रकारहरु राेएपछि..
सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकार रोएका थिए । विरोध कार्यक्रममा नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि ऐक्यबद्धता जनाए ।
६ जेठ, २०७६
Share
सरकारले सिन्को भाँचेन : देउवा
सरकार गठन भएको डेढ वर्षको समयमा यो सरकारले सिन्कोसमेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा काम गर्ने छाँटमा देखिँदैन ।
५ जेठ, २०७६
Share
कांग्रेस स्वतन्त्र प्रेसको पक्षमा छ : गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
४ जेठ, २०७६
Share
बाँतर समुदाय सरकारसँग सन्तुष्ट
सरकारले पहिलोपटक तराई मधेसका अल्पसंख्यक दलित बाँतर समुदायको संस्कृति संरक्षणका लागि भवन निर्माणमा सहयोग गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
४ जेठ, २०७६
Share
काउन्सिल विधेयकविरुद्ध मोरङमा प्रदर्शन
मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकार पनि आन्दोलनमा उत्रेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आबद्ध पत्रकारहरुले विराटनगर महानगरपालिकाको बी प्लटमा सञ्चार सामग्रीसहित धर्ना दिएका हुन् ।
४ जेठ, २०७६
Share
मध्यपहाडी लोकमार्गः रोकियो म्याङलुङ–खुरुंगा खोला सडक निर्माण कार्य
म्याङलुङदेखि खुरुंगा खोलासम्मको ९ दशमलव ७ किलोमिटर कालोपत्रे सडकको निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, केही दिनयता अविरल वर्षा भएकाले निर्माण कार्य रोकिएको छ ।
४ जेठ, २०७६
Share
तीन दिनमा ६५ आरोही सगरमाथाको चुचुरामा
बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजंघा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।
३ जेठ, २०७६
Share
चौतारोमा सूचना टाँसेर जग्गा पास
इटहरीका मोतीले डीभी परेपछि २०५६ सालमा जग्गा बेचविखन गर्न भनेर दाई ज्योतिको नाममा वारेसनामा गरिदिएका थिए। उनीहरूको सम्बन्ध बिग्रिएपछि २०६६ सालमा गोरखापत्रमा सूचना प्रकाशित गरी वारेसनामा बदर गरेको घोषणा गरे।
२ जेठ, २०७६
Share