प्रदेश १
नक्कली नोटसहित १५ वर्षीय किशोर प्रहरीकाे नियन्त्रणमा
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ बाट नेपाली १ हजार दरका नक्कली नोटसहित स्थानीय १५ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो
२३ साउन, २०७६
Share
थुनुवा भेट्न गएका व्यक्ति आफैं थुनिए
झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा थुनुवा भेट्न आएका बिर्तामोड नगरपालिका–१ का २४ वर्षीय विशाल शाक्यलाई जाँच गर्ने क्रममा लागु औषध फेला परेपछी प्रहरीले नियन्त्रणमा लिएकाे हाे
२३ साउन, २०७६
Share
बेलकाका बाढीपीडितलाई राहत वितरण
असार अन्तिम साताको अविरल वर्षापछि आएको बाढीबाट पीडित बनेका बेलका १ र २ नम्बर वडाका १ सय ५० परिवारलाई विभिन्न संस्थाले राहत वितरण गरेका हुन्
२१ साउन, २०७६
Share
सुनसरीमा डेंगुको संक्रमण बढ्यो
सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ
२१ साउन, २०७६
Share
झापामा सर्पदंशबाट दुईको मृत्यु
सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ
१७ साउन, २०७६
Share
तौल र मूल्यमा ठगिएको किसानको गुनासो
मोरङका किसानले धान बेच्ने क्रममा तौल र मूल्यमा ठगिनुपरेको गुनासो गरेका छन् । धान बेच्ने क्रममा बिचौलियाले आफूहरुलाई अलमल्याएर भएको परिमाणभन्दा कम तौल देखाएर ठग्ने गरेको उनीहरुले गुनासो गरेका छन्
१४ साउन, २०७६
Share
भरुवा बन्दुकसहित दुई जना पक्राउ
मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
११ साउन, २०७६
Share
ताप्ली र लिम्चुङबुङमा हेलिकाेप्टरबाट खाद्यान्न पठाइयो
बाढी पहिरोका कारण उदयपुरको ताप्ली र लिम्चुङबुङ गाँउपालिकामा खाद्यान्न संकट चुलिएपछि प्रदेश सरकारले हेलिकाेप्टर मार्फत बिहीबार खाद्य सामग्री पठाएको छ
१० साउन, २०७६
Share
विप्लवका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–३ बाट सो पार्टीका धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो
१० साउन, २०७६
Share
ग्याङ फाईटमा एक जनाको मृत्यु
झापामा दुई समुहवीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुदा स्थानीय १८ बर्षीय बिक्रम लिम्बुको मृत्यु भएको हो
१० साउन, २०७६
Share
निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु
पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।
६ साउन, २०७६
Share
मेची भन्सारको राजस्व लक्ष्यभन्दा कम
मेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजस्व संकलनमा कमी भएको जनाएको छ
३ साउन, २०७६
Share
पीडितको घरघर पुगेर सांसद खड्काले भनेः चिन्ता नलिनुस्, म साथमै छु
पीडित बसेको क्षेत्रमा पुगेर सांसद खड्काले राहत वितरण गर्नुका साथै दुःखमा साथ दिने वाचा गरेका छन्
१ साउन, २०७६
Share
अढाइ कराेड खर्चेर युवालाई नैतिकता पढाउँदै प्रदेश सरकार
प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले युवाहरुलाई नैतिकवान बनाउन भन्दै ‘ म अघि बढ्छु’ कार्यक्रम प्रदेशका १४ जिल्लामा मंगलबारदेखि एकैसाथ सञ्चालनमा ल्याएको हो ।
१ साउन, २०७६
Share
नयाँ कर नीतिको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र
साउन १ गतेदेखि लागू हुने नयाँ कर नीति प्रणाली विभिन्न कारणले अव्यवहारिक भन्दै विराटनगरका उद्योगी व्यवसायीले सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
१ साउन, २०७६
Share
प्रदेश १ को वित्तीय प्रगतिमा प्रतिपक्षकाे प्रश्न–के चमत्कार भाकाे हाे ?
प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्ष समाप्त हुन एक दिन अघिसम्म ५२ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको छ
३१ असार, २०७६
Share
बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख रूपैयाँ उपलब्ध गराइने
मन्त्री कार्कीले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र उद्धार गर्न तीन वटै सुरक्षा अंग परिचालन गरिएको बताए । प्रदेश नं. १ का आइतबार दिउँसो २ बजेसम्म बाढी पहिरोमा परी १८ जनाले ज्यान गुममाएका छन् भने ८ जना विस्थापित भएका छन् ।
३० असार, २०७६
Share
त्रियुगा नदीको बाँध फुट्दा बेलकामा बिजोग (भिडियोसहित)
अविरल वर्षासँगै त्रियुगा खोलामा आएको बाढीले बाँध फुटाउँदा बेलका नगरपालिकाको १ र २ नम्बर वडा जलमग्न भएको छ ।
३० असार, २०७६
Share
कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए
सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।
२९ असार, २०७६
Share
सप्तकाेशीमा पानीकाे बहाव उच्च, ब्यारेजकाे ढाेका बन्द गर्न भारतकाे दबाब
भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।
२९ असार, २०७६
Share
त्रियुगाको वितण्डा : बेलकामा बेहाल
उदयपुरको बेलका नगरपालिका–१ मा सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीका कारण बेलाकाका कृषक मारमा परेका छन् । बेलका- १ का अशोक कार्कीको व्यावसायिक कृषि फार्म बाढीले बगाएको छ ।
२९ असार, २०७६
Share
प्रहरीले उठायो २ सय ६३ थान बन्दुक
जिल्ला प्रहरी कार्यालयले २ सय ६३ थान बन्दुक संकलन गरेको छ । चैतदेखि अभियान सुरु गरेको प्रहरीले करिब चार महिनामा २ सय ५ थान अवैध हतियार संकलन गरेको हो
२८ असार, २०७६
Share
बेउरी खोलाले बगाउँदा एकजना बेपत्ता
मोरङको कानेपोखरी गाउँपालिकामा खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । कानेपोखरी–२ स्थित बेउरी खोलाले बगाउँदा अन्दाजी ३० वर्षीय एक व्यक्ति बेपत्ता भएका हुन्
२८ असार, २०७६
Share
सप्तकोसी नदीमा पानीको बहाव उच्च, इटहरी डुबानमा
लगातारको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । तीन दिनदेखि लगातार परेको पानीका कारण इटहरीका अधिकांश क्षेत्र डुबानमा छ । इटहरीको बुढीखोला र ट्याङ्रा खोला बस्तीमा पसेका कारण सवारी साधन आवागमनमा समेत समस्या भएको छ
२७ असार, २०७६
Share
सुकुमबासीले मागे घरजग्गा
विराटनगर-१ पोखरीयास्थित परोपकार घाट छेउमा बसोबास गर्दै आएका ७ सुकुमबासी परिवारले आफूहरुलाई घरजग्गाको उचित व्यवस्थापन गरिदिन माग गरेका छन् ।
२७ असार, २०७६
Share
माछा मार्दा करेन्ट लागेर मृत्यु
सुनसरीको इटहरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ
२७ असार, २०७६
Share
मंगलबारेमा आगलागी, ८० लाख बराबरको क्षति
मोरङको पथरीशनिश्चरे–८ मंगलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ
२६ असार, २०७६
Share