प्रदेश १
सात ‘अ’को नगर सूर्योदयमा पर्यटन महोत्सव हुँदै
प्रदेश १ को पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले आगामी १४ मंसिर देखि १८ मंसिरसम्म ‘प्रथम सूर्योदय नगर पर्यटन महोत्सव’ गर्ने भएको छ
२९ कात्तिक, २०७६
Share
महसुल उठाउन लाइन काट्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ
२९ कात्तिक, २०७६
Share
किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय
उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र ५ हजार जरिमाना गर्ने फैसला गरेको छ
२९ कात्तिक, २०७६
Share
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
उदयपुरको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ
२९ कात्तिक, २०७६
Share
मापदण्डविपरीत ढुङ्गा उत्खनन गरेको भन्दै उदयपुरमा २० वटा टिपर स्थानीयको नियन्त्रणमा
मापदण्डविपरीत खोलाका ढुङ्गा उत्खनन गरेको भन्दै उदयपुरको बेलका नगरपालिकाका स्थानीयले २० वटा टिपरलाई रोकेर राखेका छन् । बेलका नगरपालिका ४ र ६ को सिमानामा रहेको सिसुवा खोलाबाट जोखिम नै निम्तने गरी ढुङ्गा उत्खनन गरेको भन्दै करिब तीन सय जना स्थानीयले टिपरलाई रोकेका हुन्
२९ कात्तिक, २०७६
Share
विराटनगरमा जिल्ला–स्तरीय डोरीतान प्रतियोगिता हुने
विराटनगरमा जिल्ला–स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ । विराटनगरस्थित शहिद रंगशालामा हुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाउने पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ
२८ कात्तिक, २०७६
Share
सहमतिपछि रानी–विराटनगर–इटहरी–धरान सडक निर्माण कार्य सुचारु
रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा भने विवादका कारण काम रोकिएको थियो
२८ कात्तिक, २०७६
Share
पूर्वी नाकाबाट आउने बङ्गलादेशी पर्यटक घटे, वर्षमा दुई हजारभन्दा कम आउँछन् नेपाल
कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ ।
२८ कात्तिक, २०७६
Share
धनपालथान–२ मा कांग्रेस र समाजवादीबीच सहकार्य
मोरङको धनपालथान गाउँपालिकामा १४ मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ ।
२७ कात्तिक, २०७६
Share
मकालु गाउँपालिका अध्यक्षमा सात दलका उम्मेदवार
मकालु गाउँपालिका अध्यक्ष पदका लागि सातवटा राजनीतिक दलले उम्मेद्धवारी दर्ता गराएका छन् । मकालु गाउँपालिकामा रहेको निर्वाचन कार्यालय अधिकृतको कार्यालयमा बुधबार सातवटा दलले उम्मेद्धवारी दर्ता गराएका हुन्
२७ कात्तिक, २०७६
Share
टिपर दुर्घटनामा दुई जनाको मृत्यु
निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिंगेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ
२७ कात्तिक, २०७६
Share
सगरमाथा क्षेत्र गएका फ्रान्सेली नागरिकको मृत्यु
सगरमाथा क्षेत्र घुम्न गएका एक विदेशी नागरिकको मृत्यु भएको छ
२७ कात्तिक, २०७६
Share
मिडिया नेपाल प्रदेश १ कमिटी घोषणा, अध्यक्षमा विजय राउत
राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ । विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो
२६ कात्तिक, २०७६
Share
आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द
गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्का लिएको उनको भनाइ छ ।
२६ कात्तिक, २०७६
Share
बक्राहाको पुल निर्माण कार्य बीचमै छोडेर पप्पु बेपत्ता
ठेक्का सम्झौताअनुसार २०७५ सालको असार महिनामै निर्माण सम्पन्न भइसक्नुपर्ने सो पुल ठेकेदार कम्पनीले २ वटा पिल्लर मात्र निर्माण गरेर बेपत्ता भएको हो
२५ कात्तिक, २०७६
Share
भद्रपुर विमानस्थल १० दिनका लागि बन्द हुने
झापाको भद्रपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि १० दिन विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ
२५ कात्तिक, २०७६
Share
मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार
मोरङको रतुवामाई नगरपालिकाबाट एक जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचारका लागि विराटनगर ल्याइएको छ
२५ कात्तिक, २०७६
Share
भाेलि १३५औं फाल्गुनन्द जन्मजयन्ती
भाेलि (सोमबार) राष्ट्रिय विभूति, समाजसुधारक फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती, किरात धर्मावलम्बीले विविध कार्यक्रम गरी मनाउदैछन्
२४ कात्तिक, २०७६
Share
संखुवासभाका १० मतदानस्थल संवेदनशील
आगामी १४ मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगले ११ मतदानस्थल मध्ये १० वटा सुरक्षका हिसाबले संम्वेदनशील भएको निर्वाचन कार्यालय खाँदबारीमा प्रमुख चोलाराज दंगालले जानकारी दिए
२२ कात्तिक, २०७६
Share
उर्लाबारी–मधुमल्ला सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती
उनले थपिन्, ‘खाडलकै कारण दैनिक दुर्घटनासमेत भइरहेको छ । काम किन बन्द भयो ? सरकारले यो के गर्न खोजेको ?’
२१ कात्तिक, २०७६
Share
राजमार्गको जग्गा देखाएर खोलाको बगर धितो, साढे ४ करोडभन्दा बढी ठगी
नक्कली कागजात तयार गरी ४ करोड ६० लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
२१ कात्तिक, २०७६
Share
पाँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको तयारी
त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण गरी काम अगाडि बढाइएको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले जानकारी दिए ।
२१ कात्तिक, २०७६
Share
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उनले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रहसमेत गरे
२० कात्तिक, २०७६
Share
एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
उनले भने, ‘हामीले टेलिकम कार्यालय खाँदबारीलाई पटक–पटक जानकारी गराउँदासमेत विभिन्न कारण देखाउँदै आलटाल गरेको छ ।’
२० कात्तिक, २०७६
Share
साझा पार्टीबाट धरान मेयरमा राजनकुमार श्रेष्ठको उम्मेदवारी
साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ
२० कात्तिक, २०७६
Share
बोक्सी भन्दै ससुराले तातो फलामले डामे, पीडकलाई अझै उन्मुक्ति
पाँचथरको याङ्वरक गाउँपालिका–२, फलैंचामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानसिक र शारीरिक यातना दिइएको छ । बोक्सीको आरोप लगाउँदै ससुरा प्रसाद (परिवर्तित नाम)ले यातना दिएको पीडित लुना (परिवर्तित नाम)ले प्रहरीमा उजुरी दिएकी छन्
२० कात्तिक, २०७६
Share
आस्था र क्रिसलाई लिटिल कोशीको उपाधि
विजेताले जनही नगद ३० हजार रुपैयाँका साथै आकर्षक ट्रफी प्राप्त गरेका छन्
१९ कात्तिक, २०७६
Share
जिल्ला अस्पताल खाँदबारीकाे अवरुद्ध प्रसूति सेवा सुचारु
अवरुद्ध प्रसूति सेवा मंगलबारदेखि सुचारु भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिए
१९ कात्तिक, २०७६
Share
प्रदेश १ मा तिहार : खुकुरी हानाहानदेखि अत्यधिक रक्सी खाएर मृत्युसम्म
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार यो अवधिमा सुनसरीको धरान क्षेत्रमा मात्र घरेलु हात हतियारहरु देखाएर धाकधम्की तथा लुटपाट गर्न खोज्ने र ज्यान मार्ने धम्की दिने ५ जनालाई हतियारसहित पक्राउ गरिएको छ
१९ कात्तिक, २०७६
Share