प्रदेश १
कोरोना संक्रमणको आशंकामा २ युक्रेनीलाई काकरभिट्टा नाकाबाट फिर्ता पठाइयो
कोरोना भाइरस संक्रमण भएको आशंकामा दुई जना युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ
३० फागुन, २०७६
Share
श्रीलंका टापु र टाँडीमा कोरोना क्वारेन्टाइन बनाइने
प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि क्वारेन्टाइन स्थापना हुनेछ
२९ फागुन, २०७६
Share
कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीवीहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे
२८ फागुन, २०७६
Share
विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना
३/३ जनाको दुई टोली बनाएर विराटनगर विमानस्थलमा ओर्लने यात्रुको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए
२८ फागुन, २०७६
Share
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती असुली
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ
२८ फागुन, २०७६
Share
छुट्टाछुट्टै दुर्घटनाका २ घाइतेकाे मृत्यु
मोरङको बेलबारी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ
२७ फागुन, २०७६
Share
श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मत्यु
विराटनगरमा एक व्यक्तिले चिपर्ट प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन्
२७ फागुन, २०७६
Share
‘भुजा’बाट आत्मनिर्भर गन्गाई समुदायका महिला
जहदा गाउँपालिका– ६ की लाता सरदार एक दशकदेखि भुजा व्यवसायमा आबद्ध भएको बताउँछिन् । भुजा व्यवसाय गरेर घरपरिवारको आर्थिक भार टार्नुका साथै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइरहेको सरदारको भनाइ छ
२७ फागुन, २०७६
Share
आधिकारिक सूचना संयन्त्रको अभाव
नोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहँदा यसबारे आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ
२६ फागुन, २०७६
Share
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङको रतुवामाई नगरपालिका–८ स्थित कोईलीडाँगीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ
२५ फागुन, २०७६
Share
उदयपुरकाे बेलकामा सुविधासम्पन्न बोटानिकल गार्डेन बन्ने
१८ करोड २३ लाख रुपैयाँको लागतमा उदयपुरको बेलका नगरपालिकामा सुविधासम्पन्न बोटानिकल गार्डेन निर्माण गरिने भएको छ
२३ फागुन, २०७६
Share
विराटनगरमा ‘मास्क’ को कालो बजारी, प्रदेश–१ मा उच्च सतर्कता
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि मुलुकभर यतिबेला ‘मास्क’ को अभाव सिर्जना भएको छ
२३ फागुन, २०७६
Share
प्रशासनको आग्रहसँगै निर्धारित कार्यक्रमहरू स्थगित
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकामा सतर्कता अपनाउन प्रशासनले विभिन्न सभा, सम्मेलन तथा ठूला कार्यक्रम आयाेजना नगर्न आग्रह गरेसँगै मोरङमा पहिले नै तय गरिएका विभिन्न कार्यक्रमहरू स्थागित भएका छन्
२३ फागुन, २०७६
Share
ब्राउन सुगरसहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका– ४ बस्ने वर्ष २५ का रोशन राई र देउमाई नगरपालिका– ९ बस्ने वर्ष २० का विशाल शिवालाई पक्राउ गरेको हो
२२ फागुन, २०७६
Share
सरकारले राम्रो काम नगरेका कारण जनतामा निराशा : रामचन्द्र पौडेल
पौडेलले पार्टीभित्र धेरै विकृतिका विषय उठाए पनि बाहिर केही नबोल्नु आफूबाट गल्ती भएको बताए । उनले पार्टी नेतृत्व स्वेच्छाचारी भएका कारण पार्टीभित्र धेरै विकृति आएको दाबी पनि गरे
२० फागुन, २०७६
Share
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि झुम्का कारागार पठाइयो
ती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो
२० फागुन, २०७६
Share
'फरार' सिद्धबाबाले गरे आत्मसमर्पण
आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका हुन्
२० फागुन, २०७६
Share
प्रदेश १ मा विपन्नका लागि ९ सय ७० घर निर्माण
अति विपन्न, दलित र पिछडा समुदायको परिवारका लागि सरकारले चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्म मोरङ, सुनसरी र उदयपुरमा ९ सय ६९ घर सरकारले बनाइदिएको हो
१९ फागुन, २०७६
Share
रतुवामाईका जनप्रतिनिधि नै चिनी तस्करीमा !
रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधि नै तस्करीमा संलग्न रहेको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका– १ को वडा सदस्यमा निर्वाचित मो. सदिर मियाँ तस्करीमा संलग्न रहेको पाइएको हो
१९ फागुन, २०७६
Share
करेन्ट लागेर एक जनाको मृत्यु
धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको बिजुलीको पोलमा चढेर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो
१९ फागुन, २०७६
Share
बालबालिका अधिकारसम्बन्धी विधेयक पारित
‘प्रदेश १ को बालबालिकाको अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ
१८ फागुन, २०७६
Share
पथरीमा ट्रक दुर्घटना, ५ गोरुसहित २ जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लाबारी सडक खण्डमा शनिबार बिहान भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ
१७ फागुन, २०७६
Share
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिँदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुनः आह्वान नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ
१७ फागुन, २०७६
Share
लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग
आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्रा खोलाका विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग गरेकी हुन्
१६ फागुन, २०७६
Share
कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘घूस बार्गेनिङ प्रकरण’मा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाजस्ता पात्र सरकारमा धेरै रहेका टिप्पणी गरेका छन्
१६ फागुन, २०७६
Share
हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित
उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब ६ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो
१६ फागुन, २०७६
Share
बीपी प्रतिष्ठान तनावग्रस्त
अहिले वार्तामा प्रतिष्ठानका डा. अर्चना ठाकुर, डा. रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेकाे बताइएको छ
१५ फागुन, २०७६
Share
प्रदेश राजधानीका लागि विराटनगर महानगर जग्गा उपलब्ध गराउन तयार
विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आवश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ
१४ फागुन, २०७६
Share