प्रदेश १
लडेर १ जनाको मृत्यु
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो ।
१९ चैत, २०७६
Share
प्रदेश १ बाट ४६ जनाको नमुना संकलन
आजसम्ममा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए
१८ चैत, २०७६
Share
केहीलाई कुटाइको डर, धेरैलाई छाक टार्नै सकस
यो सरकारको बाध्यकारी कदम भए पनि लकडाउनको सातौँ दिनसम्म आइपुग्दा प्रदेश १ का विभिन्न जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । खासगरी बजार क्षेत्रमा दिनभर काम गरी बेलुका छाक टार्ने वर्ग समस्यामा परेको छ
१८ चैत, २०७६
Share
‘लकडाउन’ले मजदुरको जनजीवन कष्टकर, पाएनन् राहत
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालामजदुरी गरेर गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।
१७ चैत, २०७६
Share
रतुवामाईमा विदेशबाट आएका १२१ जना भेटिए, सबैलाई होम क्वारेन्टाइनमा राखेर निगरानी
मोरङको रतुवामाई नगरपालिकामा विदेशबाट आएका १२१ जना फेला परेका छन् । सो नगरपालिकाको १० वटै वडामा विदेशबाट आउने व्यक्तिको लगत संकलन गरिएकोमा छिमेकी मुलुक भारतबाट १ सय र अन्य मुलुकबाट २१ जना आएका भेटिएका हुन्
१६ चैत, २०७६
Share
कोरोना रोकथाम अभियान प्रभावकारी बनाउन प्रदेश १ मा समिति गठन
प्रदेश–१ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन भएका छन्
१६ चैत, २०७६
Share
कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट २-२ लाख सहयोग
विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय भेलामा विर्तामोड, झापा, मेची र दमक उद्योग वाणिज्य सङ्घले २, २ लाख रुपैयाँ र अन्य वाणिज्य सङघले १, १ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए
१६ चैत, २०७६
Share
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पठाइएका १६ जनाकै रिपाेर्ट 'नेगेेटिभ'
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबैमा कोरोनाको संक्रमण नभएको पाइएको छ
१५ चैत, २०७६
Share
कतारबाट आई कोसी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’
कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ
१५ चैत, २०७६
Share
जहदा गाउँपालिकामा १० शय्याको क्वारेन्टाइन सञ्चालनमा
विश्वव्यापी महामारीको रुपमा रहेकोकोरोना भाइरसलाई मध्यनजर गर्दै मोरङको जहदा गाउँपालिकामा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले क्वारेन्टाइन कक्ष सञ्चालन ल्याएका हुन्
१५ चैत, २०७६
Share
चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा
नेपालमा फेला परेका कोरोना भाइरसका चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवा र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ
१५ चैत, २०७६
Share
प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासा
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेस्क सञ्चालनलगायतका लागि उक्त रकम निकासा गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए
१५ चैत, २०७६
Share
इलाका प्रहरीलाई दिन लगेको स्यानिटाइजर रतुवामाईका मेयरले गरे कब्जा
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका बेला कोरोना रोकथामका लागि अत्यावश्यकीय मानिएको स्यानिटाइजर मोरङको रतुवामाई नगरपालिकाका मेयरले कब्जा गरेका छन्
१४ चैत, २०७६
Share
माछा पोखरीमा डुबेर १ जनाको मृत्यु
मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत फेला परेका हुन्
१४ चैत, २०७६
Share
अत्यावश्यक सामग्रीका लागि विराटनगर महानगरपालिकाले थाल्यो समन्वय
‘लकडाउन’ मा बसेका विराटनगर महानगरवासीलाई अत्यावश्यक सामग्री एवम् खाद्यान्न उपलब्ध गराउन विराटनगर महानगरपालिकाले समन्वय थालेको छ
१४ चैत, २०७६
Share
लकडाउनमा राहत : दैनिक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न सहयोग
गत चैत ११ देखि सुरु भएको ‘लकडाउन’ का कारण जीवनयापनमा समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेका छन्
१४ चैत, २०७६
Share
एक सातामा १ सय ४० जना भित्रिए इलाम
इलामका १० स्थानीय तहमध्ये माइ नगरपालिकाले भने तथ्याङ्क लिइरहेको छ । अन्य सबै स्थानीय तहले तथ्याङ्क लिइसकेका छन् । प्रत्येक वडामा रहेका जनप्रतिनिधि, शिक्षक तथा स्थानीयवासीबाट पालिकामा जानकारी गराएर तथ्याङ्क लिइएको बताइएको छ
१४ चैत, २०७६
Share
काेराेना उपचारका लागि दुर्गा प्रसाईंले बीएण्डसी अस्पताल सरकारलाई दिने
सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पीपीई र किट नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताए
१४ चैत, २०७६
Share
परिवारका सबैलाई रुघाखोकी र ज्वरो आएपछि अस्पताल पठाइयो
इलाममा कोरोना भाइरसको सम्भावित लक्षण देखिएका ८ जनालाई कोशी अस्पताल विराटनगर पठाइएको छ
१३ चैत, २०७६
Share
‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा
प्रहरीले लकडाउन उलंघन गर्ने मोरङ जिल्ला भरी सवारी साधन मोटरसाईकल–७०, ट्रयाक्टर–२, सिटी\टेम्पो–५, स्कुटी–२ र साईकल ९ वटा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यायल मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए
१३ चैत, २०७६
Share
फिदिम नगरपालिकाले मजदुरलाई खानपिनको व्यवस्था गर्ने
दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख सङ्कलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताए
१३ चैत, २०७६
Share
रतुवामाईले स्थापना गर्यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’
मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो
१३ चैत, २०७६
Share
क्वारेन्टाइनमा रहनेलाई २० लाख बराबरको खाद्यान्न सहयोग
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिए
१३ चैत, २०७६
Share
भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
१३ चैत, २०७६
Share
कृषकका दुःखः चिया हुर्कियो, दूध खेर गयो, अब के गर्नु सरकार ?
एउटै कृषकले दैनिक २ सय लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । तर, लकडाउनयता उनीहरूले दुध बेच्न पाएका छैनन्
१३ चैत, २०७६
Share
प्रदेश १ मा ‘लकडाउन’ उल्लंघन गर्ने ८९४ सवारी र १४२ जना प्रहरीको नियन्त्रणमा
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लागू गरेको लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारीलाई प्रदेश नं. १ मा प्रहरीले पक्राउ गर्ने कार्य तीव्र बनाएको छ
१२ चैत, २०७६
Share
लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी विराटनगर प्रहरीकाे नियन्त्रणमा
लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन ।
१२ चैत, २०७६
Share
बेवारिसे अवस्थामा सुनवर्षीको ‘झुमरीदेवी’ ताल
दक्षिणपूर्वी मोरङको सुनवर्षी नगरपालिकास्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको झुमरीदेवी ताल विकास र प्रवद्र्धनका हिसाबले ओझेलमा परेको छ
१२ चैत, २०७६
Share
खोटाङमा सेनाको सहयोगमा ३६ शय्याको ‘क्वारेन्टाइन’ निर्माण
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको ‘क्वारेन्टाइन’ निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर मंगलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा ‘क्वारेन्टाइन’ निर्माण गरिएको हो ।
१२ चैत, २०७६
Share