प्रदेश १
चट्याङ लागेर १ जनाको मृत्यु
शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए
३० चैत, २०७६
Share
दिक्तेलमा औषधि छर्कन सुरु, उद्धारका लागि बस
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाश गर्ने रसायनिक औषधि छर्कन सुरु गरेको छ
३० चैत, २०७६
Share
झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा
जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो
३० चैत, २०७६
Share
प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ
प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट (९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ
३० चैत, २०७६
Share
डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्याइँदै
कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए
२९ चैत, २०७६
Share
पाथीभराको साग फुङलिङ बजारमा निःशुल्क
लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको १ हजार ४ सय ७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो
२९ चैत, २०७६
Share
प्रदेश १ आवागमन गर्ने नाकामा २४ घण्टे चेकजाँच
प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश नं. २ बाट प्रदेश १ प्रवेश गर्ने प्रमुख २ वटा नाकामा २४ घण्टे चेकजाँज सुरु ग्रिएसँगै आवागमनमा रोक लागेको हो ।
२९ चैत, २०७६
Share
राहत वितरणमा भइरहेको भीड हटाउन मुख्यमन्त्री राईको निर्देशन
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखलाई स्थानीय तहँंग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन् ।
२९ चैत, २०७६
Share
अबको जोड कोरोनाको ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ : मुख्यमन्त्री राई
‘हामीहरू अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लडाइँमा छौँ । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि देश अहिले पनि देश लकडाउनको अवस्थामा छ’
२८ चैत, २०७६
Share
राहत वितरणको भीड हटाउन मुख्यमन्त्री राईको निर्देशन
प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन्
२८ चैत, २०७६
Share
राहत बाँड्दा नेकपाकाे झण्डा देखाइनु लज्जास्पद हाे
तपाईंले महत्त्वपूर्ण कुरामा ध्यानाकर्षण गराउनुभएको छ । यसमा म आजै हाम्रा पार्टीका साथीहरूसँग कुरा गर्छु । विद्यार्थीहरूको उद्धार तथा राहतका लागि हामी अब खट्ने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु
२८ चैत, २०७६
Share
आजबाट कोसी अस्पतालमै कोरोनाको नमुना परीक्षण, ल्याबको मुख्यमन्त्रीद्वारा निरीक्षण
कोरोना भाईरस (कोभिड-१९)का शंकास्पद बिरामीको नमूना परीक्षणका लागि कोसी अस्पताल विराटनगरमा राखिएका ल्याबको प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् । कोसी अस्पतालबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपूर्व मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्यावको निरीक्षण गरेका हुन् ।
२८ चैत, २०७६
Share
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
संखुवासभाको खाँदवारी नगरपालिका–२ आरुबोटेका १९ वर्षीय महेश बि.क.को करेन्ट लागेर मृत्यु भएको छ
२८ चैत, २०७६
Share
हैट ! ‘लोभी-पापी’हरू
स्थानीय तहमा ‘हुने खाने’लाई पनि राहत बाँड्ने काम भइरहेको छ । भकारीभरी धान भएका परिवारका सदस्य पनि ‘लाजै पचाएर’ राहतमा २० किलो चामल लिनेको लाइनमा बसेका भेटिन्छन्
२८ चैत, २०७६
Share
कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि
कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो
२७ चैत, २०७६
Share
के गर्दै छन् इटहरीका ‘भाइरल मेयर’ ? (भिडियाेसहित)
इटहरी उपमहानगरपालिका पुग्दा मेयर चौधरी राहत संकलनमा ब्यस्त थिए । लकडाउनका कारण संकटमा परेका नगरवासीका लागि राहत जुटाउन उनी विभिन्न स्थानीय अगुवालाई फोन गरिरहेका थिए
२६ चैत, २०७६
Share
राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।
२६ चैत, २०७६
Share
प्रदेश १ ‘कोरोना जनसुरक्षा कोष’मा ११ करोड ८५ लाख जम्मा
राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ
२६ चैत, २०७६
Share
झापाका कैदीबन्दीले पाए मास्क र स्यानिटाइजर
प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्
२६ चैत, २०७६
Share
प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड ८५ लाख संकलन
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० लाख रुपैयाँ जम्मा भएको छ । अब कोषमा ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबारसम्म ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ रहेको थियो
२५ चैत, २०७६
Share
प्रदेश १ मा २ हजार ८ सय जना क्वारेन्टाइनमा
प्रदेश १ मा बेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थपिएको छ । मंगलबार क्वारेन्टाइनको बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ
२५ चैत, २०७६
Share
कोरोना उपचार केन्द्रलाई गैससको सहयोग
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरूले १३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
२५ चैत, २०७६
Share
कोरोना त्रास : एक टोलबाट अर्को टोलमा प्रवेश निषेध
कोरोना दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावतमा रोक लगाइरहेका बेला गाउँगाउँमा स्थानीयले एक टोलबाट अर्को टोल प्रवेशमा रोक लगाउन थालेका छन् ।
२५ चैत, २०७६
Share
कोरोना हाेइन पानीसँग डराउँछन् जनता
गाउँमा बालबालिका पनि पानीकै कारण बिरामी भइरहन्छन् । पानीको अभाव घारेथानीवासीले मात्र होइन, ६ नम्बर वडाभित्रै पर्ने बाक्सीखोप र वाबुंग्लाबासी पनि झेलिरहेका छन् । यी तीन गाउँमा ती सय परिवार छन्
२५ चैत, २०७६
Share
विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा
गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो
२५ चैत, २०७६
Share
सिदा रकम नपाउँदा कैदीबन्दीको दैनिकी कष्टकर
जिल्ला कारागारका कैदीबन्दीले डेढ महिनादेखि सिदा रकम नपाउँदा उनीहरुको दैनिकी झन् कष्टकर भएको छ । सरकारले लकडाउन जारी गरेसँगै कारागारमा भेटघाट बन्द गरिएको हुँदा कैदीबन्दीलाई आफन्तले सहयोग दिन पनि पाएका छैनन्
२५ चैत, २०७६
Share
उदयपुरका विपन्नलाई कुमारी बैंकको सहयोग
कुमारी बैंकले उदयपुरको बेलका नगरपालिकाका विपन्न तथा दैनिक ज्यालादारी मजदुरका परिवारलाई राहत उपलब्ध गराएको छ
२४ चैत, २०७६
Share
प्रदेश १ मा ६९ जनाको रिर्पोट नेगेटिभ , ११ जना आइसोलेसनबाट डिस्चार्ज
प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमा ५ महिला र ६ जना पुरुष छन् । प्रदेश सरकारले विभिन्न अस्पतालहरूमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ
२४ चैत, २०७६
Share