प्रदेश २
राजपाले खाता खोल्यो, छिन्नमस्ता–७ मा प्रमिलादेवी यादव विजयी
सप्तरीको छिन्नमस्ता गाउँपालिका– ७ को वडाध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) की उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकी छिन्
१५ मंसिर, २०७६
Share
सर्लाहीको हरिपुर्वामा समाजवादीको पहिलो जीत
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर जित हात पारेका हुन् ।
१४ मंसिर, २०७६
Share
सिरहामा हिरासतका सबै थुनुवा फरार
सिराहाको इलाका प्रहरी कार्यालय महेषपुर पतारको हिरासतबाटै थुनुवा भागेका छन्
१४ मंसिर, २०७६
Share
गढीमाईमा ८५ प्रतिशत मत खस्यो, १० बजेसम्म नतिजा आउने
नेकपा, कांग्रेस र समाजवादी पार्टीले आफनो प्रतिष्ठाको लडाईका रुपमा लिएको गढीमाई नगरपालिका वडा नं. २ मा ८५ प्रतिशत मत खसेको छ । १ हजार ८ सय २२ मतदाता रहेको सो वडामा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका छन्
१४ मंसिर, २०७६
Share
पाँच प्रतिस्पर्धीलाई ८१ प्रतिशत मत
पाँचजना प्रतिस्पर्धी रहेको पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को उपनिर्वाचनमा ८१ दशमलब ७८ प्रतिशत मत खसेको छ
१४ मंसिर, २०७६
Share
विवाहपञ्चमीमा साधुसन्तकाे दैनिकी (फोटोफिचर)
रामजानकी विवाहपञ्चमीमा साधुसन्तहरूको उल्लेख्य सहभागिता रहेको छ ।
१४ मंसिर, २०७६
Share
सर्लाहीको जिल्ला अस्पतालमा आगलागी
आगलागीबाट कम्प्युटर, ल्यापटप, फ्रिजलगायत विद्युतीय उपकरण तथा औषधिसमेत जलेको छ । अस्पतालको माथिल्लो तलामा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीयवासी, व्यापारी र अस्पतालका कर्मचारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
१३ मंसिर, २०७६
Share
१३ लाख रूपैयाँसहित सिरहाबाट दुई जना हुण्डी कारोबारी पक्राउ
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित जमुवाटोलका २६ वर्षीय राम शंकर यादव र भारतको बिहार मधुवनी जिल्ला लोकहाका २८ वर्षीय अशोक कुमार झा रहेका छन्
१३ मंसिर, २०७६
Share
प्रदेश २ मा १५ र १७ गते सार्वजनिक बिदा
त्यसैगरी, बाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ। गढीमाई मेलामा विशेष पूजाआजा भएकाले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराइएको छ
१३ मंसिर, २०७६
Share
राष्ट्रपति भण्डारी जनकपुरमा, पूजाअर्चनापछि भेटिन् साधुसन्तलाई
पूजाआजाका क्रममा करिब ४५ मिनेट मन्दिर परिसरमा रहेकी राष्ट्रपति भण्डारीले साधुसन्तहरूसँग पनि भेट गरिन् । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि जनकपुर पुगेका छन्
१३ मंसिर, २०७६
Share
रक्सी खान आएका भारतीयलाई १ वर्ष कैद
बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई १ वर्ष कैद सजाय गरेको हो
१३ मंसिर, २०७६
Share
विवाह महोत्सवका अवसरमा धनुष यज्ञ सम्पन्न
रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन जनकपुरधाममा धनुष यज्ञ कार्यक्रम सम्पन्न भएको छ
१३ मंसिर, २०७६
Share
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति जनकपुर आउने
रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आउँदै छिन्
१३ मंसिर, २०७६
Share
महोत्तरीका नेकपा उम्मेदवारको घरमा बम विस्फोट
महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ
१२ मंसिर, २०७६
Share
पाँच सय साधुसन्तको जन्ती आइपुग्यो जनकपुर, भव्य स्वागत
जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए । महिलाहरूले त्यहाँ नाचगान गरी जन्तीलाई स्वागत गरे
१२ मंसिर, २०७६
Share
गाउँपालिका अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट
महोत्तरीको पिपरा गाउँपालिकाको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षका उम्मेदवार विक्रम चौधरीको घरमा बिहीबार बम विस्फोट भएको छ ।
१२ मंसिर, २०७६
Share
सप्तरीमा ४ सय ३९ उद्योग दर्ता
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ सय ७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४ सय ३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ
१२ मंसिर, २०७६
Share
गढीमाई मेला अवधिभर वीरगञ्जका विद्यालय बन्द
बुधबार सूचना जारी गर्दै महानगरपालिकाले मंसिर १५ गतेदेखि १८ गतेसम्म महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द हुने निर्णय सार्वजनिक गरेको हो ।
१२ मंसिर, २०७६
Share
जन्तीको स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आउँदै
जन्तीको उपस्थितिमा वैदिक परम्पराअनुसार राम जानकीको विवाह हुनेछ । जन्तीलाई भोलि औपचारिक कार्यक्रम गरेर राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ
१२ मंसिर, २०७६
Share
जानकीको विवाहसँग जोडिएको ऐतिहासिक स्थल बसहिया ओझेलमा
यो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाउँ नै बसहिया रहन गएको हुन सक्ने अवकाशप्राप्त स्थानीय मुकेश झा बताउँछन् । प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ
११ मंसिर, २०७६
Share
लागूऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ
११ मंसिर, २०७६
Share
सडक मिचेर बनेका १ सय घरटहरा भत्काइयो
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटीपी) आयोजनाअन्तर्गत बाराको गञ्जभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको छ
११ मंसिर, २०७६
Share
प्रारम्भिक बालविकासको कार्यान्वयन बाध्यकारी बनाइने
प्रदेश२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानुन बनाइने पक्षमा आफू रहेको बताएका छन्
११ मंसिर, २०७६
Share
बालिका तस्करीमा भारतीय गिरोह सक्रिय
नेपालबाट बालिका चोरेर भारतमा बेच्दै आएको सूचना पाएपछि प्रहरीले बालिका तस्करी गर्नेविरुद्ध निगरानी बढाएको छ । सप्तरी प्रहरीले मंगलबार एक अर्का भारतीयलाई बालिका तस्करी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
११ मंसिर, २०७६
Share
हात्ती र बाँदरबाट जोगिन सामूहिक पूजा
कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।
११ मंसिर, २०७६
Share
जनकपुरमा विवाह पञ्चमी महोत्सव आजबाट सुरु
जनकपुरधाममा हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर तयारी अन्तिम चरणमा रहेको छ
१० मंसिर, २०७६
Share
सरकारी कर्मचारीको लापरबाही : ४५ दिनदेखि बिनासूचना कार्यालयमा अनुपस्थित
नेपाल विद्युत प्राधिकरणमा काम गर्ने एक इन्जिनियर ४५ दिनदेखि कार्यालय आएका छैनन्
१० मंसिर, २०७६
Share
१ सय ८ जोडीको विवाह एउटै मण्डपमा हुँदै
१५ मंसिरका दिन विवाह पञ्चमीका अवसर पारेर १ सय ८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ
९ मंसिर, २०७६
Share
हेलिकाेप्टर चार्टर्ड गरेर बालविवाह, जनप्रतिनिधि र प्रहरी बने रमिते
विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका वरिष्ठ हवल्दार रञ्जित दनुवारलगायतको उपस्थिति थियो
८ मंसिर, २०७६
Share