इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन, एक जना आईसीयूमा
इजरायल-हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ जना नेपालीकाे अवस्था अझै अज्ञात रहेकाे इजरायलस्थित नेपाली दूतावासले जनाएकाे छ । उनीहरूकाे खाेजी जारी रहेकाे इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।