Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
पुँजी बजार
चिलिमे जलविद्युत्ः रोयल्टी बढ्दा खुद नाफामा कमी
चिलिमे जलविद्युत्ः रोयल्टी बढ्दा खुद नाफामा कमी चिलिमे जलविद्युतले चैत मसान्तसम्म ८० करोड ७ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । बिक्री आम्दानी अघिल्लो वर्ष यही अवधिको भन्दा करिब ०.३७ प्रतिशत बढी हो ।  त्यस्तै, ८ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको तुलनामा ८० प्रतिशत बढेको छ । अन्य आम्दानीको अंक ४ लाख ६९ हजार रुपैयाँ छ । कुल सञ्चालन आम्दानी ८९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा कुल सञ्चालन आम्दानी ८५ करोड ३२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष कुल सञ्चालन आम्दानी ४.८ प्रतिशत बढेको छ । २३ वैशाख, २०७६  
नयाँ नेपाल, सूर्योदय र सामुदायिक लघुवित्त : यस्ताे छ प्रगति विवरण
नयाँ नेपाल, सूर्योदय र सामुदायिक लघुवित्त : यस्ताे छ प्रगति विवरण नयाँ नेपाल लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ४३ करोड ९७ लाख रुपैयाँ सापट र ११ करोड ७४ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएर ६१ करोड ९९ लाख रुपैयाँ सदस्यलाई कर्जा दिएको छ । सूर्योदय लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ७६ करोड ३७ लाख रुपैयाँ सापट र ५४ करोड २३ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएर १ अर्ब ३२ करोड रुपैयाँ सदस्यलाई कर्जा दिएको छ । सामुदायिक लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ५४ करोड ४४ लाख रुपैयाँ सापट र ३३ करोड ८ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएको छ । २० वैशाख, २०७६