नेपाली फुटबल टोली भारत प्रस्थान
नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ ।
७ फागुन, २०७५
Share
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो ।
७ फागुन, २०७५
Share
श्रेष्ठ र पोखरेलले प्यानल सहित प्रतिष्पर्धा गर्ने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलनै बनाएर उम्मेदवारी दिएका हुन ।
७ फागुन, २०७५
Share
३ वर्षभित्र परिचय पत्र वितरण भइसक्ने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरिएको जानकारी दिएका हुन् । उनले मुलुकको सूचना बाह्य मुलुकमा जान नदिने गरी राष्ट्रिय परिचय पत्र सूचना प्रणालीको विकास गरिएको पनि स्पष्ट पारे ।
७ फागुन, २०७५
Share
लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित
अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पुर्याउने बताए।
७ फागुन, २०७५
Share
ब्यवसायीलाई अर्थमन्त्रीले भनेः तुरुन्तै ब्याज घटाउन सकिदैन
बैंकको ब्याज महंगो भएको भन्दै आन्दोलित उद्योगी ब्यवसायीका कुरा सुनेर उचित निष्कर्ष निकाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि अर्थमन्त्री डा. खतिवडाले सरोकारवालालाई छलफलमा बोलाएका थिए ।
७ फागुन, २०७५
Share
ऊर्जा दक्षता रणनीति सार्वजनिक
रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष ०.८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १.६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।
७ फागुन, २०७५
Share
सदनमा शिक्षा र ऊर्जामन्त्रीलाई प्रश्न
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सम्बन्धित विषयमा प्रश्न सोधेका छन् ।
७ फागुन, २०७५
Share
कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति
प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेका छन् ।
७ फागुन, २०७५
Share
शेयर बजार सात अङ्कले घट्यो
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८ विन्दुले घटेर २३४.३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।
७ फागुन, २०७५
Share
पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै
कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
७ फागुन, २०७५
Share
नेक्ससले ब्रामास्मी एसइइ कप खेलाउने
५० ओभरमा खेलाईने ब्रमास्मी एसइइ कप अन्तर्गत कम्तिमा देशभरका ११ स्थानबाट ट्यालेन्ट हण्टको आयोजना गरि खेलाडीको छनोट गरिनेछ । छनोट भएका १०० जना खेलाडीहरुलाई काठमाडौंमा ७ दिने क्याम्पको आयोजना गरि त्यसबाटपनि ४८ जना उत्कृष्ट खेलाडीको छनोट गरिने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
७ फागुन, २०७५
Share
सरकारले भ्रष्टचार र बेथितीको जग बसायोः पौडेल
प्रधानमन्त्री केपी ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए । तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने स्पष्ट पारे ।
७ फागुन, २०७५
Share
ब्यापारीले पाउँलान् त ९ प्रतिशत ब्याजमा ऋण ?
उद्योगी ब्यवसायी आन्दालित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो समस्या समाधान गर्न पहल सुरु गरेका थिए । गत शनिवार आन्दोलनरत उद्योगी ब्यवसायीसँग प्रधानमन्त्री ओली आफैले छलफल गरेका थिए ।
७ फागुन, २०७५
Share
राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबिच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
७ फागुन, २०७५
Share
रहेनन् बाराका सिडिओ
दुर्घटनामा परेका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । भट्टराईको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।
७ फागुन, २०७५
Share
नेविसङ्घमा ३२ वर्ष उमेरहदको माग
नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् ।
७ फागुन, २०७५
Share