'लुट्न सके लुटु' गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न प्रतिष्ठानको आग्रह
प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा काहि कतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पारेको छ।
६ फागुन, २०७५
Share
‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
६ फागुन, २०७५
Share
कुवेतका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई आज नियुक्त गरेका छन् ।
६ फागुन, २०७५
Share
सरकारी योजना एकै दिशातर्फ केन्द्रितः मुख्यमन्त्री गुरुङ
जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने ।
६ फागुन, २०७५
Share
अन्तर्राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई
एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ३–१ सेटले पराजित गरेको हो । एपिएफ २५–१९, २२–२५, २५–२० र २५–२० अङ्कका साथ विजयी भयो ।
६ फागुन, २०७५
Share
सरकार मात्र होइन, प्रणाली नै फेरियोः उपप्रधानमन्त्री पोखरेल
सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८ औँ साक्षरता जिल्ला घोषणा गरे । उनले तीन तहको सङ्घीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ सङ्घीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राखे ।
६ फागुन, २०७५
Share
बी डिभिजन फुटबलमा श्रीकुमारी विजयी
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीकुमारी क्लब विजयी भएको छ । श्रीकुमारीले नयाँवस्ती यूथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
६ फागुन, २०७५
Share
छाउपडी अन्त्यका लागि कानून कार्यान्वयनमा जोड
छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
६ फागुन, २०७५
Share
धितोपत्र बजारः तीन अङ्कले घट्यो
धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ ।
६ फागुन, २०७५
Share
घुस लिएको अभियोगमा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
६ फागुन, २०७५
Share
सरकारी चिकित्सहरुले सामूहिक राजिनामा दिने
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
६ फागुन, २०७५
Share
काठमाडौं डीपीएलको क्वालिफायर्समा प्रवेश
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३३ रन बनायो । उसका लागि अंकित दवासले सर्वा्धिक ४३ रन बनाए । भने अनिल शाहले २३ रनको योगदान गरे । नौ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ४८ रन बनाउँदा तीन विकेट खेर फाल्यो ।
६ फागुन, २०७५
Share
सामाजिक अभियानमा नेताहरुको असहयोगः दनुवार
विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले संचालन गरिरहेको ‘समता–संवाद– शृंखला’ मा आफ्ना अनुभव सुनाउँदै दनुवारले सवैको सहयोगमा मात्रै निकृष्ट चेलिवेटी र मानव वेचविखन विरुद्धका दलाल,विचौलियाहरुलाई जेल कोच्न सकिने उल्लेख गरे ।
६ फागुन, २०७५
Share
काँग्रेसको निष्कर्षः ओलीमा शासकीय क्षमता देखिएन
‘कुनै पनि मुलुकका नागरिकको आफ्नो प्रधानमन्त्रीसँग शासकीय योग्यताको विशेष अपेक्षा हुन्छ तर इतिहासमै सबैभन्दा सहज राजनैतिक वातावरण प्राप्त भएर पनि वर्तमान प्रधानमन्त्रीले वितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रदर्शन गर्न सक्नु भएन,’ सरकारको एक बर्षको समीक्षा गर्दै नेपाली काँग्रेसले भनेको छ ।
६ फागुन, २०७५
Share
न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’बनाउनुपर्छः मन्त्री यादव
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
६ फागुन, २०७५
Share
मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी
संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
६ फागुन, २०७५
Share