विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ
विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ । आज थप दुई जना पक्राउ परेको उनले बताए । अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।
१ चैत, २०७५
Share
चैत २० देखि न्यायाधीश सम्मेलन
काठमाडौमा तीन दिनसम्म चल्ने सम्मेलनले न्यायाधीश आचारसंहिता, न्यायसम्पादन प्रक्रिया, न्यायाधीश र न्यायालयमाथिका चुनौती लगायतका बिषयमा छलफल गर्नेछ ।
१ चैत, २०७५
Share
शेयर कारोबारमा प्यानः बाझियो अर्थमन्त्रालय र बोर्डको निर्णय
अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षा मार्फत २०७६ बैशाख १ गतेदेखि शेयर खरिदकर्ताले अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था कार्यान्वयन गरिने भनेको छ । तर, पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले एकै पटकमा ५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताको लागि प्यान अनिवार्य गर्ने निर्णय गरेको छ ।
१ चैत, २०७५
Share
विप्लवलाई सिंहदरवारमा रातो कार्पेट !
उनले विप्लव नेतृत्वको पार्टीलाई सांगठानिक अपराध ऐन २०७० र मुलुकी फौजदारी संहिता आकर्षित हुने फौजदारी गतिविधि गरेका कारण उसका गतिविधिमा प्रतिवन्ध लगाएको बताए ।
१ चैत, २०७५
Share
एक लाख लिटर घरेलु मदिरा नष्ट
सो अभियान फागुन २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रहरीले जनाएको छ । यो अवधिमा पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।
१ चैत, २०७५
Share
राष्ट्रियसभाबाट चार विधेयक स्वीकृत
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गरेका थिए ।
१ चैत, २०७५
Share
क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा
थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ ।
१ चैत, २०७५
Share
माइपोखरीका होटलमा आगलागी, तीन घर नष्ट, आगो फैलदै
यो समाचार तयार पार्नेबेलासम्म पनि होटल तथा घरमा लागेको आगो नियन्त्रमा आएको छैन ।
१ चैत, २०७५
Share
निर्मला बलात्कार र हत्या प्रकरणः ६ प्रहरी अधिकारीलाई धरौटी मागियो
न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुइवटा अभियोग लगाइएका दुईजना प्रहरी अधिकारी एउटामात्र अभियोग लागेका अन्य प्रहरी अधिकारीलाइ धरौटीमा छाड्न भनेको हो ।
१ चैत, २०७५
Share
ठेकेदारलाई जिम्मेवार बनाउँदै सरकार
विधेयकमा लाभांश रकम प्राप्त गर्ने प्रयोजनका लागि निर्माण व्यवसायीले आयोजना सम्पन्न हुने दिनभन्दा कम्तीमा एक महीना अघि नै कार्यकारी निर्देशकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । विधेयकले आयोजना कार्यान्वयनका लागि आवश्यक सहजीकरणका लागि कार्यकारी निर्देशकको व्यवस्था गरेको छ ।
१ चैत, २०७५
Share
बन्द हड्ताल हुनु दुःखद्ः महासङ्घ
‘सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न अगाडि बढेको अवस्थामा फेरि बन्द तथा हडतालजस्ता क्रियाकलाप हुनु दुःखद् कुरा हो’, विज्ञप्तिमा भनिएको छ ।
१ चैत, २०७५
Share
सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ
वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
१ चैत, २०७५
Share
राष्ट्रियसभा नियमावली पारित
राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
१ चैत, २०७५
Share
स्वास्थ्य संस्थामा औषधि अभाव
राज्यले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरीद गर्न नसकेका कारण जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको उनले बताए । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।
१ चैत, २०७५
Share
राप्रपाको स्वाभिमान यात्रा राजधानी प्रवेश
राप्रपाले स्वाभिमान यात्राको नाम दिएको सो यात्रा सापनको एकदिन अगावै काठमाडौं आइपुगेको हो । भोली राजधानीमा सभा गरेर यात्रा समापन गर्ने कार्यक्रम तय गरिएको छ । यात्राको अध्यक्ष थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा औपचारिक उद्घाटन गरेका थिए ।
१ चैत, २०७५
Share
मलाई मार्ने षडयन्त्र गरिदैंछः प्रचण्ड
आफ्नै सचिवालयमा रहेर काम गरेकाहरुले मार्नका लागि माइन्यूट नै गरेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको भरपर्दो सूचना पाएको समेत दाबि गरे । उनले कसले त्यस्तो निर्णय गरेको भन्नेबारेमा नखुलाएपनि उनले नेत्रबिक्रम चन्द लगायतलाई लक्षित गर्दै आफूलाई मार्ने षडयन्त्र गरिरहेको दाबि गरेका हुन् ।
१ चैत, २०७५
Share
मोदीविरुद्ध चुनाव लड्ने रावणको घोषणा
रावणसँग मोदी सरकारपनि यति डराएको छ की उनलाई पटक–पटक हिरासतमा लिँदै छोड्दै गर्ने गरेको छ । हिरासतमा लिनुको कारण हुने गरेको छ–चुनावी आचार संहिताको उल्लंघन । अन्य नेतालाई पनि यस्तो आरोप लाग्ने गरेको छ । तर, उनीहरु हिरासतमा गएका छैनन् । तर रावण यहि अभियोगमा पटक–पटक पक्राउ परिसकेका छन् ।
१ चैत, २०७५
Share
बम निष्क्रिय
बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् ।
१ चैत, २०७५
Share
एघारबूँदे सहमतिको स्वागत
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गरेका छन् । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गरे ।
१ चैत, २०७५
Share