Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
दया फाउन्डेसनद्वारा 'मानवताका जरा : संस्कृति र परम्पराको उत्सव' कार्यक्रम सम्पन्न
दया फाउन्डेसनद्वारा 'मानवताका जरा : संस्कृति र परम्पराको उत्सव' कार्यक्रम सम्पन्न दया फाउन्डेसनले काठमाडौंमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फाउन्डेसनले  'ए तपेस्ट्री अफ नेपाली कल्चर एन्ड हेरिटेज' नामक कार्यक्रम सम्पन्न गरेको हो ।  
अपहरणका मुख्य योजनाकार पक्राउ
अपहरणका मुख्य योजनाकार पक्राउ जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।