न्यायको चीत्कार, आँसुको व्यापार
यी उत्पीडित नारीहरूलाई ‘सत्य सेवा सुरक्षणम्’ को मन्त्र जप्ने प्रहरीले आपत–विपतमा सुरक्षा देला भन्ने लाग्थ्यो, खाँचो पर्दा दिएन । जिल्लाको राजातुल्य सीडीओले दुःखमा राहत देला भन्ने लाग्थ्यो, खाँचो पर्दा दिएन ।
१ कात्तिक, २०७८
13 min read
Share
ओ महामहिम ! यो कसको लोकतन्त्र हो ?
अहिले-
उही लोकमतको बाजी जित्दा
तिमी किन सिंहासनमा ?
उही लोकमतको बाजी जित्दा
ऊ किन झ्यालखानमा ?
२४ असोज, २०७८
1 min read
Share
आफ्नो जीवन, आफ्नै मर्जी
अनि मैले मनमनै मुस्कुराउँदै भनेँ, 'सरी डाक्टसा'प, हाललाई हजुरभन्दा प्रभावी डाक्टर मेरा चल्तीका दिनचर्या र लत एवं कुलत नै भए । देहमा तिनको चलखेलले गुनिलो काम गर्याे । हाललाई मेरो दामका ठाउँमा दाम बच्यो, ज्यानलाई आनन्दका ठाउँमा आनन्द प्राप्त भयो । आइन्दा के होला, देखा जायगा !
१३ असोज, २०७८
11 min read
Share
नातिनातिनालाई खगेन्द्र संग्राैलाका दुई कविता
‘नानु म भेटिन्छु कि धर्नामा
कि जुलुसमा
म भेटिन्छु कि घरमा
कि खोरमा
म भेटिन्छु कि हाटमा
कि घाटमा ।
२६ भदौ, २०७८
2 min read
Share
बिदा टुहुरे– साढे तीन क्लास पढ्ने, लाखौँ जनता पढाउने गुरु
टुहुरेले भने, ‘कमरेड, पैँसट्ठी वर्षको भएँ । सारा जिन्दगी दायाँ–बायाँ केही नहेरी पार्टी र आन्दोलनमा बित्यो । मेरो भविष्य के हुने हो ?’ प्रत्युत्तरमा कमरेड झलनाथले मुसुक्क हाँस्दै भने, ‘कमरेड, तपाईं गायक मान्छे । खुब घुम्नोस्, गाउनोस्, जनतालाई जगाउनोस्, तपाईंको भविष्य राम्रो छ ।’
१६ भदौ, २०७८
29 min read
Share
'तँलाई गोरखापत्र पढ्नु परोस्'
कवि पश्चगामीलाई सराप दिने सिलसिलामा तैँले यसो गर्नु परोस्, तैँले उसो गर्नु परोस् भन्दै आखिरमा ‘तैँले गोरखापत्र पढ्नु परोस्’ भन्थे । कविको आशयमा गोरखापत्र पढ्नु नारकीय कष्ट झेल्नुसरह थियो ।
२२ साउन, २०७८
12 min read
Share
शेरबहादुरजीलाई स्यानो पत्र
शेरबहादुरजी, तपाईं हाम्रो ‘राम्रो शासक’ नभए पनि परिस्थितिको नाटकीय परिबन्दले ‘खराब हाम्रो शासक’ बन्न पुग्नुभएको छ । सत्ता राजनीतिमा रोज्नलाई ज्यास्ती खराबको विकल्प अपेक्षाकृत कम खराब मात्र हुँदो रहेछ क्यार । भुक्तभोगी लोकको आजसम्मको ननिको अनुभव आखिर यस्तै त छ ।
६ साउन, २०७८
8 min read
Share
गद्दार माधव नेपाल !
माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो ।
२ साउन, २०७८
11 min read
Share
मौसुफ महेन्द्रको मुकुण्डोभित्र
अस्ति त्यो मुकुण्डोमा, हिजो त्यो मुकुण्डोमा, आज यो मुकुण्डोमा, भोलि कुन मुुकुण्डोमा ? अहो ! एक मकुण्डे औतारपछि अर्को मुकुण्डे औतार । आफ्नो रोजाइ र निजत्वको मौलिक औतारचाहिँ खोइ ? कहिले उँधोका हावाको इशारामा नाच्या छ, कहिले उँभोका हावाको इशारामा नाच्या छ । आफ्नो स्वायत्ततासहितको आफूचाहिँ खोइ ? के जीवन केवल कसैको बुख्याँचा हो ?
२२ असार, २०७८
15 min read
Share
रूपा, बरु मर्न तयार हुनू, नझुक्नू
जातीय अहंकारकाे मनोविकार प्रकट गर्ने झुन्ड पनि वास्तवमा पीडित छ । अन्धविश्वासबाट पीडित ! अज्ञानताबाट पीडित ! मूर्खताबाट पीडित ! दुराग्रहबाट पीडित ! परम्पराले मस्तिष्कमा ठोकीठोकी थोपरेको जात–घृणाकाे संस्कारबाट पीडित !
१२ असार, २०७८
13 min read
Share
हे ठाेरीका राम, दुर्गा प्रसाईंकाे डनगिरीका संरक्षकलाई कहिलेसम्म संरक्षण दिइरहने ?
श्री प्रसाईंले बहत्तर सालदेखि आशयपत्र नवीकरण गरेकै छैनन् । यिनको आशयपत्र बहत्तरमै गोपीक्याँच भएको छ । तैपनि बाहुबली ओलीले बीएण्डसीको निरीक्षण गरी रिपोर्ट बुझाउन अध्ययन टोलीको नाटक रचेका छन् ।
५ असार, २०७८
16 min read
Share
मार्सीको स्वाद र नुनको सोझो
आफ्नो चौतर्फी एकाधिकार, बेलगाम स्वेच्छाचार र दुर्दम अहंकारको आत्म–विनाशकारी आगोले जल्दै सत्तामा प्रधानमन्त्री ओलीको आयु पल प्रतिपल छोटिँदो छ । जति आयु छोटिँदो छ, हताश र अत्याशले हंस हल्लिँदै गएका ओलीमा उच्छृङ्खलता र विनाशको वितण्डा त्यति नै बढ्दो छ
२९ जेठ, २०७८
8 min read
Share
घनश्यामादि कणहरूको यादमा
घनश्यामादि कणहरूको दुःखको जड निजहरूको अस्तित्वको त्रास हो । आफू बसिआएको घर जतिसुकै जर्जर, फुकिढल र दुर्गन्धित किन नहोस्, त्यो थोत्रो घर छाडेर नयाँ घर बनाउने उद्यम र जोखिमको कल्पना यिनका लागि सर्वथा असम्भव हो ।
२० जेठ, २०७८
13 min read
Share
कपटकान्तको सन्दिग्ध मृत्यु
कपटप्रति भक्तिभावको उत्ताल भेल उर्लिंदा भक्तगणले मूक भावले जप्यो- हाम्रा प्रिय राजनेताको डकारै संगीतमय, हाम्रा बेजोड ख्वामित्को पादै बास्नादार !
४ जेठ, २०७८
14 min read
Share
चिन्नुहोस् लोकतन्त्रका यी दुई मलामीलाई
सत्ताधारीले मारेको र अदालतले पम्प दिएर बचाएको संसदमा इतिहासको यो चरम पीडामय घडीमा घिनलाग्दो रमिता छ । सत्ताधारी अपराधी विश्वासको मतमा फेल भएको छ । लम्पट प्रतिपक्षी बहुमतको गणितमा फेल भएको छ
२९ वैशाख, २०७८
12 min read
Share
यिनले कसुर गरेकै हुन्, तर ओम्नी, सेक्युरिटी प्रेस र बालुवाटारकाे माटाे खाएजति हाेइन
यी युवाको आठ-नौ वर्षको जीवन, कडा यत्नद्वारा आर्जित ज्ञान, सीप र अनुभव पनि शून्यमा शून्य सरी बिलाइदिन्छ ? बिलाइदिन्छ भने, गाँठ्ठे, यो कस्तो राज्य हो ?
२३ वैशाख, २०७८
10 min read
Share
काकाकुल शहर आँसु पिएर मक्ख छ
राजधानी शहर मेलम्चीको पानीमा शहीदका आँसु पिउँदै मक्ख छ । शहीद भनिने सौभाग्यबाट वञ्चित शहीदद्वय सतिश गोइत र रामकृष्ण थापामगरमाथि आश्रित प्रिय जनहरूका क्लेशयुक्त आँसु निख्रिए कि अझै बग्दै होलान् ?
१२ वैशाख, २०७८
8 min read
Share