प्रदेश २
यस कारण बन्नै पर्छ निजगढ विमानस्थल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाेखरा र भैरहवासँग तुलना गर्न मिल्दैन । पाेखरा र भैरहवा कामचलाउ हुन्, निजगढलाई दक्षिण एसियाकै शानदार विमानस्थलकाे रूपमा विकास गर्ने गरी याेजना अघि सारिएकाे हाे
२० पुस, २०७६
Share
दाइ राजपा, भाइ समाजवादीका उम्मेदवार
नेकपा र नेपाली कांग्रेससँग गठबन्धन गरेका मधेस केन्द्रित राजनीतिक दलले एकाघरका दाजुभाइलाई अलग अलग दलबाट राष्ट्रियसभाको उम्मेदवारका रूपमा अघि सारेका छन्
२० पुस, २०७६
Share
जलेश्वर कारागारका चार गुणा बढी कैदीबन्दी
जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता १ सय ३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४ सय ८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५ सय ३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको छ
२० पुस, २०७६
Share
मैथिली भाषा र संस्कृतिको क्षेत्रमा योगदान दिने स्रष्टा सम्मानित
मैथिली भाषा साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइएको भन्दै जनकपुरधाममा दुई स्रष्टालाई पुरस्कृत गरिएको छ ।
२० पुस, २०७६
Share
बिदाका दिन चलाएका आठवटा सरकारी मोटरसाइकल नियन्त्रणमा
सरकारी गाडीको दुरुपयोग हुन थालेपछि सिरहामा त्यसलाई रोकथाम गर्न प्रहरी सक्रिय भएको छ । यसैक्रममा सिरहामा शनिबार आठ वटा सरकारी नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ
२० पुस, २०७६
Share
निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि १५ महिनापछि डीपीआर सम्झौता
मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो
२० पुस, २०७६
Share
मधेशमा दुई गठनबन्धन
राष्ट्रिय राजनीतिक दलसँग गठबन्धन गरेसँगै मधेशका मुद्दा ओझेलमा परेको उनी बताउँछन् । मधेश केन्द्रित दलले सत्ताका लागि यस प्रकारको गठनबन्धन विगतदेखि नै गर्दै आएका छन्
१९ पुस, २०७६
Share
दसगजा खाली गराउँदै सशस्त्र
एक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ
१९ पुस, २०७६
Share
उद्योगी मालामाल, किसानको बेहाल
उखु उब्जाउने किसान र मूल्य तोक्ने मिल मालिकको प्रवृत्तिले उखु खेतीबाट किसान आजित भइसकेका छन्। उखुको सही मूल्य नपाउँदा तराईका २२ जिल्लाका हजारौं उखुकिसान ऋणमा डुब्दै आएका छन्
१९ पुस, २०७६
Share
बम विष्फोट गराएको आरोपमा विप्लव समूहका नेता पक्राउ
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बम विष्फोट गराएको आरोपमा विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले करिब ३ साताअघि भएको बम विष्फोटको मुख्य योजनाकारका रुपमा विप्लव समूहका आदम राईलाई मस्ट वान्टेड सूचीमा राखेको थियो
१८ पुस, २०७६
Share
प्रदेश २ को संसद वैठक स्थगित
गत आर्थिक वर्षमा उपभोक्ता समितिको बक्यौता रहेको रकमको विवादले पछिल्लो दुई पटकदेखि प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएको हो । सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । तर के कति कारणले बैठक स्थगित गरिएको भन्ने खुलाइएको छैन
१७ पुस, २०७६
Share
‘तिलासक्रायत’ पर्वको चहलपहल सुरू
माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो
१७ पुस, २०७६
Share
घुम्नै पर्ने जनकपुरधामका २५ पर्यटकीय स्थल
नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिला क्षेत्रको महत्व पौराणिककाल देखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढी रुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा बृद्धि भएको छ
१७ पुस, २०७६
Share
जनकपुरमा भ्रमण वर्षको रौनक
नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ ।
१६ पुस, २०७६
Share
मुख्यमन्त्री राउतले गरे जनकपुर अस्पतालकाे निरीक्षण
जनकपुर अस्पताल प्रदेशकै गौरव भन्दै मुख्यमन्त्री राउतले अस्पताल प्रशासनलाई नमुना अस्पताल बनाउन कार्ययोजना तयार पार्न निर्देशन दिए
१६ पुस, २०७६
Share
बाराको पिलुवास्थित एनसेल टावरमा आगजनी
मंगलबार राती १२ बजेको समयमा टावरमा आगो लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए
१६ पुस, २०७६
Share
मुख्यमन्त्री राउतद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामलाई नमूना अस्पताल बनाउने गरी कार्ययोजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्
१६ पुस, २०७६
Share
पर्यटकीय क्षेत्र अम्लेखगञ्जमा खानेपानीको अभाव
बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव सुरु भएको छ
१५ पुस, २०७६
Share
सप्तरीमा कोशी टप्पुबाट आएका हात्तीको आतंक
सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ
१५ पुस, २०७६
Share
रकम भुक्तानीको माग गर्दै प्रदेशसभा स्थगित
डेढ महिनापछि बसेको प्रदेशसभाको बैठक सत्तारुढ दल नेकपाको विरोध पछि स्थगित भएको छ । संसदीय विकास योजनाको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै नेकपाका प्रदेशसभा सदस्यहरुले विरोध गरेका हुन्
१४ पुस, २०७६
Share
स्वार्थको दलदलमा निजगढ विमानस्थल
नेपालमा जब ठूला आयोजना निर्माणको प्रक्रिया अघि बढाइन्छ, तब वातावरणविद्हरूको रोइलो सुरु हुन्छ
१४ पुस, २०७६
Share
वीरगन्ज महानगरपालिकाका कर्मचारी घूससहित पक्राउ
महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेशकुमार जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले घूस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो
१४ पुस, २०७६
Share
बम विस्फोटमा मारिएकाका परिवारलाई प्रतिमृतक ३ लाख
प्रदेश–२ सरकारले धनुषाको महेन्द्रनगरमा गत साता भएको बम बिस्फोटका मृतक परिवारलाई प्रति मृतक ३–३ लाख रुपैया उपलब्ध गराउने भएको छ
१४ पुस, २०७६
Share
चिसो बढेपछि जनकपुरका निजी विद्यालय बन्द
चिसो बढेर विद्यार्थीहरू बिरामी हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिकाका निजी विद्यालयहरू भाेलिदेखि बन्द गरिने भएको छ । धनुषामा मात्र नभई महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा , पर्सा र रौतहटका पनि धेरैजसो विद्यालय बन्द रहेका छन्
१३ पुस, २०७६
Share
फूल फूलाइए कऽ रहल
ओहि राति निन्न हमरासँ कोशो दूर छल । बाहरक पदचापसँ हमरा अभास भऽ रहल छल ओ बरण्डेमे एमहर–ओमहर टहैल रहल छलाह । बहुत देरधरि हम आवेशमे किछु नहि किछु सोचैत रहलहुँ
१२ पुस, २०७६
Share
घण्टौं सडक जाम गराउने झोला
जनकपुरधाम उप–महानगरपालिका–१० स्थित सडक छेउमा भेटिएको एउटा व्यागका कारण सो क्षेत्र घण्टौ तनावग्रस्त बनेको थियो
११ पुस, २०७६
Share
पर्यटकीय पूर्वाधार विकासमा मुख्यमन्त्रीको चासो
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र पर्यटकीय पूर्वाधार विकास गर्ने जिम्मा प्रदेश सरकारको नै हुने बताएका छन्
११ पुस, २०७६
Share
जाडोले एक जनाको मृत्यु, सरकार अझै योजनाविहीन
अत्यधिक जाडोका कारण कठ्यांग्रिएर जनकपुरधाममा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम २३ का ४८ वर्षीया अनिता कापर छिन । अत्याधिक जाडोका कारण घरमै उनको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ
११ पुस, २०७६
Share
सिद्धबाबा प्रकरणः अदालत अगाडि समर्थक र विराेधीका बेग्लाबेग्लै प्रदर्शन
बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा भनिने कृष्णबहादुर गिरीको विरोध र समर्थनमा अदालतबाहिर प्रदर्शन भएको छ । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहँदा कृष्ण गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी भइरहेको छ
११ पुस, २०७६
Share