मेडिकल कलेजमाथि कारवाही माग
सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए ।
२९ फागुन, २०७५
Share
‘कानून निर्माणमा सरकारको संंलग्नता आवश्यक’
मन्त्री ढकालले भने, ‘संसद् कानून बनाउने विषयमा सार्वभौम छ तर त्यसमा सरकारको सङ्लग्नता, सहयोग र समर्थन भएन भने त्यसले वैधता प्राप्त गर्न नसक्ने कुरालाई मनन गर्नुपर्छ, यो सत्य कुरा हो ।’
२९ फागुन, २०७५
Share
पाण्डे समाजले गर्यो पाँडेको विरोध (प्रेस विज्ञप्तिसहित)
विज्ञप्ति यस्तो उल्लेख गरिएको छ – ‘पाँडे पात्रले कहिलकहि अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलकमा भरका पाण्डेहरुको मनमा चोट पुगेको छ ।’
२९ फागुन, २०७५
Share
नेपालको विजयी सुरुवात
उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ३–० ले हराउदै बिजयी यात्रा सुरु गरेको हो । तुलनात्मक रुपमा कमजोर मानिएको भुटानमाथि उपाधी दाबेदार समेत रहेको नेपालले सहज जीत निकालेको हो ।
२९ फागुन, २०७५
Share
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी
सेवाग्राहीलाई आवेदन दिएको छोटो अवधिमा नै चालक अनुमतिपत्र वितरण गर्न १० लाख ‘कार्ड’ खरीद प्रक्रिया शुरु भएकोे विभागले जनाएको छ । विभागले एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि ‘मास प्रिन्टर’ खरिद गर्न लागेको छ ।
२९ फागुन, २०७५
Share
नेकपाको सरकार आएपछि हत्या हिंसा बढ्योः कांग्रेस (विज्ञप्तिसहित)
उसले देशका विभिन्न स्थानमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ता माथि संघातिक आक्रमण र कतिपय स्थानमा हत्या भएको भन्दै सरकारलाइ यस्तो आरोप लगाएको हो ।
२९ फागुन, २०७५
Share
रापप्रा संंयुक्तकाे विधान अनुमोदित
नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव चिह्नलगायत विषयमा बैठकमा छलफल भएपछि विधान पारित भएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।
२९ फागुन, २०७५
Share
कोरियाली भाषा परीक्षा आगामी जेठमा
भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।
२९ फागुन, २०७५
Share
वन्यजन्तुको व्यवसायीकरणका लागि कानून बनाइँदै
वन्यजन्तुको व्यावसायीकरणका लागि कानूनी व्यवस्थासँगै आवश्यक कानूनी संरचनाको समेत प्रस्ताव गरिएको छ । यसमा कडाइका साथ अनुगमन गरिने र तथ्याङ्क राखिनेछ । यस व्यवस्थाले संरक्षणकर्मी आकर्षित हुने र वन्यजन्तु संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।
२९ फागुन, २०७५
Share
प्रदेशसभा १ मा सहकारी विधेयकमा छलफल
प्रदेश –१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३(२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिए ।
२९ फागुन, २०७५
Share
चार हजार युवालाई रोजगार बनाइँदै
उनले छोटो अवधिका तीन महिने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।
२९ फागुन, २०७५
Share
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
नयाँ विधेयकले रु छ अर्ब माथिका पूँजी सार्वजनिक निजी अवधारणाले परिचालन गरी आर्थिक वृद्धि ल्याउने ध्येय राखेको छ । अर्थ मन्त्रालयका अनुसार नौ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न रु १५ खर्ब पूँजी परिचालन आवश्यक पर्दछ । पछिल्लो समय निजी क्षेत्रसित रु १० खर्ब पूँजी परिचालन गर्ने क्षमता रहेको छ ।
२९ फागुन, २०७५
Share
पुँजी बजारमा उत्साह, परिसुचक र कारोबार दुबै उल्लेख्य बढ्यो
नेप्सेका अनुसार मंगलबार १७६ कम्नपीका १९ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । सो दिन सबै समुहको सुचक बढेका छन् ।
२९ फागुन, २०७५
Share
लुटपाट गर्नेसँग वार्ता हुदैनः प्रधानमन्त्री ओली
गत २४ फागुनमा संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको टोलीसँग ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको बताए ।
२९ फागुन, २०७५
Share
‘जात्रै जात्रा’ वैशाख २७ मा
यसअघि चलचित्र फागुन १७ गतेलाई प्रदर्शन मिति तय गरियो थियो । तर, चलचित्रका मुख्य अभिनेता विपिन कार्कीको बाइक दुर्घटनामा परी खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । यसकारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।
२९ फागुन, २०७५
Share
जन्ती वोकेको बस दुर्घटना, दुइजनाको मृत्यु, १० घाइते
भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ शिखरकटेरीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
२९ फागुन, २०७५
Share