सई घिमिरेको प्रमाणपत्र नक्कली
उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रिय कार्यालय, बाराणसी, भारतबाट लिएको इन्टरमिडियट तहको प्रमाणपत्र नक्कली भएको र सो पेश गरेर जागिर खाएको अख्तियारको दाबी छ ।
३० फागुन, २०७५
Share
शेयर बजार दोहोरो अङ्कले घट्यो
कारोवार भएका दश उपसमूहमध्ये वित्त २.७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ । बैंकिङ १०.५८, होटल ४२.४५, विकास बैंक १७.६२, जलविद्युत् २१.०९, निर्जीवन बीमा ८९.०५, उत्पादन ३८.८१, अन्य २.३९, लघुवित्त २१.६१ र जीवन बीमा ७३.५१ विन्दुले घटेको छ ।
३० फागुन, २०७५
Share
भारतद्धारा माल्दीभ्स पराजित
प्रतियोगितामा भारतकी जर्सी नं ८ की मिडफिल्डर सन्जले दुई गोल गरेकी छन् । भारतको गोल गर्ने अन्य खेलाडीहरुमा ग्रेस डाङमी, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेम रहेका छन् ।
३० फागुन, २०७५
Share
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा राष्ट्रपतिसमक्ष प्रस्तुत भएको उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत सदनमा छलफलका लागि प्रस्तुत गरिने सवैधानिक व्यवस्था छ ।
३० फागुन, २०७५
Share
खेलकूद विधेयक प्रस्ताव स्वीकृत
बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताए ।
३० फागुन, २०७५
Share
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराए ।
३० फागुन, २०७५
Share
चुरे राजमार्गको सर्भे शुरु
भारतको दार्जिलिङ जिल्लास्थित खरबनी छेउको नेपाली भूभागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बीच भागबाट पश्चिम नेपालको प्यूठान जोड्ने छ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्तरको चुरे बस्तीको बीचबाट पूर्व पश्चिम जोड्ने चुरे राजमार्गको सर्भे अहिले इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा भइरहेको छ ।
३० फागुन, २०७५
Share
सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री
डा खतिवडाले भने, ‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’
३० फागुन, २०७५
Share
आगोमा बारुद हालेर निभाउने प्रयासः कार्की
कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर विप्लव नेतृत्वको नेकपाको गतिविधीमागि लगाइएको प्रतिवन्धलाई ‘आगोमा बारुद हालेर निभाउने प्रयास’ को संज्ञा दिएका छन् ।
३० फागुन, २०७५
Share
११ बूँदे सम्झौता राउतबाट कार्यान्वयन नभएको आरोप
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मागमा विषयमा सरकारलाई अर्को बैठकमा जवाफ दिन निर्देशन दिए ।
३० फागुन, २०७५
Share
तेस्रो पटक थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद
मङ्सिर मसान्तसम्म करीब एक हजार सवारी मात्र कम्पनीमा दर्ता भएको विभागले जनाएको छ । मङ्सिर मसान्तपछि कति सवारी कम्पनीमा दर्ता भई विभाग र त्यसअन्तर्गतका कार्यालयमा पञ्जीकरण भए भन्ने तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ ।
३० फागुन, २०७५
Share
विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्यः सभापति देउवा
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पारे ।
३० फागुन, २०७५
Share
राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गरे ।
२९ फागुन, २०७५
Share
मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा
उनको समूहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महिनासम्मको भुक्तानी लिन बाँकी रहेको छ । परिवारको रोजी रोटी जुटाउन भिरमा झुण्डिएर ज्यान नै माया मारेर गरेको कामको ज्याला नपाएकोमा अर्का मजदूर गुरुप्रसाद दुलाले पनि दुखेसो गरे ।
२९ फागुन, २०७५
Share
जनकपुर–पटना बसमा यात्रीहरुलाई सास्ती
मैथिलीका बरिष्ठ समालोचक डा. रामानन्द झा रमण जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका थिए । उनले पटनाबाट छुटेको बस बिहान ३ बजे भिठामोड सीमामा पुर्याएपनि जनकपुरधाम आउन बिहान ७ बजेसम्म कुर्नुपरेको बताए ।
२९ फागुन, २०७५
Share
यस्तो छ ‘शुभ लभ’को दोस्रोे गीत
चलचित्रले प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा भन्छ । चैत १५ गतेबाट प्रदर्शन हुने चलचिलाई निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।
२९ फागुन, २०७५
Share
गलाको पासो बन्दै घर बनाउँदाको ऋण
भूकम्पले घर भत्किएपछि जैमिनी नगरपालिका–१० राङ्खानीकी सुमित्रा श्रीशले ऋणधन गरेर तत्काल ओत लाग्ने टिनले छाएर दुई कोठे घर बनाए । पीडितको सूचीमा समावेश भएको उनले पहिलो किस्ताको रकम त पाए तर दोस्रो किस्ताको रकम पाउनका लागि मापदण्ड नपुगेको प्राविधिकले बताउने गरेका छन् ।
२९ फागुन, २०७५
Share