नक्कली भुटानी शरणार्थी बनेर अमेरिका पुगेका अशोक पोखरेललाई नेपाल फिर्ता ल्याउन प्रहरीले पहल थालेको छ ।विराटनगरका पोखरेललाई प्रहरीले फरार प्रतिवादीसमेत बनाएको छ ।
प्रहरीले नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गरेर सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । पोखरेलसहित अन्य १४ जनालाई प्रहरीले फरार प्रतिवादी बनाएको छ । पोखरेललाई नेपाल फिर्ता ल्याउन प्रहरीले नेपालस्थित अमेरिकी दूतावासलाई पत्रचारसमेत गरेको छ । तर, दूतावासले त्यसको जवाफ भने दिएको छैन ।
प्रहरीका अनुसार पोखरेल २०१६ अघि नै नक्कली शरणार्थी बनेर अमेरिका पुगेको खुलेको छ । नक्कली शरणार्थी ठगी प्रकरणमा समेत पीडितलाई प्रभाव पार्न उनी सक्रिय रहेको खुलेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार यो प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र उनका सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई फरार छन् । इन्द्रजित राई भने पक्राउ परेका छन् ।
त्यस्तै, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, लक्ष्मी महर्जन, धिरेन महर्जन, दिपा हुमागाईं, मोहन राई, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल र आशिष बुढाथोकी पनि फरार छन् ।
यी पनि पढ्नुस् :
अनुसन्धान प्रतिवेदन शुक्रबारभित्रै बुझाउने प्रहरीको तयारी, अझै को-को छन् फरार ?
यसरी पटाक्षेप भएको थियो नक्कली शरणार्थी प्रकरण, थप को–कोमाथिको प्रमाण जुटाउँदैछ प्रहरी ?
सचिव पाण्डेबाट प्रहरीले पाएको त्यो प्रमाण, जसले पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा पुर्यायो
निवासमा चुकुल लगाएर बसेका थिए खाँण, प्रहरीमाथि हातपातमा उत्रेपछि तनाव
अख्तियार प्रमुख राईसम्म पनि रकम पुर्याएको आरोपीको बयान, प्रमाण जुटाउँदै प्रहरी
पक्राउ पर्ने डरले खरिद गरेको ६ करोडको घर छाडेर रिसोर्टमा बस्न थालेका थिए पाण्डे, यसरी परे प्रहरी फन्दामा
नक्कली भुटानी शरणार्थी प्रकरण : हाई प्रोफाइलतर्फ मोडिँदै अनुसन्धान, इन्द्रजितपछि को–को पर्लान् पक्राउ ?
नक्कली भुटानी शरणार्थी प्रकरण : कसरी पुग्यो गृहमन्त्रालयको गोप्य प्रतिवेदन ठगी गर्ने गिरोहसम्म, पूर्वगृहसचिव नै शंकाको घेरामा
यसरी बनाइएको थियो अमेरिका लैजान नक्कली शरणार्थी, शंकाको घेरामा गृहका कर्मचारीदेखि नेतासम्म
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० ११:२१