‘विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’
छलफलमा चिकित्सकहरुले मन्त्रालयका एकेडेमीहरुको निगरानी र विस्तारका लागि कुनै प्रयास नभएको गुनासो गरे । अधिकांशले पदाधिकारी नियुक्ति गर्दा आर्थिक चलखेलका कारण प्रतिष्ठान जर्जर बनेको भन्दै स्वच्छ मान्छेलाई कुनै चलखेल बिना नियुक्ति गर्न माग गरे ।
५ चैत, २०७५
Share
कर्णाली प्रदेशसभामा ‘ढ्याप्ढ्यापे’
सदनको कारवाही शुरु हुनुअघि सदस्यहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न अनुमति माग्नुलाई संसदीय भाषामा ‘ढ्याप्ढ्यापे समय’ भन्ने गरिन्छ ।
५ चैत, २०७५
Share
प्रदेश २ मा सत्र विधेयक पारित
मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बाँकी १७ विधेयक प्रदेशसभामा विचाराधीन अवस्थामा रहेका बताए । विपक्षी दलका सदस्यका कारण प्रदेशसभा अवरोध भएपछि ती १७ विधेयकमाथि छलफल हुन नसक्दा पास हुन नसकेको बताइएको छ ।
५ चैत, २०७५
Share
राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक ल्याउन माग
काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले संसद्मा वितरण गरेको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक संविधानको व्यवस्था अनुकूल नरहेको र राष्ट्रिय सुरक्षा परिषद् तथा नेपाली सेनाको भूमिकालाई अवमूल्यन गर्ने गरी ल्याइएको अरोप लगाए । उनले विज्ञप्तिमार्फत उक्त विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी ल्याउन माग गरे ।
५ चैत, २०७५
Share
आठौँ राष्ट्रिय खेलकूद चैतमै
नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–‘आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।’ यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए ।
५ चैत, २०७५
Share
न्यायालयको भ्रष्टाचार रोक्ने घोषणा
कार्यक्रममा बारमा प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायी समूहतर्फका अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर श्रेष्ठले न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
५ चैत, २०७५
Share
डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिलाई विशेष व्यवस्था गर्न आग्रह
डाउन सिन्ड्रोम समाज नेपालका अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरु प्राथमिकतामा नपरेको, घरभित्र समेत भेदभावपूर्ण वातावरणको शिकार हुनु परेको, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था तथा सुनिश्चितता हुन नसकेको बताए । उनले अपाङ्गताको अवस्थाअनुसार परिचयपत्र प्राप्त गर्न नसक्दा पहिचानको अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे ।
५ चैत, २०७५
Share
मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने
नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । पूँजीगत आधार बलियो बनाउन, उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी व्यवसाय विस्तार गर्न र शेयरको बुक भ्याल्यू अभिवृद्धि गर्न आफूहरु गाभिन लागेको ती बैंकले जनाएका छन् ।
५ चैत, २०७५
Share
असारसम्म नौ आयोजनाको अध्ययन सकिने
यस्तै ४१ मेगावाटको सङ्खुवा खोला, करीब ४० मेगावाटको सङ्खुवा खोला एक, ३२ मेगावाटको म्याग्दी खोला, १९ मेगावाटको तल्लो चमेलिया, पाँच मेगावाटको भेरी खोला र ४ दशमलव ४ मेगावाट क्षमताको ४ मेगावाट क्षमताको लुन्ग्री खोला छन् ।
५ चैत, २०७५
Share
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
मन्त्री कार्कीले सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक पाटो भएकाले यसलाई बलियो र परिपक्व बनाउन सदस्यहरुका विचार र सैद्धान्तिक बहसले कानूनमा त्रुटि हुन रोक्ने विश्वास व्यक्त गरे । सो विधेयकमाथिको छलफलमा १६ जना सदस्यले भाग लिएका थिए।
५ चैत, २०७५
Share
महिला टी–२० क्रिकेट लिगका टोली घोषणा
पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ ।
५ चैत, २०७५
Share
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित
उनले भने, विधेयकमा धेरै कुरा अपुग छन्, छुटेका छन् । अझै छलफलको आवश्यकता छ भन्ने देखाएको छ, विस्तृत र गहनसँग छलफल गर्न पाएको भए निकै फलदायी बनाउन सकिने थियो ।’ छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयक पारित गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे ।
५ चैत, २०७५
Share
ओहोदाको प्रमाणपत्र प्रस्तुत
आज ओहोदाको प्रमाणपत्र पेश गर्ने सबै गैरआवासीय राजदूत हुन् । उनीहरूलाई एक होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा लगिएकोे थियो ।
५ चैत, २०७५
Share
नेपाल फूलमा परनिर्भर
नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात गरिएको थियो । नेपालमा फूलखेती व्यावसायिक रुपमा गर्न थालेको अढाइ दशक वितेको छ ।
५ चैत, २०७५
Share
औद्योगिक विकासका लागि प्रदेश २ सरकारको बम्पर उपहार
‘उद्योग प्रवद्र्धनका लागि प्रदेश २ सरकारले २० वर्ष कुनै कर नलिने, सुरक्षा प्रदान गर्ने, भूमि व्यवस्थापन गर्ने, विजुली प्रदान गर्ने तथा ३ घण्टाभित्रै उद्योग दर्ता प्रक्रिया पुरा गर्ने निर्णय गरेको छ, आइतवारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्री राउतले भने ।
५ चैत, २०७५
Share
प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा पारी रु ३० लाख मात्रै तिरेर सफाइ दिन लागिएको समेत अनुसन्धानबाट खुलेको छ ।
५ चैत, २०७५
Share
केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि ३५ अर्ब रुपैयाँ लाग्ने
प्राविधिक रुपमा अध्ययन गर्न समय र पैसा दुवै लाग्ने भएकाले मन्त्रालयले सो आयोजनाका लागि आवश्यक बजेटको प्रबन्ध गर्नसमेत राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको समितिको बैठकमा उनले जानकारी दिए ।
५ चैत, २०७५
Share
इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन
लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरे ।
५ चैत, २०७५
Share
नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने
नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।
५ चैत, २०७५
Share