सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने
खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए ।
८ फागुन, २०७५
Share
दुर्घटना अपडेटः चार जनाको मृत्यु
ध १ ज ७९१ नं. को जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
८ फागुन, २०७५
Share
आहा रारा गोल्डकपमा १० टोली
पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।
८ फागुन, २०७५
Share
फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया भिड्दै
ड्रिम फाप्ला मैदानमा मध्यान्ह साढे १२ बजे डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
८ फागुन, २०७५
Share
भरतपुर अस्पतालको स्तरोन्नति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ ।
८ फागुन, २०७५
Share
स्वस्थानी व्रत सम्पन्न
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बस्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकोले परम्परागत रूपमा कथा प्रचलित हुँदै आएको मानिन्छ ।
८ फागुन, २०७५
Share
६२३ सरकारी आयोजना अलपत्र
केही वर्षयता सडक र पुलको ठेक्का हत्याउने प्रतिस्पर्धा छ । एउटै निर्माण व्यवसायीले अर्बौंको ठेक्का आफ्नो कब्जामा पार्ने गरेका छन् । सयौं ठेक्कामा पटक–पटक म्याद थप्दा पनि निर्माण अलपत्र भइरहेको छ । कतै वर्षौंदेखि पुल निर्माण अलपत्र छ भने कतै सडक लथालिंग छन् । प्रभावकारी अनुगमन हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको हो ।
८ फागुन, २०७५
Share
बलात्कारपछि बालिकालाई जलाउने अभियुक्त पक्राउ
रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ ।
८ फागुन, २०७५
Share
बी डिभिजन लिगः झम्सिखेल विजयी
एन्फा मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा श्री कुमारीका यज्ञ प्रधानले खेलको ८४ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल झम्सिखेललाई तीन अङ्क दिलाउन महत्वपूर्ण बन्यो ।
८ फागुन, २०७५
Share
चाम्लिङ राईको वंशावली सार्वजनिक
कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।
८ फागुन, २०७५
Share
नेपालले बुधबार मेघालयसँग खेल्ने
सोमबार त्यसतर्फ गएको नेपाल यू–२१ टोलीले आज अभ्याससमेत गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपाली टोलीले गुहावटीको नेहरु मैदानमा आज बिहान ९ देखि ११ बजेसम्म अभ्यास गरेको थियो ।
८ फागुन, २०७५
Share
काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताए ।
८ फागुन, २०७५
Share
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
उपभोक्ता समितिले २३ थान १० एमएम र ४६ थान आठ एमएम गरी कूल ६९ थान विद्युत् पोल निर्माण योजनामा प्रयोग गर्नुपर्नेमा ३० थान आठ एमएमको पोल मात्र प्रयोग गरी भुक्तानी दिएको पाइएको छ ।
८ फागुन, २०७५
Share
प्रदेश स्तरीय खेलकुद परिषद बनाइने
उनले ६ दशकको लामो समयमा खेलकुद क्षेत्रले उल्लेख्य उपलब्धी हासिल गर्न नसकेको र खेलकुद क्षेत्रमा आशा लाग्दो र भविष्य सुनिश्चित गर्ने क्षेत्र बन्न नसकेको बताए ।
८ फागुन, २०७५
Share
आर्थिक रुपान्तरणका लागि ढोका खुल्योः राष्ट्रपति
राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।
८ फागुन, २०७५
Share
न्यायाधीश जोशीको राजिनामा स्वीकृत
राष्ट्रपति बिद्यादेवी भण्डारीले जोशीको राजिनामा स्वीकृत गरेकी हुन् । जोशीले आज बिहान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामार्फत राष्ट्रपतिसमक्ष राजिनामा वुझाएका थिए ।
८ फागुन, २०७५
Share
मानवअधिकारमैत्री कानून बन्छः सभामुख भण्डारी
उनले प्रदेशसभाले कानून निर्माण गर्दा मानवअधिकारको मर्मलाई समाबेश गर्ने र त्यसको कार्यन्वयन गर्न प्रतिबद्ध रहेको र मानवअधिकार लोकतन्त्रको आधार भएको भन्दै लोकतन्त्रमा मात्र मानवअधिकारको संरक्षण र प्रत्याभुती हुने बताए ।
८ फागुन, २०७५
Share