१० वर्षे युुद्ध बल्झाउने त्यो एक घण्टा
रमाइलो कुरा त, यसमा हामी दर्शक बनेर गएकाहरू मञ्चमा हुन्छौं । कलाकारहरू पृष्ठभूमिमा हुुन्छन् । नाटकमा हामी कलाकारका क्रियाकलाप नियाल्थ्यौं ।
२३ असार, २०७९
11 min read
Share
स्टारडम भुलेर ‘प्रकाश’मा बदलिएका प्रदीप
दिनहुँ फिल्मको अफर आइरहने प्रदीपलाई भने यो टिमसँग काम गर्ने रहर थियो । प्रदीपले नै दिनेश र विकासलाई प्रस्ताव गरेका थिए । प्रदीपले दिनेश र विकासको टिमसँग बायोपिक फिल्ममा काम गर्ने सम्झौता भएको थियो । तर, कोभिडका कारण त्यो काम अगाडि बढेन ।
२२ असार, २०७९
4 min read
Share
आठ वर्षदेखि 'दोख'ले दुखाइरह्यो, तर अनुपले दु:ख मानेनन्
फिल्म सुटिङको बेला भोजपुरको सुन्तलेडाँडा गर्मीले तातिएको थियो । सुक्खा मौसममा पट्यारलाग्दो हावा चलिरहने । वृद्धवृद्धाको उदास अनुुहार, टोलाइरहने आँखा, एकल महिलाका फुङ्ग उडेका अनुहार, रित्तो स्कुलको कोठा । आक्कलझुुक्कल हिँड्ने सेना । झट्ट हेर्दा जनयुद्धको बिम्ब झल्किने ठाउँ, अनुपलाई त्यस्तै लाग्यो ।
१८ असार, २०७९
8 min read
Share
फिल्म 'प्रकाश'को 'जोर मैना' गीत : अर्ग्यानिक प्रेमको सुन्दर प्रस्तुति
उनीरूको प्रेम पवित्र छ । तर, राधालाई परिवारको छेकबार छ । उसलाई प्रेम गर्ने केटा परिवारको मूल्यांकनमा योग्य छैन, ऊसँग सीप जायजेथा केही छैन । मनमा अंकुराइरहेको प्रेमलाई दबाएर राधा प्रेमीबाट टाढिन खोज्छे । अचानक टाढा भएकी प्रेमिकाको पिछा गरिरहेको प्रेमीलाई भनिदिन्छे- तँ मलाई मन पर्न छाड्यो ।
१६ असार, २०७९
4 min read
Share
जो खुम्बुको उकालोमा २७ वर्षदेखि फोहोर टिप्दैछन्
बुट्यान समाउँदै उनी भिरमा अल्झेका फोहोर टिप्न पुग्छन् । एकपटक गोडा चिप्लियो । धन्न हातले बुट्यानको फेद समातिरहेको थियो । खसेको भए फिर्ता आउँथेनन् उनी । गोरेटोमा उक्लेपछि मनमनै भने, ‘दशा नलागुञ्जेल मर्दिनँ ।’
९ असार, २०७९
5 min read
Share
अँध्यारोभित्र उज्यालो खोज्ने छायाकार
सुटिङ सकिएपछि एक दिन खगेन्द्रले दीपकलाई रहस्य खोलेका थिए, ‘दाइ, खासमा मलाई धेरैले तपाईंसँग काम गर्न सकिन्न, अप्ठेरो हुुन्छ भनेका थिए । काम गरेपछि लाग्यो- उनीहरूले तपाईंलाई बुझ्नै बाँकी रै'छ ।’
७ असार, २०७९
13 min read
Share
सुदूरपश्चिमको कथा नबोकेको 'चिसो मान्छे'
फिल्म हेरेर हलबाट बाहिरिँदै गर्दा दर्शकको आँखामा सन्तुष्टिभन्दा पनि प्रश्न बढी देखिन्थे । पोस्टर र टिजरबाट ‘वाहवाही’ पाएका कलाकार र फिल्ममेकरले फिल्मबाट त्यो गुमाउँछन् कि भन्ने डर छ ।
३ असार, २०७९
7 min read
Share
'चोरको स्वर' बुझाउन जाँदा देखिएको अँध्यारो गाउँ
‘कुनैबेला कथा भनेको जनयुद्धमाथि मात्र बन्छ जस्तो लाग्थ्यो । यो चाहिँ नाटक बन्छ कि बन्दैन भनेर आफैँमाथि आएको द्वन्द्व थियो । किनकि अरुले खासै वास्ता गरेको विषय थिएन,’ अनिल सुनाउँछन् ।
१ असार, २०७९
6 min read
Share
बेलायतबाट पर्या–साहित्यको अभियान चलाइरहेका पूर्वब्रिटिस आर्मी
प्रश्नहरू नतेर्सिने होइनन् । तर, उनको दाबी छ- साहित्यले चेतनामै प्रभाव पार्ने हो । ‘थकित पृथ्वी’ कथासंग्रह, ‘को-उत्सर्जन’ निबन्धसंग्रह र ‘बागमती ब्लुज’ कवितासंग्रह मानिसलाई सचेत बनाउने कलाका माध्यम हुन् विजयका लागि ।
२२ जेठ, २०७९
8 min read
Share
भोट हाल्न घिस्रिनुपरेको घटनाबारे निर्वाचन आयुक्तको जवाफ- कुनै ठाउँमा त्यस्ताे भयाे हाेला, अन्यमा राम्राे छ
निर्वाचन आयोगलाई पटकपटक सचेत गराउँदा पनि अपाङ्गमैत्री संरचना बनाउन नसकेकोमा आपत्ति रहेको मानवअधिकार आयोगका कार्यवाहक सचिव मुरारिप्रसाद खरेलले बताए ।
३० वैशाख, २०७९
6 min read
Share
नेपाल आइडल रवि वड पाँच वर्षअघि म्यादी प्रहरी थिए
ठीक चार वर्षअघि मतदानस्थलमा सुरक्षाका लागि सतर्क भएर उभिनुपर्थ्यो । त्यतिबेला न मतदाताले चिन्थे, न उम्मेदवारले । ‘अहिले त उम्मेदवारहरूको फोन र म्यासेजले धानिनसक्नु हुन्छ । हिजो गार्ड भएर उभिनुपर्थ्यो । आज अतिथि भएर उभिइदिन उहाँहरूको आग्रह हुन्छ । तर, कसैकोमा गए पो,’ रवि सुनाउँछन् ।
२६ वैशाख, २०७९
6 min read
Share
'कबड्डी'मा वीरकाजी र मैयाँको जोडी मनपर्थ्यो मिरुनालाई, फाइनल म्याचमा उनै
‘कबड्डी ३’मा पनि वीरकाजीको बिहे नहुँदा मनमा खल्लोपना त थियो नै । ‘होला कि नहोला’ भनेर कल्पिरहेको समयमा समग्र कथाकै निर्णायक पात्र हुन पाउनुु कम रोचक थिएन उनका लागि । मनमा उठिरहेको त्यही प्रश्नको जवाफ अहिले मिरुनासँग छ । कतिपयले सोध्छन्, ‘वीरकाजीको बिहे भयो ?’
२० वैशाख, २०७९
6 min read
Share
उदितनारायण झाले खेलेको नेपाली फिल्म, जुन उनी सम्झन चाहन्नन्
उदित अभिनय जान्दैन थिए । तुलसीलाई लाग्यो, सिकायो भने राम्रो गराउन सकिन्छ । 'मैले उसलाई हात समाएर सिकाएको थिएँ अभिनय । फाइटको सिनमा मुड्की हान भन्दा पनि सिधा हान्न जान्दैन थियो,' तुलसी ती किस्सा सम्झन्छन् ।
२० वैशाख, २०७९
5 min read
Share
प्रहरीले मिलापत्रमै टुंग्यायो काभ्रेको निर्घात कुटपिटको घटना
आरोपित लामा र पीडित पाण्डे पक्षबीच शुक्रबार दिउँसो मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए ।
१६ वैशाख, २०७९
2 min read
Share
धुलिखेलमा कांग्रेस नेताकाे साथ समाजवादीलाई, कार्यकर्ताको समर्थन बागीलाई
गठबन्धनको निर्णयलगत्तै कांग्रेसको नगर कार्यसमिति र १२ वटा वडा कार्यसमितिको तत्काल बैठकले चुनाव बहिष्कार गर्ने घोषणासमेत गर्यो । त्यसयता कांग्रेसभित्र आन्तरिक किचलो सुरु भएको छ । गठबन्धनको निर्णयलाई लत्याउँदै नगर सभापति विदुर बस्नेतले बागी उम्मेदवारी दिएका छन् ।
१५ वैशाख, २०७९
6 min read
Share