पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणदर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।
संघले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसंक्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ ।
संघको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ २०:००