नेपाल बार एसोसिएसनको अध्यक्षमा व्यावसायिक कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायालय सुधारका लागि बलियो बारको खाँचो औँल्याएका छन् ।
अहिले बार छ कि छैनको अवस्थामा रहेकाले न्यायालय भ्रष्टाचारको अखडा बनेको जनगुनासो आएको उनले बताए । बलियो बार र सुदृढ न्यायालयका खातिर झकझक्याउन पनि आफू बार अध्यक्षमा निर्वाचित हुनुपर्ने बताए ।
शिलापत्र विशेषमा संवाद गर्दै उनले आगामी २३ चैतमा हुने चुनावमा देशभरका ९ हजार ९ सय ९७ जना अधिवक्ताले आफूलाई अध्यक्षमा निर्वाचित गर्नेमा विश्वस्त रहेको सुनाए ।
अध्यक्ष निर्वाचित भए न्यायाधीशहरूले गर्ने फैसलाको ‘जुरीम्याट्रिक स्टडी’ गरेर बारले प्रतिवेदन सार्वजनिक गर्ने बताए । त्यसो गरिए न्यायालयमा सेवाग्राहीसँग कसैले पैसा नमाग्ने र न्यायालय स्वच्छ हुने उनको दाबी छ ।
न्यायालय सुधार, बलियो बार र वकिलहरूको क्षमता अभिवृद्धि, हकहितसँगै अधिकारको पक्षमा लड्न पनि बार अध्यक्षमा आफ्नो अपरिहार्यता रहेको उनले बताए । फरक प्रसङ्गमा उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार आन्दोलित हुँदा आफूलाई बोलाएर न्यायाधीश बन्न र आन्दोलन नगर्न भनेको खुलासा पनि गरे । तर, आफूले सिँधै अस्वीकार गरेको उनले बताए ।
पूरा भिडियो संवाद :
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ २०:२८