यस्तो सरकारलाई म जनरक्षक सरकार भनूँ कि जनभक्षक सरकार ?
अन्तअन्त लकडाउन गर्दा सरकार धेरथोर दयालु देखिएका छन् । बुटिटाट जनलाई तिनले थोरैतिनो चारोको चाँजो मिलाएका छन् । नेपालमा तातोभुत्लो केही छैन । दूर दरबारबासी सरकार ठान्दो हो, 'मेरो पेट दुनियाँको पेट हो । मैले टन्न खानु दुनियाँले टन्न खानु हो । बस्, म खुब खान्छु, टन्टै खलास !'
२४ मंसिर, २०७७
6 min read
Share
आफैँ आफूलाई मार्दै जिन्दगीभरि
सडक पेटीमा शानले फसफस चुरोट उडाउँदै हिँडेका पट्ठालाई जब देख्छु, मलाई त्यो आफ्नै सक्कलबमोजिमको दुरुस्त नक्कलजस्तो लाग्छ । मूूर्ख, लहडी, आफ्नै हातले जिउँदै अंशअंश गरी आफूलाई दागबत्ती दिइरहेको, र त्यो दागबत्ती दियाइमा मिथ्या शान र आत्मविनाशक आनन्द अनुभूत गरिरहेको !
१९ मंसिर, २०७७
16 min read
Share
कोरोनातुल्य कुदृष्टिले गर्नु गर्यो
कोरोनाअघि सेतो कपाल सम्मानको निशानी थियो । कोरोनापछि यही कपाल हेलाको निशानी बन्यो । अन्तका कुरा के गर्नु, सभ्य भनाउँदा बेलायत–अमेरिकाको ताल पनि देखियो ।
७ मंसिर, २०७७
6 min read
Share
अलिकता गडबड भा'कै हाे, हगि त हाङयुग ब्राे
‘सत्ता र सत्य’ सानो दराजको डिलबाट मलाई टुलुटुलु हेरिरहेछ । यो वास्तवमा छापिएका ३ हजार थान पुस्तक जम्मैको प्रतिनिधिमूलक हेराइ हो । यो हेराइले हाङयुगीय लवजमा मलाई नित्य गिज्याइरहेझैँ लाग्छ- ‘हगि त खगेन्ब्रो ?’
२ मंसिर, २०७७
Share
कपाल : ट्रम्पकाे, बाेरिस जाेन्सनकाे, अनि मेराे
ज्ञानवान् कौवालाई निवेदन गरेँ— ‘सत्य बोल् ब्रिटिश कौवा । बोरिस सरको कपाल निजहजुरको सौन्दर्य चेतको रूप हेर्ने ऐना हो ?’ सदा बाचाल काग अहिले भने मौन रह्यो । कुरुप कपालको विकर्षणले मलाई डोनाल्ड ट्रम्पको कपाल याद दिलायाे
२२ कात्तिक, २०७७
Share
अस्ट्रेलियावासी टीभी सम्पादकलाई काठमाडाैंबाट पत्र
तपाईंकाे प्रकाशनमा मेरो सानो लेखको पुछारमा घिउकमिले अक्षरमा एउटा विस्मयकर प्रकाशकीय सूचना पढेँ । सूचनामा एक राउण्ड निषेधकारी संहिता छ र एक राउण्ड ध्वाँस छ। यो जङ्गी सूचना भन्छ- ‘यो सामग्री लिखित अनुमति नलिई अन्य कुनै अनलाइन वा पत्रपत्रिकामा प्रकाशित/प्रसारित गर्न पाइने छैन । यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही अघि बढाइनेछ’
१७ कात्तिक, २०७७
Share