साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी
नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।
१० असार, २०७७
Share
अख्तियारको क्षेत्राधिकार वृद्धि प्रस्ताव, यस्ता छन् नयाँ अधिकार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ ।
९ असार, २०७७
Share
काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर बन्दै
सवारी व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर निर्माण हुने भएका छन् । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।
९ असार, २०७७
Share
अब इन्टरनेट स्पिडको स्पष्ट जानकारी दिनुपर्ने
सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट स्पिड नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।
८ असार, २०७७
Share
कोरोना महामारीको बढी जोखिममा गर्भवती
लकडाउनका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पताल कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।
८ असार, २०७७
Share
विदेशमा अलपत्र ४ हजार नेपाली स्वदेश फर्किए
कोरोनाका कारण विदेशमा अलपत्र परेका ७ सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् ।
८ असार, २०७७
Share
कुकुर पाल्न अब अनुमति लिनुपर्ने
कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै बिहानै २/४ किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुुुुुु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।
८ असार, २०७७
Share
देशका विभिन्न स्थानमा १० वटा सिग्नेचर पुल बन्दै
देशभर १० वटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएका छन् । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।
८ असार, २०७७
Share
२ लाख शिक्षकले पाएनन् ३ महिनादेखिको तलब
कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झण्डै २ लाख शिक्षकले ३ महिनादेखि तलब पाउन सकेका छैनन् ।
७ असार, २०७७
Share
सम्पत्ति कमाउन राजनीतिमा आएको होइन : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताएका छन् ।
७ असार, २०७७
Share
घर भाडा आधा छुटको गृहकार्य
कोभिड-१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब १ वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।
७ असार, २०७७
Share
अझै झस्किन्छन् रुकुम घटनाका घाइते
भेरी नगरपालिका-४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किन्छन् ।
६ असार, २०७७
Share
निःशुल्क उद्धार कार्यविधि बनाउँदै सरकार
सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ ।
६ असार, २०७७
Share
बलात्कार मुद्दाको पहिलो प्रमाण पीडित
पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ ।
६ असार, २०७७
Share
लकडाउनको अधिकार प्रदेशलाई
प्रदेश सरकारले जनसंख्याको अनुपात र कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुने गरी पूर्ण बन्दाबन्दी गर्न सक्ने भएको छ ।
६ असार, २०७७
Share
लुकिछिपी आउनेले बढाए काठमाडौं उपत्यकामा जोखिम
प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।
५ असार, २०७७
Share
१ साताभित्र सार्वजनिक सवारीसाधनबारे टुंगो लाग्ने
सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ ।
५ असार, २०७७
Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य धकेलिँदै
चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ ।
५ असार, २०७७
Share
रोप्नुअघि नै तोकियो धानको मूल्य
सरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नीतिअन्तर्गत रोपाइँ सुरु हुनुभन्दा पहिले नै यसपटक धानको समर्थन मूल्य तोकेको मन्त्रालयले जनाएको छ ।
४ असार, २०७७
Share