अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी
सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ ।
१८ असार, २०७७
Share
कर्णाली करिडोरको हिल्सा ट्रयाक असारभित्र खोलिँदै
कर्णाली करिडोरअन्तर्गत हिल्सा-सिमकोट सडकखण्डको ट्रयाक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ ।
१८ असार, २०७७
Share
तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्दै
राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ ।
१७ असार, २०७७
Share
समुदायस्तरमै कोरोना संक्रमण
समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित पुष्टि हुन थालेका छन् । गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् ।
१७ असार, २०७७
Share
२ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट
सरकारले २ वर्षभित्र अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भूउपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ ।
१७ असार, २०७७
Share
श्रमिक उद्धार निर्देशिका तयार
सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ ।
१६ असार, २०७७
Share
यही वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम
यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।
१६ असार, २०७७
Share
नेपालको अखण्डतालाई चीन सधैँ सम्मान गर्छ : राजदूत यान्छी
नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै २ देशबीच सीमा विवाद नरहेको बताउकी छन् ।
१६ असार, २०७७
Share
विज्ञ भन्छन्, ‘नेपालमा देखिएको सलहबाट आत्तिनुपर्ने अवस्था छैन’
अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पुर्याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।
१५ असार, २०७७
Share
विद्युुतीय बस खरिद प्रक्रिया सुुरु
सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको ३ अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको करिब ६ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ ।
१५ असार, २०७७
Share
लयमा फर्कंदै औद्योगिक करिडोर
३ महिने बन्दाबन्दीपछि सुनसरी-मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी/व्यवसायीले बताएका हुन् ।
१४ असार, २०७७
Share
भारतबाट थप नआए सलक सहजै नियन्त्रण हुने
नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।
१४ असार, २०७७
Share
सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने
सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ ।
१२ असार, २०७७
Share
९ तले दरबारको पुनःनिर्माण अन्तिम चरणमा
ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
१२ असार, २०७७
Share
मध्य बानेश्वरको सडकमा प्वाल
राजधानी काठमाडौंको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट ४ पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
१२ असार, २०७७
Share
पहिलोपटक पहिरोको पूर्वानुमान
यही साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । ३० जेठमा पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा ८ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
११ असार, २०७७
Share
सरकारलाई पार्टीबाटै सहयोग भएन : प्रधानमन्त्री ओली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा छलफलका लागि ७ बुँदे कार्यसूची प्रस्तुत भएको छ ।
११ असार, २०७७
Share
कर्मचारी सञ्चय कोषको मुनाफा साढे ४ अर्ब
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४५ करोड पुर्याएको छ ।
११ असार, २०७७
Share